नेकपाको बन्द कार्यालय संचालन, नेकपा(एमाले)को बोर्ड राखियो

7
SHARES
15
VIEWS

कालीकोट । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी एकताको बारेमा फैसला संगै देशभर नेकपा(एमाले)ले जिल्ला स्तरमा पार्टी कार्यालय संचालन गर्न थालेको छ ।

पछिल्लो समयमा जिल्ला पार्टी कार्यालय स्थापनाका क्रममा कालीकोट जिल्लामा नेकपा(एमाले)ले पार्टी कार्यालयमा नेकपा(एमाले)को बोर्ड टांगिएको छ । नेकपाका ओलि पक्षका नेता तथा कार्यक्रताहरुको सक्रिय सहभागितामा बोर्ड राख्ने क्रमले निरन्तरता पाएको छ ।

पौष ५ गतेको संसद विघटन देखि बन्द रहेको पार्टी कार्यालय प्रहरीको रोहबरमा कार्यालयमा लगाइएको ताला खोलिएको हो ।  प्रहरीको पहरा आज देखि हटेको छ । नेकपा प्रचण्ड माधव र केपि ओलि पक्षले आ आफुले पार्टी कार्यालय संचालन गर्न तावि गरे पछि पार्टी कार्यालयमा ताला लगाइएको थियो ।

पार्टी कार्यालयमा भएका कम्प्युटर लगाएतका समानहरु केपि ओलि पक्षले नियन्त्रण लिएको थियो भने प्रचण्ड माधव पक्षिय कार्यक्रताहरुले पार्टी कार्यालय कव्जा पछि विवाद हुंदा दुवै पक्षले प्रयोग नगर्ने सहमति अनुसार प्रशासनको रोहबरमा ताला लगाइनुका साथै प्रहरीको टोलिले पहरा दिदै आएको थियो ।नेकपा(एमाले)ले आफुले कार्यालय संचालन गरेको छ ।May be an image of 7 people, people standing, people sitting and indoor

नेकपा(एमाले)का धिरबहादुर बम, राजेन्द्र थापा लगाएतका नेता तथा कार्यक्रताहरुको सहभागितामा नेकपा(एमाले)को बौर्ड राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित