पचालझरना गाउँपालिकामा शैक्षिक रुपान्तरण अभियानकाे बार्षिक प्रगति समीक्षा गाेष्ठी सम्पन्न सामुदायिक बिद्यालयमा अध्यान गर्ने बालबालिका गरिब र बिपन्न समुदायका भएकाले आफू निर्वाचित भएदेखि सरकारअभिभावक भएको अनुभूति गराउन प्रतिबध्द भएर लागेकाे अध्यक्ष शाहीकाे दाबी

पचालझरना गाउँपालिकामा शैक्षिक रुपान्तरण अभियानकाे बार्षिक प्रगति समीक्षा गाेष्ठी सम्पन्न सामुदायिक बिद्यालयमा अध्यान गर्ने बालबालिका गरिब र बिपन्न समुदायका भएकाले आफू निर्वाचित भएदेखि सरकारअभिभावक भएको अनुभूति गराउन प्रतिबध्द भएर लागेकाे अध्यक्ष शाहीकाे दाबी

कालिकाेट । पचालझरना गाउँपालिकामा  शैक्षिक  रुपान्तरण  अभियान  अन्तर्गत  शैक्षिकसत्र  २०८२ बार्षिक प्रगति प्रतिबेदन कार्यक्रम   गरिएको बताईएकाे   छ ।  शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा  भएको  कार्यक्रम  साेमबार सम्पन्न  गरिएको  छ  । पचालझरना  गाउँपालिकामा रहेका   २७ वटा सामुदायिक  विद्यालयहरुकाे उपस्थिति  रहेकाे थियोे  ।  शिक्षा, युवा तथा खेलकुद शाखाका बरिस्ठ  अधिकृत  धुर्बलाल सँज्यालकाे अध्यक्ष्ातामा  भएको  कार्यक्रममा  पचालझरना गाउँपालिका अध्यक्ष  देवराज शाहीकाे प्रमुखआतिथ्यताता रहेकाे बताईएकाे छ ।  पचालझरना गाउँपालिका उपाध्यक्ष  अल्किना बमकाे विशेष आतिथ्यता रहेकाे  कार्यक्रममा    ९ वटा  वडाका अध्यक्षकाे  उपस्थिति  रहेको  थियो  ।  पालिका भित्रका २७ वटै  सामुदायिक    बिद्यालयका बिद्यालय ब्यबस्थापन  समितिका अध्यक्ष  र प्रधानाध्यापकहरुकाे बाक्लो  उपस्थिति  रहेकाे  शिक्षा  युवा तथा खेलकुद  शाखाका स्राेत ब्याक्ति  नमराज शाहीले  जानकारी  दिनुभएको  छ । विभिन्न शाखाका प्रमुख एवम प्रतिनिधीहरुकाे उपस्थिति भएको  कार्यक्रममा   शैक्षिकसत्र २०८२ मा बिद्यालयले गरेका शैक्षिक  रुपान्तरणका  असल अभ्यास   सम्पादन गरेका कार्यहरु  डिजिटल माध्यमबाट प्रस्तुतिकरण गरि  प्रस्तुत गरिएको  हाे ।  पचालझरना गाउँपालिका सरकारले शैक्षिक रुपान्तरण अभियानमा विद्यालयको आन्तरिक  रुपमा सुधार र प्रयास  गरिरहेकाे सहभागीले बताएका छन । शिक्षक, कर्मचारीहरुको  डिजिटल  माध्यम बाट सीपको विकास भएको  अपेक्षा  गरिएको  छ । उक्त   प्रस्तुतिकरणले आ आफ्नो विद्यालयले अबलम्बन गरेका अशल अभ्यासहरु का साथै वास्तविक  समस्या  र सम्भावना  चुनाैति अवस्था झल्काएको छ ।  कार्यक्रममा  बाेल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष  देबराज शाहीले  शिक्षा  क्षेत्रमा  देखिएका  जटिलता  र सम्भावनासाथै आगामी दिनको कार्ययोजना  सहित गुणस्तरीय  पारदर्शिता  गरि सामुदायिक  बिद्यालय  अध्यान गर्ने  बालबालिका न्यून आय भएका गरिव दलित बिपन्न परिवार र समुदायका भएकाले उनिहरुकाे अभिभावक सरकार भएको  अनुभुती  हुनेगरी आफू निवाचित भएको  दिन देखि  सामुदायिक  बिद्यालय काे शैक्षिक  स्तर  उकास्न  लागिरहेको  बताउदै यहाहरुले  दिएका सुझावहरु प्रथामिक्ता क्रम निर्धारण गरि कार्यन्वयनमा राखिने प्रतिवद्वता गर्नुभएकाे छ । कार्यक्रम  सँन्चालन शिक्षा  युवा तथा खेलकुद शाखाका शिक्षा  अधिकृत  अग्नि अघिकारीले गर्न भएको  थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित