रुपेन्द्र ऐडी,- कालीकोट । कालीकोटका दुग्ध किसानहरुलाई डेरीमा दुध विक्रि गरे वापत पांच लाख बढि रकम वितरण गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालय कालीकोटको सहयोगमा दुग्ध किसानले सो रकम प्राप्त गरेका हुन । हिमचुली कृषि सहकारी संस्था लि. कालीकोटले संचालन गरेको हिमचुली डेरी उद्योगमा आर्थिक वर्ष २०८१।०८२ मा दुध विक्रि गर्ने ४८ जना किसानले प्रति लिटर रु १०का दरले प्रोत्साहन पाएको सहकारीका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन । आचार्यका अनुसार पशु सेवा कार्यालय कालाीकोटबाट प्राप्त भएको उक्त रकम सहकारीको कार्यालयमा वितरण गरिएको र सबै भन्दा बढि रकम पाउनेमा खांडाचक्र नगर पालिका वडा न.३ निवासि कृषक जग्ग पाण्डे रहेका छन । उनकी श्रीमति सविना पाण्डेले डेरीमा तिन हजार तिन सय ७२ लिटर दुध विक्रि वापत ३३ हजार ७ सय २० रुपैया पाएकी हुन । यस अघि ताडीका कृषक जग्ग पाण्डेले डेरीबाट दुध वापत जग्ग पाण्डेले एक लाख २३ हजार दुइ सय २६ रुपैया प्राप्त गरी सकेका छन । 
त्यसै गरी सौर पाण्डेले ३२हजार एक सय ७० रुपैया प्राप्त गरेकी छन । कर्नालि प्रदेश सरकारका तत्कालिन कृषि मन्त्रि विमला केसीको कार्यकालमा शुरु गरिएको कृषक प्रोत्साहन कार्यक्रमबाट कृषकहरुल लाभान्वित भएका छन । जसले गर्दा वर्ष भरी कृषकहरुले हिमचुली डेरी उद्योगबाट दुधको मुल्या पाउने गरेका छन भने त्यस वापत पशु सेवा कार्यालयबाट थप प्रति लिटर १० रुपैयाका दरले प्रोत्साहन पाउदा कृषकहरु खुशि भएका छन । प्रोत्साहन रकम ग्रहण गर्दै कृषक मनादेवि पाण्डेले डेरीबाट दुधको मुल्य पनि पाएको र थप प्रोत्साहन वापत रकम पाउदा आफु लगायत सबै कृषकहरुमा हौसला जगाएको बताएका छन ।
सरकारले पछिल्लो समयमा आफुहरुलाई पशुपालन प्रति थप व्यवस्थापन र सहयोग गर्ने गरेकाले जांगर आउने गरेको बताउदै कृषक देविलाल पाण्डेले बजारमा दुध दिदा केवल मुल्य मात्र पाउने गरेकाले हिमचुली डेरीमा मुल्य सहित प्रोत्साहन रकम पाउदा खुशि व्यक्त गर्दै बजारमा घरघरमा पुगेर दुध दिने किसानलाई डेरीमा दुध दिन आग्रह गरेका छन ।
हिमुचली सहकारी संस्थाले बजारमा अभाव भएको समयमा जिल्लाबाहिरबाट समेत ल्यायर विक्रि गर्ने गरेको तर सदरमुकाम आसपासका समुदायले घर घरमा दुध दिने गर्दै ठगिने गरेकाले त्यसो नगर्न आग्रह गर्दै हिमचुली कृषि सहकारी संस्था लि.का व्यवसाय प्रमुख शन्तोष भण्डारीले सबैले डेरीमा दुध दिने र सरकारको प्रोत्साहन रकम लिन अनुरोध गरेका छन ।
कालीकोटका किसानहरुलाई प्रोत्साहन रकमले पशु पालन प्रतिको आकर्षण बढनेमा विश्वास व्यक्त गर्दै पशु अस्पताल कालीकोटका प्रमुख धन बहादुर महतले यस कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।





















Discussion about this post