रुसमा संक्रमित संख्या दुई लाख ५० हजार नाघ्यो

7
SHARES
15
VIEWS

काठमाडौं /जेष्ठ,,रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई लाख ५० हजार नाघेको छ ।

रुसले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५२ हजार नाघेको छ ।

यद्यपि नयाँ संक्रमितको संख्यामा भने कमी आएको छ । रुसमा पछिल्लो १२ दिनमा पहिलोपटक नयाँ संक्रमितको संख्या १० हजारभन्दा कम देखिएको हो । रुस अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भएको मुलुक हो ।

पछिल्लो २४ घण्टामा रुसमा ९३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार तीन सय पाँच पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित