रुपेन्द्र ऐडी / कालीकाेट :
जिवनमा कहिले संघर्ष अनि कहिले विपदका विचबाट अघि बढ्दै आइपर्ने समस्याको समाधान पनि संग संगै अघि बढाउदै पन्छाउदै जानु मानविय जिवनको महत्वपूर्ण यात्रा हुने गर्दछ । हामी पृथ्वीमा पाइला टेक्नु भन्दा अघि पिडा बोधका साथ आमाको प्रसव अवस्थामा थियौं तर केही समय पछि हाँसि खुशि केही बेर अघिको सबै पिडा भुलेर नयाँ जिवनमा अघि बढ्न सक्षम हुन्छौं । जुन दिन धर्तिको लागि हामी खम्बा बनेर यात्रा बढाउदै जांने क्रममा कुन दिन दुःख अनि पिडाको भारी बोक्दै विच विचमा आराम गर्दै बाधा अवरोधलाई हटाउदै अघि बढ्नु अनिवार्य नै हुदो रहेछ ।गाउँ समाज अघि बढोस भनेर समाजका लागि केही गर्ने अठोटका साथ यस धर्तिमा जन्म लिएका पात्र हुन वीरेन्द्र । २०४८ साल साउन ११ गते बुवा रत्न प्रसाद आचार्य र आमा विउरा आर्चायको कोखबाट (साविक सुकाटिया गाविस वडा न. ८) शुभकालिका गाउँ पालिका वडा न.६ हाउडीमा जन्मिएका हुन ।
वाल्यकालको अवस्था त्यति जानकार नभएपनि छोटो समयमा समाजका निम्ति नमुना काम गर्नु पर्छ भन्ने मध्येका एक व्यक्ति हुन । मनमा अठोट, शाहस र दृढताका खानिका रुपमा रहेका वीरेन्द्र आचार्य सांच्चै शुभकालिकाका एक होनाहार यौद्धाका रुपमा लिएको छ । त्यति धेरै समय सहकार्य समन्वय नभएपनि छोटो समयमा राजैनितिक एवमं मिडिया सम्बन्धि सरोकारका विषयमा हाम्रो छलफल हुने गर्दथ्यौ । सोही समयमा वीेरेन्द्र आचार्य संगको सहकार्यका क्रममा निकै ठुला शाहसिक काम गरेर अठोटका साथमा दृढता पूर्ण गरे जुन कामले उनि प्रतिको कामको बारेमा त्यति भनि रहनु परेन । केही समय जागिरे जिन्दगिका रुपमा काम गरेपनि लामो समय पत्रकारिता क्षेत्रमा वितेका वीरेन्द्रका दिनहरु समाज बनाउनैका लागि थिए ।
अन्यायको बिरोधमा देखि सहन नसक्ने स्वभाव भएकै कारण वीरेन्द्र आचार्य सबैको नजरमा तारो भएर उभिने गर्थे । विरोधिहरुका लागि वर्ग बैरी भएर उत्रिने एक यौद्धा हाम्रा लागि ठुलो क्षति भएको महसुस भएको छ । आज एक गतिलो नक्षत्र गुमायौ जुन विगतमा ति ठुला जिम्मेवारीले समेत गर्ने नसकेका कामहरु पनि विरेन्द्र आचार्यले गरेर देखाएको थिए । आफै मिडिया संचालन गरेर अधिकांस युवाहरुलाई रोजगारी दिन सफल पत्रकार वीरेन्द्र आचार्य साथमा नहुंदा प्रेस सेन्टर टुहुरो भएको छ । लामा विनाको बहकर बने जस्तो भएको छ । पत्रकार महासंघका लागि अहोरात्र खट्ने पत्रकार वीरेन्द्रले गरेको योगदानको चर्चा जति गरेपनि कमै हुन्छ ।
कालीकोट जिल्लाकामा इहिमालय टाइम्सको सम्बाददाता हुंदै रेडियो पलाता आवाज, रेडियो सान्नित्रिवेणि, रेडियो शुभकालिकाका साथै तिला न्युज अनलाइन मिडिया संचालन गरेर संचार उद्यमिका रुपमा स्थापित हुदै आएका थिए । त्यति मात्र होइन कसैको पनि सहयोग नपाएर रेडियो तिला आवाज सामुदायिक एफएम संचालन गरेर चर्चामा रहेका थिए । प्रेस सेन्टर नेपाल कालीकोटको दुई कार्यकाल अध्यक्ष समेत भएर पत्रकारिताका क्षेत्रमा आइपरेका समस्या समाधान गर्न सक्षम लिडर भएर संगठन र आफु आकाश छुने समपना बोकेर यात्रा अघि बढाएका थिए ।
“न्यायको बिरोधमा देखि सहन नसक्ने स्वभाव भएकै कारण वीरेन्द्र आचार्य सबैको नजरमा तारो भएर उभिने गर्थे । विरोधिहरुका लागि वर्ग बैरी भएर उत्रिने एक यौद्धा हाम्रा लागि ठुलो क्षति भएको महसुस भएको छ । आज एक गतिलो नक्षत्र गुमायौ जुन विगतमा ति ठुला जिम्मेवारीले समेत गर्ने नसकेका कामहरु पनि विरेन्द्र आचार्यले गरेर देखाएको थिए । आफै मिडिया संचालन गरेर अधिकांस युवाहरुलाई रोजगारी दिन सफल पत्रकार वीरेन्द्र आचार्य साथमा नहुंदा प्रेस सेन्टर टुहुरो भएको छ । लामा विनाको बहकर बने जस्तो भएको छ । पत्रकार महासंघका लागि अहोरात्र खट्ने पत्रकार वीरेन्द्रले गरेको योगदानको चर्चा जति गरेपनि कमै हुन्छ ।”
युवा उद्यमि, कृषिमा वीरेन्द्र :
पत्रकार मात्र नभई समाज सेवा संगै कृषिमा नमुना काम गरेर अघि बढ्ने अठोट लिएका वीरेन्द्र आचार्यले सुर्खेत जिल्लाको विरेन्द्रनगरमा भाडामा जमिन लिएर तरकारी खेति गर्नुका साथै कालीकोट जिल्लाको ताडी लगायतका क्षेत्रमा जमिन भाडामा लिएर तरकारी खेति गरेर आत्मनिर्भर अर्थतन्त्रको भावनामा अग्रसर रहेका थिए । गौतम बुद्धका महान भनाईलाई सापटी लिदा एक युवालाई उद्यमि बन्ने अठोट केही गर्ने हुटहुटी नभएर सम्भव हुदैन । उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ̵ गौतम बुद्ध । हुन पनि यो भनाईलाई आत्मसाथ गरेका वीरेन्द्र आज हामी तमाम उपनाममा चिनो दिएर हामी सामु नरहेपनि उनका गरेका कामको सिको गर्नु हामी सबैको दायित्व हो । आफु रोजगारी सामान्य कुरा हो ।
समाजका रहेका युवाहरुलाई आफै कमाई गरेर खानु पर्छ भन्ने भावनाबाट अभिप्ररित भएर अघि बढेका युवा उद्यमी हुन । ए
“२०७८ साल कात्तिक २५ गते पहिलो कार्यकाल र २०८१ फागुन १६ गते दोस्रो कार्यकाल प्रेस सेन्टर नेपाल कालीकोट शाखाको अध्यक्ष भएर काम गर्दै अगाडी बढेका थिए । गत वर्ष सम्पन्न नेपाल पत्रकार महासंघ कालीकोटको निर्वाचनमा प्रतिपक्षहरुलाई हायलकायल बनाएका वीरेन्द्र आचार्य महासंघ कालीकोटको सचिवका उम्मेद्धार भइ झिनो मतान्तरले पराजय भएका थिए ।”
क समयमा हामी दुई दाजु भाई विचमा भेट हुंदा कुरा भएको थियो, त्यतिका समय राजनैतिक नेतृत्व गरेका विप्लवले एउटा सपना नदेखर कृषि खेतिमा कहाँ लागेका होलान र ? मैले पनि त्यहि अठोटका साथ खेतिबाट नमुनाका रुपमा अघि बढ्न सकिन्छ भनेर जन्मघरको कुरा छोडौं सुर्खेत र कालीकोटमा दुई ठाउँमा भाडामा जमिन लिएर आफुले युवाहरुलाई कमाइ गर्न पर्छ भनेर शुरुवात गरेको बताएका थिए । उनले भनेका थिए तमाम युवाहरु काम नपाएका छन । तिनिहरुलाई केही गर्नु पर्छ है भनेर सिकाइका साथ आत्मनिर्भर हुने बाटो कृषि खेति देखाउनकै लागि शुरु गरेको बताएका थिए ।
आफुहरु शुरुवाति चरणमा जमिनको भाडा सम्म तिर्न नसक्ने भएपनि गरे के हुंदैन र भन्ने देखाउन कृषि पेशालाई पत्रकारिता संग संगै अघि बढाएको भनाई थियो । कृषिमा सपना देख्ने विरलै हुन्छन जुन वीरेन्द्रमा थियो । वीरेन्द्र आचार्यमा सपना ठुलो थियो तर त्यो सपना पुरा गर्न नदिई विचमै रहने अवस्था आयो । मुहम्मद अलिले भनेका थिए ः सपना नभएका मान्छेहरु पखेटा नभएका पंक्षिहरु जस्तै हुन् । हुन पनि हो सपना नभएका मानिसहरु केवल नकरात्मक र अरुको कुरा काट्नु मात्र नभई रिस आवेग गर्नु बाहेक केही गर्दैनन । प्रत्यक्ष आलोचना अप्रत्यक्ष प्रशंसा गर्ने स्वभावका युवा उद्यमि वीरेन्द्र आचार्यले कृषि खेतिका लागि गरेको प्रयास तमाम युवाहरुका लागि सिकाइ बन्ने छ ।
राजनैतिकमा वीरेन्द्र :
समाज परिवर्तनको माध्यम भनेको राजनैतिक क्षेत्र हो । गाउँ जानकारका अनुसार जनयुद्धका समयमा निकै चासो दिने जहाँ कार्यक्रम छन अगाडी गएर बस्ने अनि जहाँ नजसेना देख्यो कि साथमा गैहाल्ने बानि रहेका वीरेन्द्र आचार्य बाल्यकालमा राजनैतिक क्षेत्रमा चासो रख्दै आएका थिए । युद्ध कालमा होस वा शान्तिकालमा माओवादी सिद्धान्त प्रति आस्थावना रहेर स्थानिय स्तरमा विभिन्न संघ संगठनमा रहेर काम गर्दै आएका थिए । वीरेन्द्र आचार्यले जिल्ला सदरमुकाममा व्यवसाय संचालन गरेर अगाडी बढ्न खोजेपनि राजनैतिक क्षेत्रमा अग्रसर रहेर निरन्तर अघि बढेका थिए । २०७८ साल कात्तिक २५ गते पहिलो कार्यकाल र २०८१ फागुन १६ गते दोस्रो कार्यकाल प्रेस सेन्टर नेपाल कालीकोट शाखाको अध्यक्ष भएर काम गर्दै अगाडी बढेका थिए । गत वर्ष सम्पन्न नेपाल पत्रकार महासंघ कालीकोटको निर्वाचनमा प्रतिपक्षहरुलाई हायलकायल बनाएका वीरेन्द्र आचार्य महासंघ कालीकोटको सचिवका उम्मेद्धार भइ झिनो मतान्तरले पराजय भएका थिए ।
“त्यतिका समय राजनैतिक नेतृत्व गरेका विप्लवले एउटा सपना नदेखर कृषि खेतिमा कहाँ लागेका होलान र ? मैले पनि त्यहि अठोटका साथ खेतिबाट नमुनाका रुपमा अघि बढ्न सकिन्छ भनेर जन्मघरको कुरा छोडौं सुर्खेत र कालीकोटमा दुई ठाउँमा भाडामा जमिन लिएर आफुले युवाहरुलाई कमाइ गर्न पर्छ भनेर शुरुवात गरेको बताएका थिए । उनले भनेका थिए तमाम युवाहरु काम नपाएका छन । तिनिहरुलाई केही गर्नु पर्छ है भनेर सिकाइका साथ आत्मनिर्भर हुने बाटो कृषि खेति देखाउनकै लागि शुरु गरेको बताएका थिए ।”
नेकपा(माओवादी केन्द्र) कालीकोटका जिल्ला सदस्य समेत रहेका वीरेन्द्र आचार्य पार्टी भित्रका गलत तत्वलाई समेत चर्काे आलोचना गर्ने गर्थे । सत्यको पक्षमा उभिएर हरेक समय सहि बोल्ने मानिसहरु समाजमा आवश्यक भएपनि स्वर्गमा पनि तिनिहरुको माग हुने रहेछ ।
भनिन्छ नि सिंगो जिन्दगि भेडा भएर बाँच्नु भन्दा एक दिन सिंह भएर मर्नु जाति एलिाजबेथको यो भनाई केही हद सम्म स्वभाविक हो । मानव जन्म पछि केही गर्ने अठोट लिन्छ र सोही अनुसार भुमिका पुरा गर्दछ । आज तमाम सपनाहरुका विचबाट यस धर्तिमा अटाउन नसकेका वीरेन्द्रका लागि अवसरको चाँग लागेको थियो । तर पनि राम्रा मान्छे हाम्रा हुंदैन र तिनिहरुको माग स्वर्गमा पनि हुन्छ र माग पनि छिटो हुने रहेछ । दैबको लिला कुन समयमा के हुन्छ भन्ने कुराको कुनै अत्तोपत्तो छैन ।
जिवनभर हासिखुशी रहने ति दिन आज वीरेन्द्रको अभावमा खट्निे अवस्था आयो । वीरेन्द्रमा खरो आलोचनाको भावना भएपनि दयालु पनि त्यहि अनुसार स्वभाव रहेको थियो । अब्राहम लिंकनको भनाईलाई लिने हो भने “त्यहि व्यक्तिलाई आलोचना गर्ने अधिकार हुन्छ जो सहयोग गर्ने भावना राख्छ ।” उस्ले जतिको आलोचना गर्ने बानि थियो नि त्यति नै छिटो सम्झिने अनि माया ममता गर्ने भावना राख्ने गरेका थिए । उनको भावना सरकारी जागिर खाएर अघि बढ्ने भन्दा पनि सामाजिक क्षेत्रमा ठुलो काम गरेर इज्जत कमाउनु थियो ।गौतम बुद्धले भनेका थिए ः “सरकारी जागिर खानु भन्दा सामुदा्िरक डाकु बन्नु महान कार्य हो” भन्ने भावना वीरेन्द्र आचार्यमा थियो । त्यसैले शाहसका साथ वीरेन्द्र आचार्यले नमुना काम गर्दै अघि बढेका थिए । स्वर्गिय वीरेन्द्र आचार्यको यहि मंसिर १२ गते सांझ सुर्खेत जिल्लाको विरेन्द्रनगर नगर पालिका वडा न. २ मुलापानि चोकको भुरेलिमा स्कुटुर दुर्घटनाबाट असामयिक निधन भएको थियो ।
गत वर्षको माघ महिना म कार्यरत हिमचुली कृषि सहकारी संस्थामा आएर मेरो म्याडमको नाममा भएको सेयर मेरो नाममा गरेर जान्छु आगामि साधारण सभामा हिमचुली सहकारीको संचालक हुने धोको छ भनेको र दुई हप्ता अघि वीरेन्द्र आचार्य संग भेटघाटमा मलाई एक सांझ दाजु रेडियोमा बास बस्ने गरेर ताडी आउनु धित मरुन्जेल कुरा गर्ने मन छ भनेको कुरा अहिले पनि झलझल्ति याद आइरहेको छ । मलाई लागि रेहेको छ कि त्यो दिन म किन गइनौ हौला भन्ने गल्ति महसुस भैरहेको छ । वर्गिय विरेन्द्र आचार्यले पत्रकारिता क्षेत्रका अधुरा काम पुरा गर्ने अठोट लिएका छौं । स्वर्गमा बास होस । अलविदा वीरेन्द्र !!!
(स्वर्गिय वीरेन्द्र आचार्य कालीकोट जिल्लाका प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष तथा तिला मिडिया प्रा.लि.का संचालक तथा रेडियो तिला आवाजका स्टेशन म्यानेजर तथा तिला न्युज डटकमका प्रबन्धक निर्देशक हुन ।)


















Discussion about this post