तिलागुफामा माओवादी केन्द्रको अगुवाईमा सर्वदलिय बैठक,सार्वजनिक सुनुवाई गर्न नगरपालिकालाई अनुरोध

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिकामा नेकपा(माओवादी केन्द्र)को अगुवाईमा सर्वदलिय बैठक सम्पन्न भएको छ ।

नेकपा(माओवादी केन्द्र) तिलागुफा नगरकमिटीका अध्यक्ष दिनेश चंदाराको अध्यक्षतामा भएको बैठकमा नेकपा(एमाले)का ऐन बहादुर शाही, नेपालि कांगे्रसका चन्द्र बहादुर शाही,नेमकिपाका खडगराज शाही लगाएतका नेताहरुको उपस्थितिमा सर्बदलिय बैठक बसेको हो ।

उक्त बैठकले आगामि वर्ष २०७८।०७९को नवौं नगरसभामा स्वस्थ्य, शिक्षा र संचारलाई पहिलो प्राथमिकता राख्न अनुरोध गर्ने निणर्य गरेको नेकपा(माओवादीकेन्द्र)का नगरकमिटी अध्यक्ष दिनेश चंदाराले बताउनु भएको छ ।

वहाँका अनुसार कोभिड विरुद्ध नगरपालिकामा एकता बद्ध तरिकाले अघि बढ्ने र सो का लागि स्वयंम सेवक परिचालन गर्ने बताउनु भएको छ ।

साथै बैठकले विगत दुई वर्ष देखि हरेक काम कार्वाहीको सार्वजनिक सुनुवाई नभएकाले स्थानिय तह संचालन निति अनुसार वडा देखि सबै शाखाले सार्वजनिक सुनुवाई गर्न समेत माग गरेको छ । त्यसै गरी आगामी दिनमा नगरपालिकाको विकासका लागि राजनैतिक मतभेद तथा पूर्वाग्राही नराखि अघि बढ्न समेत अनुरोध गरेको छ ।

तिलागुफा नगरपालिका राजनैतिक दलहरुले पालैपालो बैठक राख्ने निणर्य अनुसार आगामि बैठक नेपाल मजदुर किसान पार्टीको आयोजनामा हुने बताइएको छ ।

जिल्लाका सबै स्थानिय तह भन्दा तिलागुफा नगरपालिकामा राजनैतिक दलहरु एकता बद्ध भएर जाने निणर्यले जिल्लामा नयाँ पाठ सिकाएको बताइउको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित