माओवादी केन्द्र कालीकोटको जिम्मेवारी लिन तयार छु-सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का युवा नेता पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले आफुले कालीकोट जिल्ला समन्वय समितिको अध्यक्ष र सचिवको आकांक्षि रहेको बताउदै सो जिम्मेवारी पाएको खण्डमा जिल्लालाई नयाँ उचाईमा पुगाउने दावि गर्नु भएको छ ।
कर्नालि संचार संग कुरा गर्दै अध्यक्ष सेजुवालले अहिलेको अवस्थामा युवालाई जिम्मेवारी दिदा विगतको भन्दा केही फरकपन ल्याउदै पार्टीलाई नयाँ शिराबाट अघि बढाउन आफुले हदै सम्मको प्रयास गर्ने बताउनु भएको छ ।
यस अघि भएको नेकपा(माओवादी केन्द्र)को जिल्ला सम्मेलनमा दुर्ग बहादुर रावत जिल्ला संयोजक हुंदा खडगराज सेजुवाल(विश्वप्रकाश) सहसंयोजकको रुपमा नेताहरुले छलफल गरेको तर गुपचुपमा राखेर अल्मल्याइएको विषय स्मरण गर्दै अध्यक्ष सेजुवालले आगामी दिनमा कालीकोट जिल्लाको अध्यक्ष र सचिव मध्ये जुनसुकै जिम्मेवारीका  लागि आफु  ढुक्क रहेको र त्यस विषयमा नेताहरुले उचित ध्यान दिने आफु विश्वस्त रहेको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिका अध्यक्ष हुंदा नमुना काम गरेर चर्चामा रहदै आएका अध्यक्ष सेजुवालले जिल्लालाई शसक्त बनाउन र युवाहरुको रोजाईको केन्द्र भएकाले नेतृत्वमा पुग्दा सक्षम नेताका रुपमा लिदै आएकाले केही फरकपन हुने विश्वास कार्यक्रताहरुमा रहेको बताइएको छ । कालीकोट जिल्लामा माओवादी केन्द्रको किल्ला भएको र अझै बलियो बनाउनका लागि युवाहरुको जिम्मेवारी बहनमा पार्टी नेतृत्वले सोच्ने बेला आएको बताइएको छ ।

यो पनि पढ्नु होस ।

को हुन खडगराज सेजुवाल ? कस्तो छ राजनैतिक यात्रा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित