स्विजरल्याण्डको होटेलबाट ४२० पर्यटकहरू फरार

7
SHARES
15
VIEWS

स्विजरल्याण्ड । स्विजरल्याण्डको होटेलबाट सयौं बेलायतीहरू फरार भएका छन् । फरार भएकाहरू कहाँ गए स्विस अधिकारीहरूलाई नै थाह छैन ।

स्विजरल्याण्डको भेर्बियस्थित एक रिसोर्टमा बसिरहेका बेलायतका सयौं पर्यटकहरू अनिवार्य क्वारेन्टाइनबाट फरार भएका हुन् । भागेकाहरूको खोजी भैरहेको छ । भाग्नेले जनही २८० अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।

साँझ क्वारेन्टाईनमा बसेकाहरूले राम्रैसित कोठा लिएका थिए । होटेलले आइतवार बिहान हरेकको ढोका बाहिर लगेर नास्ता राखिदिएको थियो ।

नास्ताको ट्रे कसैलेपनि नछोएपछि होटेलले जाँच गर्दा पर्यटकहरू फरार भएको थाह पाएको भेर्बिय समेत समेटिएको बगनेस नगरपालिकाका मेयर जेन मार्क सान्दोजले बताएका छन् ।

उनका अनुसार रिसोर्टमा बेलायतबाट आएका ४२० पाहुनाहरू थिए । रिसोर्टमा केहि स्वीस नागरिकहरू पनि थिए । क्रिसमसभन्दा पहिले अलग्गै बस्नुपर्थ्यो ।

लगभग ५० जनाले तुरुन्तै छोडेका थिए । बाँकी ३७० मध्ये एक दर्जन भन्दा कम आइतवार अझै त्यहिँ थिए । धेरैले भाग्नुभन्दा अघिल्लो रातको एक दिन क्वारन्टाइनमा नै बिताएका थिए ।

अचानक बेलायतीहरुलाई क्वारेन्टाईनमा राख्नुपर्दा स्विजरल्याण्डको नगरपालिकाका अधिकारी रिसाएका थिए । उनले बेलायतबाट आएकालाई अचानक क्वारेन्टाइन आवश्यकताको तीव्र आलोचना गर्दै भने, ‘हामी तिनीहरूको रिस बुझ्दछौं । नगरपालिकाले नियमहरू लागू गर्न कुनै सहयोग प्राप्त गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित