कालिकोट । पचालझरना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा पचालझरनाले गाउँपालिका भित्रका२७ वटा सामुदायिक बिद्यालय हरुकाे अर्घबार्षिक समीक कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक बिद्यालयहरुका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष र प्रधानाध्पक हरुकाे उपस्थितिमा डिजिटल बाेड बाट पावर प्वाइन्ट सप्ट्वयर का माध्यम बाट बिद्यालयकाे समस्या, संम्भावना र चुनाैतीका बारेमा सलाईट मार्फत प्रस्तुत गरिएको बताईएकाे छ । शिक्षा युवा तथा खेलकुद शाखाका बरिस्ठ शिक्षा अधिकृत धुर्वलाल सँञ्यालकाे अध्यक्ष्ातामा भएको कार्यक्रममा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीकाे प्रमुख आतिथ्यता र वडा अध्यक्ष , कार्यपालिका सदस्य पचालझरना गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश सापकोटा लगायत शिक्षा सराेकारवाला काे उपस्थिति रहेकाे बताईएको छ । कार्यक्रममा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले शिक्षामा आमूल परिवर्तन गर्नका लागि शैक्षिक रुपान्तरण अभियान सँन्चालन गरिएको र आगामी शैक्षिकसत्र बाट शिक्षक सरुवा कार्यबिधी निर्माणकार्य भईरहेकाले पचालझरनाका १० वटा माध्यमिक बिद्यालय हरुलाई नमुना बनाउने उदेश्य रहेकाे बताउनु भएको शिक्षा श्राेत ब्याक्ति नमराज शाहीले जानकारी दिनुभएको छ ।




















Discussion about this post