१८ वर्ष पुगेकालाई सैन्य तालिम र राष्ट्रिय जनावर एक सिंगे गैंडा हुनुपर्नेु संशोधन विधेयक दर्ता

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ । १८ वर्ष पुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम दिने संवैधानिक व्यवस्था हुनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले संघीय संसद सचिवालयमा आज संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । प्रस्तावमा संविधानको धारा ३५ को उपधारा १ मा थप गरी “नेपालीलाई स्वस्थ बनाउन अठार बर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिइनेछ” भनेर उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्रिय जनावर पनि “गाई” को सट्टा “एक सिंङ्गे नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले संविधान संशोधन विधेयक दर्ता गरेको छ ।
नेमकिपाका सांसद प्रेम सुवालले संघीय संसद सचिवालयमा आज संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।

संविधानको धारा ३५ को उपधारा ९१० मा थप गरी “नेपा गैंडा” हुनुपर्ने संशोधन प्रस्ताव छ । संविधानको धारा ९ को उपधारा ३ मा रहेको “गाई” भन्ने शब्दको सट्टा “एक सिंङ्गे गैंडा” भन्ने शब्दहरु राखिएका छन् ।

संविधानको धारा ११ लाई पनि संशोधन गरी सो धाराको उपधारा २ को खण्ड ख मा रहेका “बाबु वा आमा नेपालको नागरिक” भन्ने शब्दहरूको सट्टा “बाबु र आमा नेपालको वंशजको नागरिक” भन्ने शब्दहरू राखिएका छन् ।

संविधानको धारा ६२ को उपधारा ९१० मा नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित एक कार्यकारी राष्ट्रपति हुनेछ” भन्ने प्रस्ताव गरिएको छ ।

संविधानको धारा २८९ को उपधारा १ मा रहेका “सुरक्षा निकायका प्रमुख” भन्ने शब्दहरूपछि “प्रतिनिधिसभा उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संघका मन्त्री र सदस्यहरु, प्रदेशका मन्त्रीहरु र सदस्यहरु, सबै तहका अदालतका न्यायाधीशहरु, राजदूतहरु, संवैधानिक अंगका पदाधिकारीहरु, स्थानीय निकायका पदाधिकारी र सदस्यहरु, सरकारी सेवाका कर्मचारीहरु, वित्तीय संस्थाका पदाधिकारी, प्रमुख कार्यकारी र कर्मचारीहरु, सरकारी र गैरसरकारी संस्थाको सदस्य पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको नेपाली नागरिक हुनुपर्नेछ” भन्ने प्रस्ताव राखिएको छ ।

त्यसै गरी राष्टिय जनमोर्चाले संघियता खारेज सहितको संशोधन दर्ता गरेको छ ।जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले देशले संघयिता धान्न नसकेको भन्दै सशौधनको प्रस्ताव पेश गरेको बताउनु भएको छ ।संसदमा भएका विभिन्न राजनैतिक दलहरुले समेत संशोधन प्रस्ताव दर्ता गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित