माओवादी नेता बुढालाई पितृ शोक

कालीकोट । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य जिवन बुढालाई पितृशोक परेको छ । नेता बुढाका ७८ वर्षिय बुवा मतरुप बुढाको उपचारका क्रममा कर्नाली प्रदेश अस्पताल सुर्खेतमा विहवार निधन भएको हो ।

मस्तिष्क घातका विरामी समेत रहेका बुढाको असामायिक निधन प्रति नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति कालीकोटले शोक विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ । जिल्ला समन्वय समिति कालीकोटका संयोजक डम्बर शाही र सचिव सरोज बोगटी द्वारा हस्ताक्षरित विज्ञप्तीमा जनयुद्ध कालमा मनरुप बुढाले खेलेको भुमिका अविस्मरणय रहेको उल्लेख गर्दै उदाहरणिय कार्यको वर्णन गरेको छ । त्यसै गरी नेकपा माओवादी केन्द्र नरहरिनाथले पनि शोक व्यक्त गरेको छ । नेकपा कालीकोट केन्द्रका पोलिट व्युरो सदस्य तथा संघिय सांसद का साथै कर्नाली प्रदेशका प्रथम मुख्य मन्त्रि  महेन्द्र बहादुर शाहीले स्वर्गिय बुवाको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन ।

कालीकोट जिल्लामा विभिन्न राजनैतिक दलका नेताहरुले समेत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन । स्वर्गिय  बुढाको जन्मघर नरहरिनाथमा सव ल्याइएको र आज शुक्रवार पार्टीको झण्डा ओढाई दाहसंस्कार गरिने नेकपा माओवादी केन्द्रका जिल्ला सचिव सरोज बोगटीले  बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6