३० वर्ष देखि माछा मारेर जिविकोपार्जन गर्दै

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नालि नदि किनारमा बस्ने अधिकांस समुदाय माछा मारेर जिविकोपार्जन गर्दै आएका छन । कर्नालि नदि होस वा तिलानदि । यि सबै किनारका समुदायहरुले जाल,झरौला, सुलि लगाएतका साधनहरु प्रयोग गरेर माछा मार्ने चलन रहेको छ ।

दिन भरी माछा मार्ने साधन तयार गर्नेर सांझ नदिमा थापेर घर फर्किनु अनिवार्य हुने गर्दछ । त्यसै भित्रका एक हुन शंक बम । उनले विगत ३० वर्ष अघि देखि कर्नालिका माछा मारेर घरपरिवार चलाउदै आएका छन । अहिले ५२ वर्षिया बमले दैनिक जसो सरदरमा ७ सय देखि १२ सय सम्मका माछा मार्ने गरेको बताए ।

प्रति किलो ३५ का दरले माछा विक्रि गर्दै आएको बताउने बमले अहिले प्रति किलो ६ सयले विक्रि गरेको बताएका छन । लगातार माछा मार्द कहिले कांही माछा नमर्ने भएकाले प्राय जसो कमै आम्दानि हुने गरेको छ । उनले भने कमाएको रकम हल गोरु जोड्ने,टालो फांको गर्ने(लत्ता कपडा र खाद्यन्न) गरेको बताएका छन ।

आफु जस्तै कयौ समुदायले कर्नालिको भरमा मात्र जिविका चलाउदै आएको बताए । आफुहरु जस्ता कर्नालि किनारामा बसेर माछा मार्नेहरुलाई कसैले पनि केही व्यवस्थापन नगरेको बताए र आफुहरुले माछा मात्र हैन पलांताको थिर्पुका समुदायहरुले वर्षाका समयमा कर्नालिमा बग्दै आएका दाउरा समेत व्यवस्थापन गर्दे आएका छन । कालीकोटको तिला नदि किनारको नाग्म देखि  दही खोला र पलांताकाृे थिर्पु देखि लालिघाट बजार सम्मका अधिकांस समुदायहरुले कर्नालिका माछा मारेर आफु खाने र बजारमा विक्री गर्ने गरेका छन । स्थानिय व्यापारीहरुले माछा मार्ने स्थानमा पुगेर खरिद गर्ने गरेको बताएका छन ।

पचालझरनाका स्थानिय शिक्षक बसन्त शाही एका विहानै भुराबगरमा गएर माछा मार्नेहरु संग माछा खरिद गर्दै यहाँ नआएपछि माछा नपाउने भएकाले विहान कर्नालि किनारमा आउनु परेको बताएका छन ।

पछिल्लो समयमा व्यापारीहरुले उज्यालो नुहंदै नआउदा सम्म माछा पाउन कठिन हुने गरेको बताउदै आएका छन । रास्कोटको शान्तिघाटमा होटल व्यवसाय गर्दै आएका गौरी संज्यालको काम पनि त्यस्तै रहेको छ । उनि उज्यालो नहुंदै शान्तिघाट देखि जारकोटका साथै थिर्पु सम्म पुग्ने गर्दछन । रेंगिल, लालिघाट, सेरीघाट,सुकाटिया लगाएतका किनाराका व्यवसायिहरुले सदरमुकाम मान्म बजारमा ल्याउने गरिएको छ ।

कर्नालिका माछाका साथै विभिन्न निकायबाट माछा पालनका लागि शुरुवात गरिएको छ । खांडाचक्र नगरपालिकाको सिम्लागाढमा पशु अस्पताल तथा जिल्ला पशु सेवा कार्यालयको पहलमा टाउट माछा पालन शुरु गरिएको छ भने सान्नित्रिवेणि गाउँ पालिकाको तिकुवामा माछा पालन शुरुवात गर्न थालिएको छ ।

विभिन्न जातका माछा पालन गरेर बजारमा बढ्दो माछाको खपत गरे अभाव रहन नदिन व्यवसायि माछा पालन गर्न लागिएको जिल्ला पशु सेवा कार्यालय कालीकोटले जनाएको छ ।
कालीकोटमा माछा पालन व्यवसाय फस्टाउन पर्नेमा विशेष जोड दिइएको छ । निरन्तर कर्नालिको माछाको भरमा भन्दा पनि व्यवसायि माछा पालन गरेर आत्मनिर्भर हुने बलियो आधार रहेको युावहरुको जोड रहेको छ ।

यो पनि पढ्नुहोस ।

माछा पालन कसरी गर्ने ? (फोटो फिचर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित