रुपेन्द्र ऐडी- कालीकोट । पचालझरनालाई संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय सिंहदरबार काठमाडौले एक सय पर्यटकीय गतब्य मध्ये ६४ नम्बरमा सुचिकृत गरेको छ ।
यस आर्थिक वर्ष २०८२/ २०८३मा अद्यावधिक पर्यटकिय स्थल मध्ये नेपालको ३८१ मिटर अग्लो पचालझरनालाई पर्यटन मन्त्रालयले प्रचार प्रसारका लागि सुचिकृत गरेको हो । पर्यटन बोर्ड नेपाल र युएनडिपीको सहकार्यमा पचाल झरनालाई प्रचार प्रसार गर्न सहज हुने गरी सुचना प्रविधिमैत्री (QR Code) बनाई पर्यटन बोर्डले पचालझरनालाई हस्तान्तरण गरेको सुचना प्रविधि अधिकृत प्रकाश कुमार कठायतले बताएका छन । उनका अनुसार पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम सेजुवाललाई क्युआर कोड सहितको पचालझरना फोटो अंकित फ्रेम मंगलबार पर्यटन बोर्डका प्रतिक ढकालले हस्तान्तरण गरेका हुन् ।
पचालझरना गाँउपालिकाकी उपाध्यक्ष सेजुवालले पछिल्लो सुचना र प्रविधिको युग संगै जोडिएर पचालझरनाको बारेमा जानकारी लिने र पर्यटन प्रबद्धनम थप विकास हुने बताउँदै विकट गाउँको झरनाको थप विकास र प्रवर्द्धनका साथै सम्पदालाई सुचना प्रविधिको माध्यमाबाट प्रचारप्रसार गर्न सहजता भएको बताइएको छ ।
नेपालको पचालझरना (पचाला छहरो) कालीकोट जिल्लाको पचालझरना गाउँ पालिका वडा नं २ खार्दु गाउँमा पर्दछ ।





















Discussion about this post