माओवादी केन्द्र रास्कोटको प्रथम नगर सम्मेलन तयारी बैठक पुर्ब मुख्यमन्त्री शाहीको उपस्थितिमा शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा( माओवादी केन्द्र)रास्कोटको प्रथम नगर सम्मेलन तयारीका लागि बैठक शुरु भएको छ । कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कालीकोट जिल्ला इन्चार्ज महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता तथा केन्द्रिय लेखा आयोग सदस्य काशी बराल, रास्ट्रीय सभा सदस्य जीवन बुढा लगाएतका नेताहरुको उपस्थितिमा शुरु भएको छ । सो बैठकले नगर सम्मेलन सफल पार्न विभिन्न उपसमित गठन गर्ने बताइएको छ । उक्त सम्मेलन बाट नयाँ नेतृत्व सर्बसम्मत गर्न छलफल गर्ने जनाइएको छ । आज शुरु भएको बैठकले मंसिर १० गते नगर सम्मेलन उद्घाटन गर्ने बताइएको छ । नेकपा माओवादी केन्द्र रास्कोटका अध्यक्ष धर्मराज शाहिको अध्यक्षता भएको बैठकमा नगरपालिका अगुवा कार्यक्रताहरुको उपस्तिथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित