यो हो ? पलांता घटना वास्तविक्ता र यर्थातता

7
SHARES
15
VIEWS

सबै भन्दा पहिले २७ औं मदन आश्रित स्मृति दिवस तथा पार्टी एकता दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कालीकोटको हिरासतबाट शुभकामना तथा स्मरण गर्न चाहान्छु । साथै पलांता वासि आम समुदाय,पार्टी पंक्तिमा मेरो तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु । यस कठिन घडिमा हामी(बासिन्दा र म) हिरासत भित्र तपाईहरुको माया ममताबाट थप उर्जा पैदा भएको छ ।
पलांता घटना विशेष :
नागरिकले आफ्नो गाउँ ठाउँमै सजिलै सित सार्वजनिक सेवा प्राप्त गर्ने निकाय वा सेवा प्रवाह गर्ने संस्थागत एवंम संरचनात्मक स्वरुप नै स्तानिय निकाय हो । अझै मसिनो तरिकाले बुझ्दा सघिय सरकार भनेको देखिने सरकार मात्र हो । स्थानिय सरकार भनेको प्रत्यक्ष रुपमा देखिने भेटिने,अनुभव गरिने र शासनमा वास्तविक रुपमा जनताले सहभागि हुन पाउने सरकार हो ।तर कालीकोट जिल्लाको पलांता गाउँ पालिका पनि नेपालको संघिय संरचना अन्तरगत ७ सय ५३ वटा स्थानिय तह मध्येको एउटा हो । आज जनप्रतिनिधि चुनाव जितेको तिन वर्ष विति सक्यो । यो सबैमा जानकारी भएकै कुरा हो ।

पलांता गाउँ पालिकामा निति,विधि, विधान र कानुन भन्दा पनि एकल मन गढन्ते पाराले अध्यक्ष लक्ष्मण बमको ठाडो निर्देशनमा सरकारका काम कार्य अगाडी बढिरहेका कुरा घाम झैं छर्लङ्ग छ । तत्कालिन माओवादी केन्द्रबाट टिकट पाएर जितेका गा.पा.अध्यक्ष लक्ष्मण बमले पार्टीको निति,निर्देशन कुनै पनि पालना गरेनन । पार्टी संगठनले बेला बेलामा सुझाव सल्लाह दिदा पनि मानेन उल्टै पार्टी भन्दा जनता हुन भन्दै हुक्का फुक्दै हिंडे ।त्यो पार्टीको आन्तरिक मामिला भयो । जनता र स्थानिय सरकार विचमा सहकार्य गरेर शुसासन र विकासका योजनाका विषयमा पनि मिलाएर अगाडी बढेनन । यसको परिणाम भनौ वडा न. १का अध्यक्ष मान बहादुर भण्डारीले कार्यपालिका बैठकमा पनि बहस नउठाएका हैनन । अध्यक्ष लक्ष्मण बमको भने जति भने पनि मनोमानि भने रोकिएन ।

गाउँ सभाले एउटा निर्णय गर्ने व्यवहारमा अर्काे निर्णय गरेर जाने,क्रमागत योजनामा बजेट नुहुनु,अधुरा योजनालाई सम्पन्न गर्न तिर ध्यान नजानु लगाएतका विषयमा बहस हुन्थ्यो ।कयौं पटक बैठकमा नोट अफ डिसेन्ट लेखेका (मान बहादुर भण्डारी) थिए । त्यसको कुनै पनि सुनुवाई नभइ गुमनाम हुने गरेका समस्या छदै छन । गाउँ पालिका अध्यक्ष जस्तो गरिमामय पदभार गरिसके पछि व्यक्तिगत रुपमा डोजर लिएर विना योजना, जनतालाई जानकारी नदिइ लक डाउनको समयमा सिलान्यास गर्न खोज्दा चैत्र २६ गते विवाद भएको हो । त्यसको भोलि पल्ट (चैत्र २७) डोजर सहित दलबल ल्याएर उद्घाटन गर्ने तयारीमा आएका थिए अध्यक्ष लक्ष्मण बम । जनतालाई बाटोका बारेमा कुनै पनि जानकारी नहुंदा सिलान्यासका लागि लार्फको स्वस्थ्य चौकीमा १५० जना भन्दाबढिको सहभागितामा भेला गराई बहस हुने क्रममा स्थानियले बजेट कति छ ?ठेक्का होकी समिति मार्फत काम हुने हो ?आयोजना कस्को हो ?भनेर सोध्दा बजेट छैन ।अध्यक्ष लक्ष्म्ण बमले उधारो खन्ने हो ? बजेट पनि छैन समिति पनि छैन भने पछि किन होचुवाका भरमा विधि मिचेर बाटो खन्ने कुरा समुदायले उठाएका हुन ।

जुन कुरामा हामीलाई जनताले बोलाएपछि सामान्य कुराको निराकरणका लागि हामी दुई जना त्यहाँ आएर निकास निकाल्नमा लागि परेको समयमा वहाँ(लक्ष्मण)जिले समाधान भन्दा पनि एकाएक जान खोज्नु भयो । त्यस पछि हामीले सडक जनताको पाएक पर्ने ठाउँमा पहिले कर्णालि प्रदेश सरकारले सर्बे गरेको विश्व खाद्य र कर्णालि रोजगारबाट अधुरो रहेको ठाउँ बाट लिउ भन्दा मान्नु भएन ,२०७५ साउन ३० गतेको गाउँ पालिकाको केन्द्र पलांता २लोडे ज्युलाको बारेमा किन आज सम्म पहल भएन वान्जाडाका जनताले उक्त भवन बन्नका लागि १८ कित्ता जग्गा काटेर पुर्जा गाउँ पालिकालाई बुझाइ सक्दा पनि गा.पा.कार्यालय आफ्नै घरमा राख्नु भएको,१५ सैयाको अस्पतालका लागि जनताको पहुंच भन्दा टाढा किन गरिएको र उक्त भवन संघिय सरकारले बनाउने हुंदा हुदै एक करोड २० लाख रकम गाउँ पालिकाले छुट्याएको छ त्यो कता गयो ? टोल टोलमा रोड पुगाउनका लागि जुम्लाको ओदी र बाजुराको राफडांडा जोड्न सहज होला भन्ने कुरामा हाम्रो सार्वजनिक रुपमा बहस भएको थियो ।तर वहांले त्यस्तो विकास गर्ने भया आफै बजेट ल्याएर गर भन्नु भयो ।

जिम्मेवार मान्छेको जवाफ त्यही हो ? वहांँ त आक्रमक शैलिमा प्रस्तुत हुंदै गुणगर्दि गर्ने हेतुले अगाडी बढ्नु भयो । मोटरसाईकलमा झडपका लागि मान्छे ओसारेर ल्याइएका रहेछन । अध्यक्ष्य लक्ष्मण बम आफै झडपमा उत्रिएर झडपको सृजना भएको कुरा पलांता वासि आमा बुवा दाजु भाईहरुले राम्रो संग बुझेर अहिले हामीलाई साथ दिइरहनु भएको छ । तर वास्तविक कुरालाई बाहिर ल्याउन नदिनुका साथै केही व्यक्तिले मिडिया बाजि गरेर जातियता र भेगियता विशेष जोडेर यर्थाततालाई बँङ्खयाउनु आवश्यक छैन।यसको सहि विश्लेषण गर्न जरुरी छ ।
पलांता बासि दाजु भाइ तथा दिदीवहिनहिरुमा म के भन्न चाहान्छु भने हामीले कुनै जातिय,भेगिय र क्षेत्रियताको राजनैतिक गर्नु निश्चित गुटको प्रतिनिधि भएर प्रस्तुत भएका छैनौ । हामीले गर्ने राजनैतिक कम्युनिष्ट पार्टीको सदस्य भएर गरेका छौं ।

माक्सवाद,लेनिनवादी सिद्धान्तलाई आत्म साथ गरेर अगाडी बढ्नृे हो र यर्थातता पनि त्यहि हो । वडा न. १ देखि ९ सम्मको भुगोल पलांता बासिको हो जाति र क्षेत्र विशेष राजनैतिक गर्ने त कुरा छोडौं सोच्न पनि सकिदैन ।
अर्काे कुरा सत्ता र शक्तिको दुरुपयोग गरेर जव सम्म पलांति जनतालाई दासको रुपमा हेरिन्छ । रुखो स्वभाव,ठाडो आदेश र छाडा प्रशासन चलिरहन्छ र गल्ति सच्याइदैन । जनतालाई दुःख दिइरहन्छ तब सम्म यो संघष जारी रहन्छ । जनता निराश नहुन र सचेत नागरिक निस्क्रिय नहुन आग्रह गर्दछु । धन्यावाद

लेखक :नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटका सचिवालय सदस्य तथा पलांता गाउ कमिटि अध्यक्ष हुनुहुन्छ ।
(जिल्ला प्रहरी कार्यालय कालीकोटको हिरासतबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित