कालिकोट । राष्काेट नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष मनिराज वराल कमरेड (स्टार)दुईदिन देखि सम्पर्क बिहिन भएका छन् । अहिले सम्म कसैकाे सम्पर्कमा नआउदा अबस्था अज्ञात रहेकाे बताईएकाे छ ।
बुधवार दिउसो देखि घरबाट ससुराली जान्छु भनेर निस्केका वडाअध्यक्ष वराल पारिवारिक सम्पर्क नआएकाे जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डिएसपी) टेक बहादुर रावतले बुधवार दिउसोबाट वडाअध्यक्ष वराल हराएको प्रहरीलाई परिवारले खवर गरेपछि बुधवार साँझबाट प्रहरी र आफन्तले खोजी कार्य गरेपनि कुनै खबर हुन नसकेको जानकारी प्राप्त भएको छ ।
२०७९ सालकाे स्थानीय निर्वाचन बाट (माओवादी केन्द्र)को तर्फबाट वडाअध्यक्ष पदमा विजयी भएका हुन । विहान १० बजे ससुराली घर वडा नम्बर ६ को लामासिम जान भनेर हिडेका अध्यक्ष बराल विगत ३ महिनादेखि मानसिक असन्तुलनमा रहेको बताइएको छ । बरालको केही समयअघि काठमाडौको पाटन मानसिक अस्पतालमा उपचार पछि घर फर्केिएको पारिवारिक श्राेतले बताएकाे छ।






















Discussion about this post