अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरानाभाइरस संक्रमण

7
SHARES
15
VIEWS

काठमाडौं ।  भारतीय अभिनेता अभिताभ बच्चनपछि उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

अभिषेकले आफू र आफ्ना बाबुलाई कोरोनाभाइरस परीक्षण पोजेटिभ भएको भन्दै शनिबार राती ट्वीट गरेका छन्। अभिषेकले दुवै जनालाई हल्का लक्षण देखिएको र अस्पतालमा भर्ना भएको उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनका परिवारका सदस्य र तथा कर्मचारीहरुको पनि कोरोनाभाइरस परीक्षण गरिएको छ। तर, रिपोर्ट आउन बाँकी रहेको ती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि ७७ वर्षीय अमिताभले पनि ट्विटरबाटै आफूलाई कोरोनाभाइरस पोजेटिभ देखिएको जानकारी दिएका थिए। उनले विगत १० दिनमा आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्न पनि आग्रह गरेका छन्।

दुवै जना उपचारका लागि मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन्। बच्चन परिवार मुम्बई बस्छ। महाराष्ट्र भारतको सबैभन्दा बढी कारोनाभाइरस प्रभावित राज्य हो। महाराष्ट्रमा पनि मुम्बई बढी प्रभावित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित