माओवादी केन्द्र प्रदेश सम्मेलनमा सुझाब राख्दै पार्टी सहि ढंगले अघि बढ्न आग्रह

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा( माओवादी केन्द्र)कर्नाली प्रदेशको प्रथम सम्मेलनमा सुझाब राख्दै माओवादी केन्द्रका नेतृत्वले पार्टी कर्नाली प्रदेशमा सहि ढंगले अघि बढाउन अनुरोध गरेका छ्न । प्रतिबेदनमा सुझाब राख्दै पचालझरना गाउँ पालिका कालीकोटका अध्यक्ष खड्गराज सेजुवालले पिछडिएको क्षेत्रलाइ उचित स्थान दिनु पर्ने भन्दै साबिकको कर्नाली अंचललाइ बिशेष प्राथमिकता दिन आग्रह गरेका छ्न । त्यसै गरी  वाइसीएल नेपालका कर्नाल प्रदेश अध्यक्ष गणेश शाहीले युबालाइ नेतृत्वमा बिकाश गर्न आग्रह गरेका छन । युबा नेता लक्ष्मी चौलागाईंले पार्टी कार्यक्रताको ब्यबस्थापन र सहि मुल्यांकन गर्न पार्टीलाई सुझाब दिनु भएको छ । नेता चौलागाईंले कालीकोटको माल्कोटका महिलाले प्रहरीबाट खोसेको हतियारमा संलग्न महिलाहरुको नाम उल्लेख गर्नुका साथै धार्मिक तथा पर्यटन क्षेत्रको बिकासमा पार्टीले बोल्नु पर्ने सुझाएका छन । पत्रकार सचिन रोकाले पार्टीलाई अघि बढाउनका लागि मुल्यांकनको विधि बनाउन जोड दिनु भएको छ । सहभागीको तर्फबाट सीता नेपालिले महिलाको नेतृत्व बिकाशम पार्टीले सहि ढंगले सोच्न आग्रह गरेकी छ्न । प्रतिनिधिहरुबाट आएका सुझाबलाइ समाबेश गरेर प्रतिबेदन पुर्णता दिने बताउदै कर्नाली प्रदेश कमिटी अध्यक्ष राजकुमार शर्माले आगामी दिनमा पालिकाका प्रतिबेदन संकलन गरेर अघि बढने बताउनु भयो । त्यसै गरी कर्नाली प्रदेश इन्चार्ज शक्ति बहादुर बस्नेतले कर्नालिका धरोहर सहिद,जनयुद्धमा जनमुक्ति सेनाले खेलेका भुमिकाका लगाएत कर्नाली प्रदेशमा जल जमिन,प्राकृतिक सम्पदाको संरक्षणलाई बिशेष जोड दिदै पार्टीले आन्तरिक तथा बाह्य क्षेत्रलाई समाबेश गरेर हरेकको प्रतिनिधित्व हुने गरी पार्टी अन्तरिम बिधान बनाएको बताउनु भएको छ । पार्टीले पछि परेका दलित महिला र युबाको सहभागितालाई सुनिश्चित गरेर निश्चित प्रतिशत उल्लेख गरेको बताउनु भयो ।इन्चार्ज बस्नेतले माओवादी केन्द्रले सहि ढंगले लोकतन्त्रको प्रयोग गरेर नेतृत्व दिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित