नेकपा जोगाउन नेकपा(एमाले) नेपाल समुहका ८ सर्त अब के हुन्छ ?

7
SHARES
15
VIEWS

काठमाडौ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो ।

सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् । उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् ।

दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ । दाहाल एकता अघि माओवादी केन्द्रको अध्यक्ष थिए भने फेरि अहिले पनि माओवादी केन्द्र पूर्ववत् अवस्थामा नै रहेकाले दाहाल स्वतहः सो पार्टीको अध्यक्ष हुनेछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सोमबार बसेको अन्तिम बैठकले सर्वोच्च अदालतको निर्णयअनुसार छुट्टाछुटै भएर अघि बढ्ने निष्कर्ष निकालेपछि उनीहरू आआफ्नै पुरानो पार्टीमा फर्किएका हुन् । उनीहरू आइतबार नेकपाको अन्तिम बैठक भन्दै बसेका थिए ।

स्थायी कमिटी सदस्यसमेत रहेका नेता योगेश भट्टराईले नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने ८ सूत्र सार्वजनिक गरेका छन् । भट्टराईले भनेका छन्, ‘इगो नराखौं, पार्टी जोगाएर जाने अवसर अझै पनि बाँकी छ ।’

यस्तो छ एकता जोगाउने भट्टराईको आठ बुँदा

१। प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर नेकपाकै नेतृत्वमा सरकार गठनको अगुवाइ गर्ने ।
२। इगो नराखे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने, नत्र नेकपाबाटै दोस्रो पुस्ताबाट अर्को व्यक्तिलाई सहमतिमै प्रधामन्त्री बनाउने ।

३। केपी ओली, प्रचण्ड र माधव नेपाल तीनजना अध्यक्ष हुने ।

४। तीन अध्यक्ष राख्दा पनि नमिले झलनाथ खनाल र वामदेव गौतम समेत थपेर ५ जनाको अध्यक्ष मण्डल बनाउने । त्यसैले दैनिक पार्टी सञ्चालनबाहेक नीतिगत नेतृत्व गर्ने ।

५। महासचिव बिष्णु पौडेलको नेतृत्वमा हालको स्थायी कमिटी सदस्यमध्येबाट १५–१७ सदस्यीय सचिवालय बनाउने, अहिलेको ९ सदस्य सचिवालय भंग गर्ने ।

६। महासचिव पौडेल नेतृत्वको सचिवालयले ‘टिओआर’ सहित पार्टी सञ्चालन गर्ने र एकताका बाँकी काम समय तोकेर टुंग्याउने ।

७। प्रदेश सरकारहरुको पुनर्गठन गर्ने, संघीय सरकार गठन गर्दा मन्त्रीहरुको चयन बिचार समूहहरुको सम्मानजनक प्रतिनिधित्व गराउने ।

८। स्थानीय तह र संघ तथा प्रदेशको चुनावसम्म पार्टी सहमतिका आधारमा चलाउने र चुनावपछि महाधिवेशनबाट नयाँ नेतृत्व र बिचार सहित अघि बढ्ने ।
सो छलफलमा पनि सर्वोच्चको निर्णयपछिको अवस्थालाई लिएर नेपालले पहिलो ‘नेकपाकै एकता बचाइराख्ने’ र दोस्रो ‘ओलीसँगै मिसिएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने’ दुईवटा विकल्पमा कुरा गरेका थिए ।

आइतबार सर्वोच्चको निर्णयपछि नेता झलनाथ खनालले आफू एमाले नै भएको बताएका छन् । तर, दाहाल समूहका अध्यक्ष नेपालले भने अब ओलीतिर फर्किने कुनै सम्भावना नरहेको बताउँदै बरु सूर्य चिह्न पनि खोसेर आफूहरूले लिने तर्क गरेका थिए । उनले भनेजस्तो अवस्था देखिएन । त्यहीँ कारण उनी अहिले केन्द्रदेखि तलसम्म नै छलफलमा जुटेका छन् ।

ओलीलाई छाडेर पूर्वएमालेको ठूलो पंक्ति दाहालतिर लागेको थियो । नेपाल, खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहोरा अब पूर्व एमालेमै फर्किने भएका छन् ।

दाहाल–नेपाल समूहका एक जना नेता ठाकुर गैरे अहिलेलाई एकता बचाइ राख्ने विकल्प नै पहिलो प्राथमिकता हुने बताए । उनले पहिलो एकता बचाउने उपायबारेमा छलफल भइरहेको बताएका छन् ।

‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं भन्ने विषयमा छलफल भयो, गैरेले भने, ‘अदालतको फैसला आए पनि एकतालाई अघि बढाउने सम्भावना छ भने अध्यक्ष कमरेड प्रचण्ड र ओलीजीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्छ ।’

अर्कातिर तत्कालीन एमाले सचिव भीम आचार्यले अब एमालेमै फर्किएर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले सबै विकल्पमा अहिले संवाद भइरहेको बताउँदै पार्टी एकता नयाँ तरिकाले अघि बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित