कोरोना महामारी नियन्त्रणका लागि सरकारको तयारी पुगेन : जनमोर्चा

7
SHARES
15
VIEWS

काठमाडौं, । राष्ट्रिय जनमोर्चाले विद्यमान कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरिरहेको तयारी अपर्याप्त भएको बताएको छ ।

महामारी ह्वात्तै बढेको तथा संक्रमितहरुले आधारभूत उपचार समेत पाउन सक्ने अवस्था नभएकोप्रति चिन्ता व्यक्त गर्दै जनमोर्चाले आज मंगलबार विज्ञप्ति नै जारी गरेर सरकारलाई महामारी नियन्त्रणमा जुट्न आग्रह गरेको छ ।

यही अवस्थामा महामारीको गति अगाडि बढिरहे हाम्रो नियन्त्रणभन्दा बाहिर जाने बताउँदै सो पार्टीले कोरोनाविरुद्धको खोप, स्वास्थ्य सामग्री, उपकरण खरीद गर्न वा ल्याउनका लागि विभिन्न मुलुकसँग अविलम्ब कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

‘नेपालमा कोरोना महामारीको दोस्रो लहर तीब्र ढंगबाट फैलिइरहेको छ । सर्वसाधारण तथा स्वयं स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु पनि ठूलो संख्यामा संक्रमित भएका छन् र संक्रमित स्वास्थ्यकर्मीहरुलाई पनि उपचारको व्यवस्थापन समेत सरकारले गर्न सकिरहको छैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘तीब्र ढंगबाट फैलिदो महामारीको अनुपातमा त्यसको रोकथामका लागि सरकारको तयारी एकदमै अपर्याप्त देखिएको छ ।’

खोप, स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, अस्पताल तथा जनशक्ति अपर्याप्त रहेको तथा निजी अस्पतालहरुले कोरोनाका विरामीलाई उपचार गर्न अस्वीकार गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै जनमोर्चाले यही स्थिति कायम रहिरहेमा भारतको जस्तो अवस्था नेपालमा पनि सृजना हुने दाबी गरेको छ ।

गत वर्ष कोरोना महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक तथा सरसफाईकर्मीलाई सरकारी प्रतिबद्धता अनुरुपको तलब, भत्ता र स्वास्थ्य विमाको रकम सरकारले समयमा उपलब्ध नगराएको, सरकारी प्रतिबद्धताको तुलनामा कम प्राप्त गरेका वा प्राप्त नै नगराएको वा नदिएका कारण अहिले स्वास्थ्यकर्मीले अग्रमोर्चामा जोखिम लिएर खट्न नसकेको पनि जनमार्चाको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित