रास्कोटमा माओवादी केन्द्रको वडा स्तरिय कार्यक्रता प्रशिक्षण कार्यक्रम,प्रवेश गर्नेको लहर बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र कालीकोटको टोल देखि वडा भेला तथा प्रशिक्षण कार्यक्रम तिव्र रुपले  बढेको छ । सोही क्रममा रास्कोट नगरपालिकामा वडा स्तरिय प्रशिक्षण कार्यक्रम धमाधम हुन थालेका छन । रास्कोट नगर कमिटि द्धारा वडा भेला तथा प्रशिक्षण कार्यक्रम वडा न. ५,६,७ र ८मा सम्पन्न भएको छ ।

रास्कोट नगरपालिकाको वडा न. ५मा आज भएको पार्टी प्रशिक्षण तथा पार्टी सदस्यता विस्तारको कार्यक्रम अघि बढेको बताइएको छ ।

रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल, माओवादी केन्द्रका नगर इन्चार्ज जगत शाही,नगर कमिटि अध्यक्ष धर्मराज शाही पोषण लगाएतका नेताहरुको उपस्थितिमा कार्यक्रम भएको बताइएको छ । उक्त कार्यक्रममा नेकपा एमाले,कांग्रेसका कार्यक्रता गरेर एक दर्जन माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । नव प्रवेशिलाई नगर इन्चार्ज जगत शाही र नगर कमिटि अध्यक्ष धर्मराज शाहीले स्वागत गर्नु भएको मन तिरुवाले जनाउनु भएको छ ।

यस अघि वडा न. ७मा नेपालि कांग्रेसका वडा सभापति सहित ९ जना कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । रास्कोटमा माओवादीमा जनलहर बढे संगै गतिविधि तिव्र पारिएको छ । कालीकोटको रास्कोट नगरपालिका जिल्लाको निर्णायक क्षेत्रका रुपमा लिने गरिएको छ ।

अहिले रास्कोटमा माओवादी केन्द्रको बहुमत सहितको स्थानिय सरकार चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित