भियतनामले बेच्दै प्रयोग भएका तीन लाख कन्डम

7
SHARES
15
VIEWS

लण्डन । भियतनाममा गैरकानूनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको छ ।

झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो । भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिएका छन् ।

प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो । गोदामबाट एक महिलालाई पक्राउ परेकी छिन् ।

ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको बताइन्छ । त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ ।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन् । अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित