आफुलाई मानसिक समस्या भएको कसरी थाहा पाउने ? जानकारी लिनु होस

7
SHARES
15
VIEWS

मानविय जिवनमा के कस्ता समस्या आउछन भन्ने कुराको पहिचान गर्न कठिन हुन्छ । त्यसैले यस्ता लक्षणहरु आएमा यसरी जानकारी हुनु जरुरी छ ।हामीलाई अनेक किसिमका शारिरीक रोगहरु लाग्ने गर्छन् ।

शरीरमा भएका समस्याका बारेमा हामी खुलेरै कुरा गर्छौँ । तर शरीरलाई जस्तै मानसिक अवस्थामा पनि समस्या आउन सक्छ ।किनकी हामी सबै मानिस हौँ । हामीभित्र भावना हुन्छ । सोचाइ हुन्छ । ईच्छा आकांक्षा हुन्छन् । हामी सामाजिक प्राणी हौँ । तसर्थ हामी सबै जनालाई मानसिक स्वास्थ्यको चुनौती हुन सक्छ । तथ्यांकलाई हेर्ने हो भने विश्वमा नै पछिल्लो कोरोनाभाइरसका कारण भएको लकडाउनले मानसिक समस्याहरु बढाएका छन् ।

तर अघिपछि पनि समस्या हुने गर्दछ । एउटा सत्य कुरा के हो भने जो कोहीलाई पनि मानसिक समस्या हुन सक्छ । हाम्रो वर्ग, जात, धनी गरीब, नेमफेम वा धर्मका आधारमा कसैलाई समस्या हुने नहुने भन्ने हुँदैन । तसर्थ हामी सबै जना मानसिक स्वास्थ्यको जोखिममा रहेका छौँ ।

हामी कसलाई मानसिक समस्या छ भनेर यसै भन्न सक्दैनौँ । कुनै पनि त्यस्तो सजिलो उपाय छैन कि हामीले यसै कोही मानिसलाई मानसिक समस्या छ भनेर भनिदिऊँ । त्यस्तै, हरेक कारणहरुले विभिन्न समस्याहरु निम्त्याउने गर्दछ ।

त्यसैगरी, हरेक मानसिक समस्याहरुको आआफ्नै टिपिकल लक्षणहरु हुने गर्दछन् । तसर्थ, यदि त्यस्ता सम्भावित लक्षणहरु यदि हामीले भोगिरहेका छौँ भने हामी आफूलाई सचेत बनाउन सक्छौँ ।

हामी आफ्नो अवस्थाको बारेमा ख्याल गर्न सक्छौँ । त्यस्तै, कोही सम्बन्धित विज्ञहरुसँग समयमै परामर्श लिन सक्छौँ । जसले गर्दा ठूलो समस्या आउनै दिँदैन । र हामी नितान्त मानिसक रुपमा सुस्वास्थ्य रहन सक्छौँ ।

हरेक मानसिक समस्याका आफनै विशेष लक्षणहरु हुने भएपनि सबै तहका मानिसहरुमा केही साझा लक्षणहरु देखिन्छन् । यहाँ त्यस्ता २० वटा साझा लक्षणहरु प्रस्तुत गरिएका छन् ।

दि त्यसमध्ये १० वटाभन्दा माथि लक्षणहरु २ हप्ताभन्दा धेरै समयदेखि भोगिरहनु भएको छ भने कृपया यहाँहरुले कोही मनोविज्ञसँग परामर्श लिनुहोला ।

१. लामो समयसम्म रिस वा चिढचिढाहटको कडा भावना हुनु

२. निकै निराश अनुभव गर्नु वा लो फिल गर्नु

३. भ्रमित सोचाइ हुनु वा सिक्ने र ध्यान केन्द्रीत गर्ने कुरामा समस्या हुनु

४. अनियन्त्रित रुपमा उच्च खुशीका भावनासहित चरम मुड परिवर्तन हुनु

५. अत्याधिक चिन्ता वा डरत्रास

६. लामो समसम्म कुनै पनि विषयमा चिन्ता, सोचाइ वा तनाव हुनु

७. साथीसंगी र सामाजिक क्रियाकलापबाट टाढा रहन खोज्नु

८. अरुलाई बुझ्न र कुरा गर्न समस्या उत्पन्न हुनु

९. सुत्ने बानीमा परिवर्तन हुनु, थकित वा कम ऊर्जाको महसुस गर्नु

१०. खाने बानीमा परिवर्तन हुनु, जसमा धेरै भोक लाग्नु वा भोकै नलाग्नु

११. यौन ऊर्जामा परिवर्तन, यौन चाहना नुहुनु वा अत्याधिक हुनु

१२. कुनै स्पष्ट कारण बिना धेरै शारिरीक रोग वा समस्याहरु हुनु जस्तै, टाउको दुख्नु, पेट दुख्नु अस्पष्ट हुनु आदि

१३. आफ्नै भावना, बानी व्यवहार वा व्यक्तित्वमा आएको परिवर्तन बुझ्न नसक्नु (अन्तरदृष्टिको कमी वा एनोसोग्नोसिया)

१४. मद्यपान, धुम्रपान वा ड्रग्सको अत्याधिक सेवन गर्नु

१५. वास्तविकता बुझ्न कठिनाई हुनु, जस्तै हेलुसिनेसन्स वा डिल्युजन

१६. आत्महत्याबारे सोच आउनु

१७. जीवनप्रति निराशा हुनु, कुनै पनि कुरामा उत्साह नजाग्नु वा कम हुनु ।

१८. मोबाइल, इन्टरनेट वा सोसल मिडियामा अत्याधिक समय बिताउनु, र नहुँदा तनाव महसुस गर्नु

१९. सबै कुरा गुमेजस्तो, आफू एक्लो भएजस्तो धेरै जसो अनुभव गरिहरनु

२०. दैनिक जीवनका कार्यहरु गर्न वा दैनिक समस्याहरु तथा तनाव हेण्डल गर्न असमर्थ हुनु, धेरै मोटो हुनेबारे भय हुनु वा आफू कस्तो देखिन्छु होला भन्नेबारे धेरै सोचाइ हुनु ।आदि

त्यस्तै, बालबालिकामा मानसिक समस्या भएको कसरी पहिचान गर्ने ? यहाँ प्रस्तुत गरिएका ६ वटा लक्षणहरु पनि लामो समयदेखि आफ्ना बालबालिकामा देखिएको छ भने सचेत बन्न आवश्यक छ ।

तर यी सबै लक्षणहरु सबै बालबालिकामा सामान्य अवस्थामा पनि हुने गर्दछन् । त्यसैले यदि अनियन्त्रित ढंगले लामो अवधिसम्म यस्ता लक्षण देखिन्छन् भने मात्रै मानसिक समस्या पो हो कि भनेर सोच्नुपर्ने हुन्छ ।

१. बारम्बार झगडा गर्ने स्वभाव हुनु ।

२. अत्याधिक चिन्ता जस्तै, स्कुल नजानको लागि, वा मोबाइल, ल्यापटपलगायत ग्याजेट चलाउनका लागि

३.बारम्बार खराब सपना देख्नु,

४. हाइपर एक्टिभ बिह्यावियर

५. लगातार भनेको नमान्नु, एग्रेसिभ हुनु रिसाउनु

६. विद्यालयको गतिविधि पढाइमा परिवर्तन हुनु, कमजोर प्रदर्शन रहनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित