नेपाल बहुराष्ट्रिय राज्य होईन

7
SHARES
15
VIEWS

पृष्ठभुमि : यतिवेला राजेन्द्र महतोको अभिब्यक्तिपछि फेरि नेपाली समाज एउटा बहसमा तानिएको छ । ति बहसमा भाग लिने मध्य केहि पात्रहरु कम्युनिष्ट पार्टी संगठनमा रहेका अझ आफुलाई बौद्धिक युवा भनिने पात्रहरुले राजेन्द्र महतोको अभिक्तिप्रति बिरोध र समर्थ जनाएको देखियो । बिरोध गर्ने र समर्थन गर्नेहरुको तर्क आधारभुतरुपमा फरक छैन । उनिहरुको तर्कले बिधमान नेपाली समाजको जातिय संकटलाई कदापी हल गर्दैन । किनकी बिरोध गर्नेहरुको तर्क बिशुद्ध अहिले सम्म चलिआएको राष्ट्रवादको निरन्तरता हो जो आफैमा असुहाउदो छ ।

अवैज्ञानिक छ । यदि यो तर्कले काम गर्नेभए आज सम्म नत केपी जस्ता पात्र नेपाली समाजमा जन्मिने थिए नत राजेन्द्र महत्व जस्ता कुपात्रहरु ।

अर्को तर्क छ कि राजेन्द्र महतोको पक्षमा बोल्नेहरुको उनिहरुको तर्क नेपाल बहुराष्ट्रिय राज्य हो जो राजेन्द्र महतोले वोले ठिकै हो बरु राजेन्द्र महतो जुन ठाउमा उभिएर बोले त्यो चाहिँ गलत भयो रे यो तर्क पनि हेर्दा उत्पीडित वर्गलाई प्यारो लाग्ने भएपनि यो नेपाली समाजलाई बस्तुगत रुपमा एकताबद्ध पार्ने तर्क कदापी होइन ।

यो तर्क गर्नेमा माओवादी आन्दोलनवाट आएका र जोडिएका मान्छेहरुको तर्कहो जुन तर्कको स्रोत जातिय उत्पिडनको मुक्ति सम्वन्धि सोवियत संघले बिशेषत स्टालीनले अगाडि सारेको बिषय थियो । जुन तर्क पछि चिनिया क्रान्तिमा लागु गर्ने सन्दर्भमा त्यहि हुवहु लागु गरियन बरु त्यो लागु नर्गनुर्को कारण चिनमा जातिए उत्पिडन छ तर यसको निकास भनेको जातिय स्वायत गणराज्य हुन नसक्ने निचोडमा चिनिया कम्युनिष्ट पार्टी पुगेको देखिन्छ ।

किनकी चिनमा एउटै जातिको मात्रै बसोवास भएको कुनैपनि क्षेत्र थिएन र चिन आफैमा साम्राज्यवादी चरम उत्पीडनमा पेरकाले यदि सोभियत संगको जस्तो मोडेलेमा गए साम्राज्यवादले जातिय राजनीतिमा सहजै पहँुच पाउने भएकाले त्यो गर्न नसकिने निचोडमा चिनिया कम्युनिष्ट पार्टी पुगेको थियो ।

तर नेपामा आफुलाई कम्युनिष्ट अझ माओवादको उतराधिकारी घोसित गर्नेहरुले त्यो बिषयलाई कदापी ध्यान नदिएको बरु सोबियत संगले अख्तियार गरेको मोडेल नेपालमा लागु गर्ने गलत तरिका अपनाए । त्यो तरिका किन गलत छ भने नेपाल भौगोलिक, राजनैतिक,आर्थिक, सामाजीक र सांस्कृतिक जुन धरातलमा अवस्थित छ त्यसको सहि र बस्तु संगत अध्ययन गरिएन ।

त्यसो नगरिदा उत्पीडित जाति वर्ग आन्दोलित त भयो तर आधिकार सम्पन्न भएन ? त्यसो हुनुमा पहिलो क्रान्ति सफल नभएर होला तर क्रान्ति सफल नहुनुमा भने निति गलत भएरहोला भनेर हामीले कहिलै बुझने कोसिस गरेनौँ । बरु असफल नितिको पक्षपोषण गरेर कतिले केपीलाई महान माने कतिले राजेन्द्र महतो अझ बिखण्डनकारि साम्राज्यवादको भुतुवा सिके रावतलाई पनि ।

जसले नेपाल बहुराष्ट्र हो भन्छ त्यो तर्क किन पनि बस्तु संगत छैन भने एउटा राज्य हुनका लागि आवश्य पर्ने निसित भुगोल, त्यसको अर्थतन्त्र, संस्कृति भेषभुसा भएको जाति हुनु पर्दछ । तर नेपालको सन्दर्भमा हेर्नेहो भने एउटा मात्रै जाति बिशेषको बसोवास भएको भुगोल सायदै हामीले पाउदैनौँ ।

अझ बस्तुगत रुपमा हेर्नेहो भने प्रत्येक घरपीछे एउटै गाँउमा फरक फरक भाषा, संस्कृति, आर्थिक जिवीको पाजर्न गर्ने स्रोत र तरिका, भाषा रितिरिवाज पाईन्छ । समग्रमा नेपाली समाजमा जातिए उत्पीडन भएपनि त्यसको समिश्रण जुन रुपमा भएको छ त्यसको निकास अथवा उत्पीडनको निकास स्वायत्त आत्मनिर्णएको अधिकार सहितको बहुराष्ट्र बदापी होइन । बरु यो तर्क स्वत माक्र्सवाद अलिअलि पढेका, नेपाली समाजको बस्तुगत अवस्था नबुझेका, पुँजीवादी साम्राज्यवादको अदृश्य गुलामी गर्ने संसोधनवादी बिखण्डनकारिहरुको भाष्य हो । सहि तर्क अथवा बस्तुगत निकास भनेको उत्पीडित जातिहरुको सत्ता बनाउने हो उक्त सत्ताले बिधमान उत्पीडनका जति औजारहरु छन त्यसलाई बदलेर उत्पीडित जाति समुदाएलाई सवैभन्दा बढि राजनैतिक, आर्थिक, समाजीक र सांस्कृतिक रुपमा अधिकार सम्पन्न बनाउने हो र भौगोलिक रुपमा देशलाई एकता बद्ध पार्ने हो ।

त्यो एकताबद्ध गर्न कुनैजाति बिशेषलाई एउटा भुगोल बिशेषको स्वायत्त गणराज्यको अधिकार दिएर हुैन बरु समग्र ब्यवस्था र भुगोल सहितको देशको मालिक बनाउनु पर्दछ । जसलाई हामिले उत्पीडित जाति र बर्गको अधिनायकत्व भएको राज्य ब्यवस्था पनि भन्न सक्छौँ । त्यो राज्य ब्यवस्था भनेको दलाल पुँजीवादी राज्य ब्यवस्था होइन । त्यो राज्य ब्यवस्था भनेको जनताको जनवादी राज्य ब्यवस्था हो ।

जो बिस्तारै बैज्ञानिक समाजवाद र साम्यवादको आदर्शले लैस हुनेछ । त्यसैले यो नै अन्तिम सत्य र बैज्ञानिक बिधि हो । यदि यो बिधिको बिकास गर्न सकेनौ भने बिधमान केपी ओलिको राष्ट्रिय एकताको भाष्य र राजेन्द्र महतोको बहुराष्ट्रिय राज्यको भाष्यले अन्नत नेपाली जनताको बिचमा फुटपार्दै जाने र देश नै बिभाजन हुने दिशा तिर जाने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित