नेकपा रास्कोटले गर्‍यो थोल्म हत्याकाण्डको स्मृति सभा

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोटले जनयुद्धका शहिद हरुको सम्झना तथा २३ औं थोल्म हत्या  काण्डको स्मृती  दिवस गरेको छ । २०५७ साल पौष २७ गते आजकै दिन जनयुद्धमा सहभागी विश्वनाथ योगी(विवस), पुष्पराज न्यौपाने (इन्द्रजित) र मदन गिरीको स्मृति दिवस गरेको हो । विप्लव नेकपा केन्द्रिय सदस्य विराट सि, बलवान सि, जिल्ला सेक्रेटरी शाहसी सि, नगर इन्जार्ज समग्र सि सहित नेकपा माओवादी केन्द्रका रास्कोट नगर कमिटी सचिव कमल शाही, वडा अध्यक्ष धन बहादुर धामी, मनिराज बराल, पूर्व वडाध्यक्ष कृष्णप्रसाद धमाला लगाएत को सहभागितामा जनयुद्दका शहिद इन्द्रजितको गाउँ मा पुगेर २३ औं स्मृति दिवस मनाईएको निर्देशन सिले बताएका छन ।

तत्कालिन नेकपा (माओवादी)का जिल्ला पार्टी सदस्य विश्वनाथ योगी (विवश), पुष्पराज न्यौपाने (इन्द्रजित) र छापामार सदस्य मदनको २०५७ साल पौष २७ गते आजैको दिन फुकोटको थोल्म भिडन्तमा उच्च साहदत्त भएको दिनको सम्झनामा नेकपाले स्मृति दिवस मनाएको जनाएको छ ।

स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य विराट सीले सम्बोधन गर्दै महान सहिद विवश,इन्द्रजित र मदनको योगदानको चर्चा गरेका छन । राज्यसत्ता परिवर्तनको महान जनयुद्धमा हाँसी हाँसी उच्च बदिलान गर्ने महान सहिदहरुको अधुरो सपना पुरा गर्ने बाचा सहित उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

स्मृति दिवसमा सहभागी नेताहरुले जनताका लागि बलिदान दिने शहिदलाई विर्सिदै गएकाले सबै माओवाद घटकहरु एक भएर सपना पूरा गर्न जोड दिएका छन ।

सो कार्यक्रममा शहिद परिवार र घाइते परिवारलाई सम्मान समेत गरिएको बताइएको छ ।

यो पनि पढ्नुहोस ।https://karnalisanchar.com/archives/21206

यो पढ्न यहाँ क्लिक गर्नु होस ।

थाेल्म हत्याकाण्ड जनयुद्दका शहिद विश्वनाथ योगी(विवश)काे जिवनि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित