रास्कोटमा कृषकलाई सामाग्रि हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको रास्कोट नगरपालिकामा कृषकलाई कृषि सामाग्रि हस्तान्तरण गरिएको छ ।

रास्कोट नगरपालिकाको वडा न. ९ स्थित कृषकहरुलाई प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाको कृषि विकास कार्यालय कालीकोट मार्फत सिमी पकटे क्षेत्र कार्यक्रम मार्फत कृषि सामाग्रि वितरण गरिएको वडा अध्यक्ष डबल बोगटीले बताउनु भएको छ । वहाँका अनुसार आज वडाका ३५ जना कृषकहरुलाइ हाते टयाक्टर,स्प्रे टयांकि,सिंचाइ पाइप,पाल, स्प्रिंकलर लगाएतका सामाग्रि प्रदान गरिएको हो ।

रास्कोटको बालुखेल लगाएका क्षेत्रका कृषकहरुले विगत लामो समय देखि समुहले सामुहिक रुपमा सिमि खेति गर्दै आएका छन भने विरुवा उत्पादन देखि तरकारी खेति व्यापक हुंदै आएको क्षेत्र हो । अहिले वडामा कयौं कृषकहरुले फलफुल तथा तरकारीबाट आत्म निर्भर भएको वडा अध्यक्ष बोगटीले बताउनु भयो।

आगामी बजेटमा कृषिलाई प्राथमिकता दिने वहाँको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित