पलाताले गऱ्यो सार्वजनिक सुनुवाई

कालीकोट । पलाता गाउँ पालिकाको आर्थिक वर्ष २०८१/ २०८२ को काम कार्वाहीको सार्वजनिक गरेको छ ।”सुशासन, पारदर्शिता र जवाफदेहिता” भन्ने मुल नाराका साथ पलाता गाउँ पालिकाको आ.व.२०८१/०८२को गाउँ पालिकाका विभिन्न विषयगत शाखााको प्रगति र विभिन्न क्रियाकलाप सहितको  सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । हरेक वर्ष पलाता गाउँ पालिकाले वडा स्तर देखि पालिका स्तर सम्मका काम कार्वाहीको सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

आज भएको सार्वजनिक सुनुवाइमा पालिकाको गतिविधिका बारेमा निमित्त प्रमुख प्रशासकिय अधिकृत गौरब नेपालले प्रस्तुत गरेको र सो संग सम्बन्धित प्रश्नहरुको जवाफ गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले दिएको गाउँ पालिका प्रवक्ता तिलक बुढाले बताएका छन्  ।

पलाता गाउँ पालिकाको आयोजना तथा तिला मिडिया प्रा . लि.को समन्वयमा कार्यक्रम भएको पत्रकार डम्बर शाहीले बताएका छन । हरेक तिन महिनाको एक पटक काम कार्वाहीको बारेमा सार्वजनिक सुनुवाई गर्नु पर्ने भएपनि जिल्लाका अधिकांस स्थानीय तथा विकासे कार्यलयले वेवास्ता गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6