प्रहरी र विप्लव कार्यक्रता बीच गोली हानाहान

7
SHARES
15
VIEWS

इलाम/वैशाख, इलामको माई नगरपालिका–९, बोरुङमा सशस्त्र प्रहरी र प्रतिबन्धित विप्लव  कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

राति १ बजे विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव विप्लव नेतृत्वका  कार्यक्रताका सेन्ट्रीले गोली चलाएको हो । त्यसपछि सशस्त्र प्रहरीले जवाफी ७ राउण्ड फायरिङ गरेको थियो ।

घटनास्थलबाट     विप्लव नेतृत्वका नेकपाका इलाम जिल्ला इञ्चार्ज हिम भन्ने पुष्प कोइराला, कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ पक्राउ परेका छन् । उनीहरुको साथबाट १९ वटा डेटोरनेटर फ्युज, फ्युज र डेटोनेटर लगाउँदा पड्किने गरी तयार गरिएको एउटा प्रेसर कुकर, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर लगायत बरामद भएको सशस्त्र प्रहरीको बराह बाहिनी, पकलीका डीआईजी नगेन्द्र थापाले  बताए ।

थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति र बरामद सामग्री नेपाल प्रहरीको जिल्ला कार्यालय, इलाममा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित