कोरोना रोकथाममा मनाोबल उच्च राख्न जिम्मेवार पक्ष उदासिन–जनस्वस्थ्य अधिकृत महत

7
SHARES
15
VIEWS

कालीकोट । लकडाउन खुले संगै कोभिड १९ का केशहरू बढ्ने प्राय निश्चित नै छ । तर हाम्रो तयारी गर्न धेरै बाँकी नै छ । केबल भारत तथा अन्य मुलुकबाट आएका मानिसहरूलाइ मात्रै क्वारेनटाइनमा राखेर पिसिआर टेस्ट पश्चात नेगेटिभ भए पछि डिस्चार्ज गर्नुमात्रै सबै काम सकिएको र आगामी दिनमा कुनै चुनोती छैन भन्ठान्नु महाभूल हुने देखिन्छ ।

समुदायस्तर देखि केन्द्रस्तरसम्मको तयारी,चिन्ता र चासो हेर्दा खासै गम्भीर भए जस्तो लागेन । समय धेरै बितिसकेको छ भनौ या खेर फालिएको छ। हालसम्म पनि स्वास्थ्यको समायोजन बिरबलको खिचडी बनेको छ । मनोबल गिरेको अबस्थामा पनि स्वास्थ्यकर्मीको समर्पणमा कुनै शंका छैन तर केही केही ब्यक्ति तथा कर्मचारीका लागि यो बिपदलाइ भरपूर कमाउने अबसरको रूपमा लिएजस्तो देखिएको छ । अनिबार्यरूपमा गरिनुपर्ने तहगत तयारी सन्तोषजनक छैन ।

मूख्यकुरा त बिगत ४ महिना पहिले देखि २४ सै घण्टा कोभिड(१९ रोकथाम तथा नियन्त्रणको अभियानमा अहोरात्र खटिने स्थानीयतह देखि बिभिन्न तहका चिकित्सक लगायत स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न जिम्मेवार पक्ष उदासिन भएको जस्तो लाग्छ । नेपाल सरकारले जोखिम भत्ता उपलब्ध गराउने भनी निर्देशिका जारी गरेपनि कतिपय स्थानीयतहहरूले आनाकानी गरी हालसम्म भुक्तानी गर्नेतर्फ नजरअन्दाज गरेको देखिन्छ ।

आर्थि वर्ष सकियो अब कोभिडको महामारी पनि सकियो भन्ने सोचेका छन् । यो दुर्भाग्य हुने छ । केही जिल्लामा समुदायस्तरमा महामारी फैलिसकेको छ । हामी सबै जोखिममा छोै। हाल गरिएको ब्यबस्थापन केबल आकस्मिक र काम चलाउ मात्रै भएको छ । केन्द्र तथा प्रदेश सरकारले बिभिन्न निर्देशिका जारी गरिदिए मात्र पुग्छ भन्ने सोचे जस्तो छ कार्यान्वयनको पक्षलाइ कडाइ गरिएको र अनुगमन फितलो छ। संरचना र संस्थागत बिकास गर्न जरूरी छ ।

प्रयोगशाला सेवाको निरन्तरता, कोभिड अस्पतालको संचालन,आइसोलेसन सेन्टरको स्थापना तथा ब्यबस्थापन, क्वारेनटाइनको ब्यबस्थापन, स्वाब संकलन तथा ढुवानीको ब्यबस्था, एम्बुलेन्सको ब्यबस्था र संचालन, नियमित सूचना सम्पर्क र सम्प्रेषण, चुस्तदुरूस्त अभिलेख प्रतिबेदन, स्वास्थ्य जनशक्तिको क्षमता अभिबृदि, रेफरल मेकानिज्मको बिकास, श्रोत साधनको नियमित आपूर्ति र समुचित प्रयोग, बिभिन्न तहको नियमित अनुगमन निरीक्षण, जस्ले जे मनलाग्यो त्यही गर्ने , पहुँचको आधारमा मात्रै काम हुने परम्पराको अन्त्य जस्ता काम गर्न सकिएन भने पश्चाताप बाहेक केही हातलाग्नेवाला छैन ।

बिशेष गरी संघ सरकार,प्रदेश सरकार र स्थानीय सरकारको नेतृत्वले गम्भीर भएर सोच्न र गर्न जरूरी देखिन्छ । परिचालित जनशक्तिको भावना र मर्मलाइ बुझ्न सकिएन र समय मै ब्यबस्थापन गर्न ढिलो नगरौ ।

# लेखक जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित