Skip

News Portal

  • पचालझरनामा आज देखि बिद्यालय सुचारु

    कर्नालीसंचार संवाददाता१ असोज
    ३०० पटक
    १ असोज

    कालीकोट । लक डाउनका कारण जिल्लामा लामो समय पढाई बन्द भएको अवस्थामा पचालझरना गाउँ पालिकामा भने असोज १ गते ( आज)देखि बिद्यालय सुचारु भएका छ्न ।यस अघि टोल स्तरमा पढाई सुरु भएको थियो ।

    पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा जिल्ला स्तरमा भएको बैठक पछि सम्बन्धित गाउँ पालिकाको अवस्था हेरि बिद्यालय संचालन गर्ने निर्णय  अनुसार गाउँ पालिकामा आज देखि पढाई सुचारु भएको बताइएको छ ।

    बिद्यालयमा पढाइ सुचारु हुने भएपछि विद्यार्थीहरुमा उत्साह आएको र गाउँ बाहिर भएका समेत घरमा आउन थालेका छ्न । पचालझरना गाउँ पालिकामा अहिले सम्म कोरोना सन्क्रमित भेटीएका छैनन । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले यस अघि कोरोना नदेखिएको र आगामी दिनमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दै क्रमश बिद्यालय सुचारु गरिएको बताउनु भयो ।

    पचालझरना गाउँ पालिकामा ८ वटा माबी र १८ वटा आधारभुत बिद्यालय रहेका छ्न ।

     

    प्रतिकृया दिनुहोस्