यसरी भएको थियो कालीकोटमा हिमचुलि सहकारी संस्थाको स्थापना

7
SHARES
15
VIEWS

सन्दर्भ ९८ औं अन्तराष्ट्रिय सहकारी दिवस  :
नेपालको कान्छो जिल्ला भनेर चिनिएको कालीकोट जिल्ला कर्नालि अंचलको मुख्य प्रवेश द्धारका रुपमा रहेको एक विकट क्षेत्र हो । हरेक पक्षमा पछाडी पारिएको क्षेत्र भएपनि जनयुद्धको उद्गम थलोको रुपमा भने देशभरको रोल्पा रुकुम पछिको दोस्रो लालकिल्लाका रुपमा चिनिएको छ ।

जनयुद्ध कालमा ग्रामिण क्षेत्रमा “कम्युन”को अबधारणा ल्याएको तत्कालिन नेकपा(माओवादी)ले छितरिएर रहेका समुदायलाई सामुहिक खेति गर्ने,सामुहिक रुपमा हरेक क्रियाकलापको शुरुवात गरेको थियो । शान्ति स्थापना भए संगै हराएको कम्युनको स्थानमा सहकारी संस्थालाई स्थापना गरी समाजमा आर्थिक क्षेत्रमा फरक पन दिन कालीकोट जिल्लामा सहकारीको स्थापना गराउनका लागि हिमचुलि कृषि सहकारी संस्था लि.को दर्ता गरिएको हो ।

२०६५ सालको साउन महिनामा तत्कालिन फुकोट गाविस अध्यक्ष तथा हालका रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालको पहलमा मान्म गाविसको बद्रिगाउँमा जिल्ला भरका नौ वटै इलाकाका प्रतिनिधित्व रहेने गरी भेला मार्फत २५ जना सदस्यहरुको उपस्थितिमा हिमचुलि कृषि सहकारी संस्था लि.को २०६५ साल भाद्र २५ गते डिभिजन सहकारी कार्यालय सुर्खेतमा आधिकारिक रुपमा दर्ता भएको हो । असोज ८ गते कार्यालय स्थापना गरेर विभिन्न काम कार्वाही अगाडी बढाएको हिमचुलि कृषि सहकारी संस्था लि.ले जिल्लामा के के काम गरेको थियो ।स्थापना कालमा जनयुद्धका शहिदहरुले देखाएको बाटोलाई आत्मसाथ गर्दै स्थापना भएकाले जिल्लामा संचालित विशाल कम्युन लगाएतको इज्जत धान्न सफल भएको छ ।


–कामको थालनि इटेलिबाट शुरु :
सदरमुकाम मान्ममा तत्कालिन समयमा शान्ति स्थापना भएपछिको अवस्थामा ग्रामिण क्षेत्रबाट आउने समुदायहरुले नागरिकता बनाउदा लाग्ने कागजजातहरुको फोटोकपि गर्दा चर्काे शुल्क लिने चलन थियो । ताकी नागरिकताको प्रतिलिपिका लागि २० रुपैया,पास्पोर्ट साइजको फोटोका लागि १५० रुपैया,मेल गर्नु पर्दा एक फोटाको एक सय देखि अन्य कागजजातहरुको त्यतिकै चर्काे मुल्य तिर्न बाध्य भएको अवस्थामा सहकारीले इटेलि सेन्टर संचालन गरेर नागरिकताको फोटोकपि रु ५,फोटो रु ५० र टाइप तथा मेल गरेको ३० रुपैया, प्रिन्ट गरेको २० रुपैया लगाएतका सहुलिएत दरमा सेवा दिएको थियो । सहुलिएत दरमा सेवा दिएको भन्दै जिल्ला स्थित निजि व्यवसायिहरुले हिमचुलि कृषि सहकारी संस्थाको कार्यालयमा मुल्य समायोजन गरेर एकरुपतामा ल्याउने र सस्तो नदिन दवाव दिएका थिए ।
–दुध डेरी संचालन र गाइ फर्म स्थापना :
जिल्लामा सहज ढंगले दुध पाउन कठिनाई भइरहेको अवस्थामा हिमचुलि कृषि सहकारी संस्थाले सदरमुकाम मान्म आसपासका कृषकहरुको गोठमा गएर दुध संकलन गरेर मान्म बजारमा डेरी संचालनमा ल्याएको थियो । बजारको दुधको माग व्यापक भएपनि पाउन कठिन हुने भएपछि डेरी संचालनमा ल्याइएको थियो । घरदैलो सेवा र डेरी प्रतिको नकरात्मक सोचाईका कारण दुध उपलब्ध हुन कठिनाई भएपछि संस्थाले रुपन्देहीबाट दुधालु जर्सि गाई ल्याई आफै फर्म संचालन गरेको थियो । उक्त गाइफर्मबाट दुध उपलब्ध गराउदै कृषकहरुमा नयाँ पाठ सिकाएको संस्थाले गाइपालनमा व्यवस्थापन गर्ने कर्मचारी अभाव भएपछि संस्थाका संचालक समिति अध्यक्ष काशिचन्द्र बराल,उपाध्यक्ष काली बहादुर महतारा,कार्यकारी प्रमुख भिम प्रसाद बराल लगाएत सम्पूर्ण कर्मचारीले गाईको लागि आफै ताडी तथा आसपासका बनमा आफै घांस काटेर ल्याइएको थियो । त्यति मात्र नभई काठमाडौंबाट उन्नत जातको घांसको विउ समेत ल्याइएको थियो ।

तत्कालिन अध्यक्ष काशिचन्द्र बरालको समुदायमा केही नमुना काम गर्ने इच्छा र समुदायको माग बमोजिम उक्त गाई फर्म मान्मको ताडीमा शुरु गरिएको थियो । यहांको हावा पानि तथा व्यवस्थापनमा कठिनाई भएपछि उक्त गाईफर्मको विघटन गर्नु पर्ने अवस्था आए पछि ति गाईलाई सुर्खेतमा लगेर कृषकहरुलाई वितरण गर्नु पर्ने अवस्था आएको थियो । पहिलो पल्ट कालीकोटमा पशुविमाको शुरुवात हिमचुलि कृषि सहकारी संस्थाले गरेको थियो ।
– पाठ्यपुस्तक,साल्टेनिङको कारोबार :
कालीकोट जिल्लामा पाठ्यपुस्तकमा एकाधिकार र समयमा नपुग्ने समस्याका कारण पठनपाठनमा कठिनाई भइरहेको कालीकोट जिल्लामा हिमचुलि कृषि सहकारी संस्था लि.ले २०६७।०ं६८मा जिल्लाका सबै विद्यालयहरुमा पाठ्पुस्त पुगाएको थियो ।त्यसका साथै साल्टेनिङ कर्पाेरेशन माफत चिनि लगाएतको वस्तु विक्रि वितरण गरिएको थियो ।सहकारी संस्थाले डिपो संचालन गरी उपभोक्तलाई सहज पहुंच गराउनुका साथै व्यवस्थापन गर्दा बजारमा कालोबजारी तथा चर्काे मुल्य तिर्नबाट बञ्चित भएका थिए ।


– गाउँ घर उज्यालो कार्यक्रम :
कालीकोट जिल्लाका ग्रामाणि क्षेत्रमा रहेका समुदायहरुलाई अध्यारोबाट उन्मुक्ति दिन र स्वस्थ्यमा सुधार ल्याउन खाना पकाउदा सहज होस भनेर सुधारिएको चुल्हो कार्यक्रम मार्फत फुकोट गाविसलाई धुवाँ रहित गाविस घोषणा गरिएको थियो भने प्रत्येक टोलमा सौर्य उर्जा कार्यक्रम मार्फत गाउँ घरमा उज्यालो कार्यक्रम हाल सम्म जारी राखेको छ ।
–महिला शसक्तिरकण कार्यक्रम :
ग्रामिण क्षेत्रका महिलाहरुको समुह गठन गरी व्यवसाय प्रवद्धनमा जोड दिन शुरु गरेको छ । जिल्ला भरका ७ हजार बढि महिलाहरुमा बचत तथा ऋण कारोबारहरुका साथै स साना उद्यमहरु संचालन गर्न सहयो गर्दै आएको छ । साविकको कर्नालि अंचलको कालीकोटबाट महिलाहरुमा व्यवसाय प्रवद्धनको कार्यक्रम २०६७ साल जेष्ठबाट शुरु गरेको थियो । अहिले ग्रामिण क्षेत्रमा महिलाहरुमा विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यसका साथै हिमचुलि कृषि सहकारी संस्थाले जिल्लाका विभिन्न स्थानिय तहहरु संगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

नरहरिनाथ गाउँ पालिकाो सहयोगमा सुधारिएको चुल्हो वितरण,रास्कोट नगरपालिकाको सहयोगमा रास्कोटमा जिवन प्रवद्धन कार्यक्रम,सुपथ मुल्य पसल,एग्रोभेट संचालन र पलांता गाउँ पालिकाको सहयोगमा एग्रोभेट स्थापना गरेको छ । सदस्य तथा कर्मचारी दुर्घटना विमा कार्यक्रम लागु गरेको छ । महिला समुहहरुमा सुत्केरी देखि बन्ध्याकरण सम्मको खर्च समेत दिदै आएको छ । संस्थाका जिल्ला भर नौ वटा सेवा कार्यालय स्थापना गरी कृषि सम्बन्धि विभिन्न व्यवसाय गर्दै आएको छ । प्रत्यक्ष रुपमा ५० जना र अप्रत्यक्ष रुपमा ५००को हाराहारीमा रोजगारी दिदै आएको छ ।

संस्थाले प्रत्येक वर्ष ६० जना वालवालिकाहरुलाई सेभ द चिल्डेनको सहयोगमा वर्षरी सहयोग वापत शैक्षिक राहत दिदै आएको छ भने असायह विपन्न वालवालिकाहरुलाई आपतकालिन समयमा राहत दिदै आएको छ ।जेष्ठनागरिक,अपांग तथा समाजिक सेवा गर्ने व्यक्तित्वहरुको सम्मान गर्दै आएको छ ।


हाल हिमचुलि कृषि सहकारी संस्था लि.को १२ हजार सदस्यहरुमा कर्जा २२ करोड लगानि रहेको छ भने ९ करोड बचत रहेको छ । संस्थाका हाल कर्मचारीको संख्या ५० जना रहेको छ भने कालीबहादुर महताराको नेतृत्वमा संस्था अगाडी बढिरहेको छ । हिमचुलि कृषि सहकारी संस्था कृषि क्षेत्रमा काम गर्ने कर्नालि प्रदेश स्तरिय ठुलो तथा व्यवसायिक सहकारी संस्थाको रुपमा स्थापित भएको छ ।जिल्ला भर दुई सय बढि सहकारी संस्था स्थापना भएपनि एक दर्जन बढि सहकारी संस्थाहरु मात्र सक्रिय रहेका छन ।


लेखक : हिमचुलि कृषि सहकारी संस्थाका आन्तरिक लेखापरिक्षक हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित