रास्कोटमा ६० प्रतिशत प्रतिवद्धता पुरा गर्न सफल भएका छौं — नगर प्रमुख बराल

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट आफैमा सानो भुगोल भित्रको एक विकासको लागि सम्भावना र सडक विस्तार भएको क्षेत्रका रुपमा चिनिदै आएको छ । रास्कोट नगरपालिकामा २०७४ सालको स्थानिय तहको निर्वाचनका समयमा चुनावि नारामा रास्कोटलाई स्वर्गको टुक्रा बनाउने विभिन्न राजनैतिक दलको उम्मेद्धवारले मतदाता समक्ष गरेका प्रतिवद्धताहरु अहिले के कति पुरा भएका छन र कति काम गर्न बांकी छन भन्ने बारेमा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल संग कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले लिएको अन्तरवार्ता संक्षिप्तमा यहाँ प्रस्तुत गरिएको छ ।
तपाईले रास्कोट नगरपालिकामा विजयि हुनु पूर्व के के प्रतिवद्धता गर्नु भएको थियो कति पुरा भएका छन ?
सबै भन्दा पहिला विजया दशमि २०७७को पावन अवसरमा जिल्ला बासि आमा बुवा दाजुभाई दिदी वहिनिहरुका साथै रास्कोट बासि सबैमा यस कर्नालि संचार मार्फत हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । हामीले चुनावि ताका गरेका प्रतिवद्धताहरु मध्ये अहिले सम्म ६० प्रतिशत पुरा गर्न सफल भएका छौं । बांकी अन्य कामहरु निरन्तरताको चरणमा छन । जुन ४० प्रतिशत कामहरु आउने बांकी अवधिमा सम्पन्न गर्ने छौं ।
— रास्कोट नगरपालिकामा ६० प्रतिशत काम के के भएका छन ?
हामीले रास्कोट नगरपालिकामा सबै भन्दा पहिला सडक संजालमा जोड्ने काम हो त्यो सम्पन्न गरेका छौं ,जुन चक्रपथका रुपमा लिन सफल भएका छौं । रास्कोट नगरपालिकामा १५ सैयाको नगर अस्पतालको शुरुवात,सबै वडाहरुमा विद्युत लाइन विस्तार भएका छन, एक घर एक रोजगार, कृषिमा आधुनिकरण(स्याउ जोन र ओखर पकेट) र बजारीकरणको काम सुपथ मुल्य पसल संचालन गरेको,बृहत जनउपयोगि सुचाइ परियोजना संचालन अर्थात सिचाइमा आधुनिकिकरण, एक घर एक धारा निर्माणको काम जारी राखेको,सडक संजाल संग जोडिएको जमिनको लागत कट्टि गरिएको लगाएतका काम सफल भएका छौं ।शिक्षा क्षेत्रलाई व्यवस्थापन गर्दै भौतिक संरचना निर्माणको काम थालनि गरेका छौ भने गुणस्तरिय शिक्षा अन्तरगत बाल शिक्षालाई विशेष जोड दिएका छौं । त्यसै गरी सुपथ मुल्य पसल संचालन गरिएको छ । यि थुपै्र कामहरु हेर्दा खेरी करिव ६० प्रतिशत भन्दा बढि हुन्छन ।
— बांकी रहेका ४० प्रतिशत भित्र के पर्छन र यस अवधिमा सम्पन्न हुन्छन त ?
हाम्रो रास्कोट नगरपालिकामा बांकी रहेका ४० प्रतिशत कामहरुमा आफै नगरपालिका भित्र आफ्नै उर्जा आपुर्तिको काम गर्ने र शुसासनको काममा तालमेल अघि बढाएका छौं । हामीले समाजवादी व्यवस्थाका भु्रणहरु निर्माण गर्ने थियो त्यो शुरुवात गरेका छौं । नगरपालिकालाई कालो पत्र गर्ने सडक ७ मिटर लम्बाई गराउने तयारिमा छौं,रास्कोट नगर प्रविधि मैत्रि(डिजिटलाइट) बनाउने तयारीमा छौं । रास्कोट नगरपालिकामा इन्टारनेट सर्बर जोड्ने र ल्याण्डलाइन विस्तारको कामका थालनि गर्ने, एकिकृत नमुना वस्ति निर्माण गर्ने र रास्कोट नगरपालिका निरन्तरतामा रहेका बांकी कामहरुलाई पुरा गर्ने तयारीमा छौं । जस्तै यस वर्षमा बांकी रहेका २ हजार २ सय घरमा धारा जडान गर्ने, चक्रपथ सडक व्यवस्थित गर्ने,बांझो जमिनमा खेति गर्ने,शहिद स्मृति भवन सम्पन्न गर्ने,नगरको विद्युत उत्पादन गर्ने,रास्कोटलाई नमुना शहरको रुपमा विकास गर्ने र प्रत्येक वडा स्तरमा सहकारी सुपथ मुल्य पसल संचालन गर्ने लगाएतका कामहरु बांकी रहेका छन ।
— रास्कोट नगरपालिकामा यि कामहरु पुरा गर्दा के के चुनौतिहरु आएका थिए र त्यसको समाधान कसरी गर्नु भयो ?
चुनौतिका सवालमा पहिलो कुरा भनेको मानिसहरुमा बुझाईमा एकरुपता ल्याउन संकट आइलाग्यो, दोस्रो कुरा हामी कहाँ योजना निर्माणमा एकरुपता नहुनु, तेस्रो कुरा भनेको पुंजि,प्रविधि र जनशक्तिको तालमेल मिलाउन सकिएन(जस्मा जनताको चाहाना बढि हुने साधन श्रोतको अभाव रहने)त्यसले गर्दा हामीलाई व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको थियो । शुसासनको कुरामा हामीलाई कठिनाई आइपरेको थियो हामीलाई कर्मचारी अभावमा कयौं कामहरु पछि धकेलिन पुगेको अवस्था हो भने पछिल्लो समयमा हामीहरुमा कोरोना र बाढि पहिरोका कारण समस्या उत्पन्न भए जस्ले गर्दा हामी २ वर्ष पछि धकेलिन अवस्था आएको छ ।
— बाकी तपाईको राजनैतिक जिवन चक्र कहिले कहाँबाट शुरु गर्नु भयो संक्षिप्त बताइदिनु हुन्छ कि ?
आजको अवस्था सम्म आउदा मैले राजनैतिक रुपमा बाल्यकालमा कक्षा ७ पढ्दा खेरी राजको जयजयकारका नारा लगाउने देखि हरेक कुरामा राजनैतक जरुरी छ भन्ने आफुमा सोच हुन्थ्यो ।कमाण्ड गर्नु पर्छ भन्ने भावना जाग्थ्यो बुवा(प्रजापति बराल)बाट सामान्य राजनैतिकमा सहभागि हुने धाराण जाग्यो त्यस पछि विद्यार्थि जिवनमा काठमाडौंमा पढ्दा खेरी २०४६ सालको जनआन्दोलनमा सरिक हुने अवसर मिल्यो त्यसबाट बढि प्रभावित भएको हुं ।केन्द्र सरकारबाट कर्नालि बासि राज्यबाट ४ सय वर्ष पछि धकेलिएका छौं त्यसको लागि हामी युवाहरुले लाग्नु पर्छ भन्ने सोच आयो । कर्नालिका हामी पछि परेका वर्गहरु अघि बढ्न अनिवार्य छ भन्ने आयो र राजनैतिक क्षेत्र भित्र पनि परिवर्तनको पक्षमा लाग्नु पर्छ भन्दै यहाँ सम्म आइपुगेको अवस्था हो ।
— अबको बाकी दिनहरुमा के गर्ने सोचमा हुुनुहुन्छ ?
— पहिलो कुरा राजनैतिक यात्रामा विश्राम भन्ने कुरा हुंदैन हामीले सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरण संग संगै नलगिकन समाज रुपान्तरण कुरा सम्भव छैन । त्यसैले अहिले हामीले कोरो राजनैतिक कुरा गरेर समाधान छैन ।प्रविधि, विधि र आर्थिक सहितको जनताको जिवनमा परिवर्त ल्याउने सामाजिक राजनैतिक क्षेत्रबाट एकिकृत समाधान गर्न खोज्ने र राजनैतिक क्षेत्र नै मुख्य हुन्छ । भोलिका दिनमा जनताले दिएको जिम्मेवारी पुरा गर्ने छु ।
— अन्तमा केही भन्नु छ ?
समाज परिवर्तन र रुपान्तरणका लागि आम जनताको हितमा रहि समाजवाद निर्माणको अभियानमा निरन्तर लागि पर्ने हो । हामीले लागेका राजनैतिक क्षेत्रमा नै जनताको भविष्य खोज्ने हो ।जनयुद्धमा सहभागि हुंदा जनतामा गरेका बाचाहरु हामीले पुरा गर्ने हो ति अधुरा छन ।शहिदले देखाएको बाटोमा अहिले हामीले अघि बढ्नु पर्छ ।

यो पनि पढ्नु होस

काशिचन्द्र बराल : हक्कि मेयर पक्कि काम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित