आजबाट सरकारी कार्यालयहरु खुल्ने, मोटर साइकलमा जोरबिजोर प्रणाली

7
SHARES
15
VIEWS

काठमाडौं,असार । कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्ने भएको छ। सरकारले सरकारी कार्यालयहरु खुल्ने र दुई सिफ्टमा काम हुने जनाएको छ।

पहिलो सिफ्टमा बिहान ८ देखि ११ बजेसम्म र दोस्रो सिफ्टमा दिउँसो एक देखि साँझ ६ बजेसम्म काम हुनेछ। कर्मचारीहरुलाई दुई सिफ्टमा बाँडेर काम गरिनेछ। भीड कम गर्न र दैनिक काम नरोक्न दुई सिफ्टमा काम गर्ने नीति लिइएको छ।

आजैबाटै राजधानी उपत्यकामा मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको छ। यसअघि दुई पाङ्ग्रे सवारी साधनमा यो प्रणाली लागू भएको थिएन। सरकारले चार पाङ्ग्रे सवारीमा दुई जना मात्रै राख्न पाउने र दुई पाङ्ग्रेमा एक जना मात्रै चढ्न पाउने नियम बनाएको छ। तर, निजी सवारी साधनले एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाउने छैनन्।

आन्तरिक रुपमा बन्दाबन्दी खुकुलो बनाएको सरकारले अन्तर्राष्ट्रिय उडान र नाकाहरु भने खोलेको छैन। सरकारले धेरै जमघट हुने शैक्षिक संस्था, सपिङ मल, सिनेमा हल, भेला तथा सेमिनार, सार्वजनिक यातायात लगायत भने खुला गरेको छैन। कम भेटघाट हुने निजी कार्यहरु भने खुला भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित