४ सन्तान सहित आमा कर्नालिमा हाम फालिन्, २ छोरीको शव भेटियो

7
SHARES
15
VIEWS

दैलेख । आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्नालि नदीमा हा म फा लेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेका हुन् । तीमध्ये सोमबार दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना अझै वेपत्ता छन् ।

१६ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्नालि नदीमा भेटिएको छ । ३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बे पत्ता छन्।

प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव हिजो बेलुकी भेटिएको हो । दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका-३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्नालिमा हा मफा लेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्नालि हामफालेका आशंका गरिएको उनले बताए ।

घरायसी झ गडा का कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित