२०६१साल फागुन महिनाको २८गते हुम्ला जिल्लाको मईला गॉउमा राता–राता झण्डा ब्यानर र महान दार्शनिकहरु माक्र्स,एङ्गेल्स,लेनिन,स्टालिन र माओका भनाईहरु लेखेर सजाइएको रातो हलमा‘एकिकृत अग्रगामी रुपान्तरण अभियान’कोअन्तिम समिक्षा सहित अभियानको समापन गरेर हाम्रो विसु जनसॉस्कृतिक कम्पनि माथिल्लो बाजुरा कालिकोट हुदै आफ्नो कार्यक्षेत्रतिर फर्किदैथियौं। बाटोमा अधिकांश साथिहरुका घरहरुपनि परेकाले छोटो घर भेटघाटको योजना बनायौं। कालिकोटको रुप्सालाई सम्पर्क स्थान बनाएर कालिकोटतिरका सबै साथिहरु आ आफ्नो घर भेटघाटमा गयौं झण्डै ५÷७महिना भै सकेको थियो घर नभेटेको। बहिरका साथिहरुलाई एक एक जना साथमा लिएका थियौं।मैले भाई असिमलाई साथमा लिएको थिएं। वहॉ अछाम पुल्लेतोलाको हुनुहुन्थ्यो ।
हाम्रो अन्तिम सम्पर्क स्थान अछामको रामारोशन थियो । भेरि कर्णालीको भौगलिक बिकटताका कारण हाम्रो विसु सॉस्कृतिक सैन्य कम्पनि‘एकीकृत अग्रगामी रुपान्तरण अभियान’पुर्ण सफल पार्नका लागि जाजरकोटबाट दुइटा टोलि विभाजित भएर बॉके,बर्दिया,डोल्पा,सुर्खेत र जाजरकोटका लागि एउटा र कालिकोट,हुम्ला,जुम्ला मुगु र दैलेखका लागि एउटा गरिएको थियो। तल्लो क्षेत्रमा क.आकाश कमाण्डर क.संगीताखअअनि क.स्वर्णिम,क.जिवित,क.सान्तवना,क.बीरता लगायतको टोली थियो भने माथिल्लो पहाडि भु–भागमा क.mदसर्वहारा कमाण्डर र क.हिमशिखरखअ अनि क.प्रवत क.वविता क.रेश्मी क.हिमचुलि क.कुशल बोगटि क.प्रतिभा चौधरी क.वस्ती क.असिम क.अपार लगायतका साथीहरु उकालो लागेका थियौं ।हामी अछामको रामारोशन पुगिसकेपछि निर्धारित समयमा दोश्रो टोलि सम्पर्क स्थानमा नआईपुगेका कारण हामीलाई बाजुरामा केहि कार्यक्रम लिएर जाने निर्देशन पार्टीजत्रबाट प्राप्त भएपछि हाम्रो यात्रा रामारोशनबाट बाजुरातिर मोडियो । क.mदकाम बिशेषले मुगुबाट हाम्रो टोलीमा हुनुहुन्थेन। त्यसपछि टिमको सम्पुर्ण जिम्मेवारि मेरो कॉधमा आएको थियो ।रामारोशनबाट ऋषिदह पुग्नका लागि बिचमा एउटा अजङ्गगको पहाड पार गर्नुपर्छु यद्यपि लेक हाम्रा लागि नौलो भने थिएन त्यस्ता सयौ पहाडहरु छिचोलिसकेका थियौं हामीले ।
२०६१सालको चैत्र महिनाको त्यस्तै आधितिर हो। बाजुरा जिल्लाकाम।अ।क।क.क्षितिजको सम्पर्कमा पुग्नुथियो हामिले। बाटोभरि नयॉ पालुवाहरु रक्ताम्य गुबा बनेर अंकुराउदै थिए ।लेखि फूलहरु आफ्नै धुनमा हॉसिरहेका थिए, रोइरहेका थिए ।कति रमाईला थिए ती दिनहरु ।
समयमै उक्त पहाड काटेर ऋषिदहमा पुग्यौं सफलतापुर्वक ।आधारइलाका भएकाले दुश्मनस‘ग जम्काभेट हुने डर थिएन हामीलाई । साथीहरुले फूलमाला र रातो टिका लाएर स्वागत गरे बाजुरा जिल्लामा प्रवेश गरेकोमा ।म।अ।क।क.क्षितिजले पार्टी जिल्ला समितिको बैठक छतारामा सम्पर्क स्थान बनाएर बोलाउनु भएको रहेछ ।हाम्रो टोलिमा रहेका पार्टी साधारण शाखा सदस्य स्तरका साथीलाई बैठकमा आमन्तरण गरिएको थियो ।चैत्र१७गते देखि २०गते सम्म जिल्लाको समिक्षात्मक बैठक र प्रशिक्षण भब्य र शानदार तरिकाले सम्पन्न भयो । त्यस बखत पार्टीमा दुइ लाइन संघर्ष चर्कोरुपमा चलिरहेको थियो डा.बावुराम भट्टराईले आफ्नो ४ब‘ुदे असहमति पत्र सहित फरक विचार पार्टीमा दर्ज गराएर लाइनको वहस चलाएका थिए। यस वहसले युद्ध लडिरहेको पार्टीमा संकट उत्पन्न गराइरहेको थियो ।
हामी‘एकिकृत अग्रगामी रुपान्तरण अभियान’कै निरन्तरतामा थियौं।यद्यपि हुम्लामा अन्तिम समिक्षा तथा समापन कार्यक्रम गरेर आएका थियौं ।
बाजुरा जिल्लाको बिकट वस्ति दहकोट र मानाकोटमा जनसॉस्कृतिक टोलीको अभियान चलाउनुपर्ने जिल्ला पार्टीको निर्णय पश्चात हामी त्यतातिरको यात्रामा पुनःहान्नियौं ।म।अ।क।क.क्षितिजले केहि खर्चको जोहो मिलाइदिनु भयो ।कालिकोटका क.सगरमाथा र क.रोशन त्यस क्षेत्रका इन्चार्ज रब।अ।क।हुनुहुदोरहेछ ।“उहॉहरुलाई हिजै चिठ्ठि पठाइसकेको छ त‘पाइहरु ढुक्क भएर जानुहोस्।”बिदाइ गर्नेवेलाम।अ।क।कमरेडले भन्नुभयो । उहॉहरु मेरा पुर्व परिचित साथिहरु हुनुहुन्थ्यो ।सजिलै हुनेभयो मनमनै सोचें ।
सबेरै बिहानको खाना खाएर भौनेरा,घच्मुना र काल्च्याको भिडको उकालो लाग्यौं ।हामीस‘ग भुगोलका जानकार रुड गाइडर कोहि थिएनन्। हामी मध्ये कोहि पनि कसैलाई थाहा थिएन त्यो बाटो। सबै नयॉ थियौं त्यो यात्राका लागि ।सुरक्षाका कारण हामी कहॉ जादैछौं भनेर धेरै हो हल्ला गर्नु थिएन गाउ‘मा। बाटो सोध्ने कुरा पनि भएन । हरियो घॉसमा बिषालु सर्प लुके झैं सर्वसाधरण जनताकै माझमा जालीफटाहाहरु लुकि बसेका हुन्थे । झोलामा मौजाद सातु र भट्टमासमा चाउचाउ र बिस्कुटका एक एक पाकेट थप्यौं सबैले ।समयमै पुगिहालिन्छ भन्ने लागेको थियो ।उकालो खॉदै जॉदा भनेजति हिड्न सक्नुभएन भाइबैनिहरु लेक लागेर ।जति उकालो चढ्यो त्यति थपिएझैं लाग्दैथियो पहाड ।आहा† कति रमाईलो थियो त्यो यात्रा क्रान्तिकारी जोश र जॉगर भरिएका कलिला युवायुवतिहरुले ‘मरे शहिद बॉचे मुक्ति’को कसम खाएका थिए । नयॉ स‘स्कृति र स‘स्कारको बिजारोपण गर्दै हिडेका सॉस्कृतिक क्रान्तिका यात्री थियौं हामी। लेकैभरि लालीगु‘रास ढकमक्क भै रातो पछ्यौरी ओडेर सजिएकि दुलहि झैं सिंगारिएका थिए गु‘रासका बोटहरु ।लेकको बाटो घना जङ्गल,लेखिगु‘रास,लालीगु‘रास,धुपी सल्ला,दारसल्ला र गोब्रेका बोटहरु बाक्लोगरि उम्रेका थिए कोहि साना–साना थिए भने कोहि अजङ्गगका थिए रुखहरु ।दिउ‘सै अनकन्टार र अत्यास लाग्दो थियो त्यो ठॉउ ।जङ्गलि जनवारहरु यत्रतत्र प्रसस्तै देखिन्थे । भाईहरु लखेटेर छोपौं दाई भन्दैथिए जोसिएर ।यात्रा मनमोहक नै थियो प्राकृतिक सौन्दर्यताले ।जति उकालो चढ्दै गयो त्यति उराठ लाग्दा पहाडहरु देखिदैथिए टाढा–टाढाका ।सायद चैत्र महिना भएर होला । आकाश पुरै खुलेको थियो । रमाइलो अनुभव गर्दै लेखिपाटनमा बसेर एउटा गीत गायौं। गीत यस्तो थियोः
“फुल्दैछ लेकैमा फूल युद्धको कोपिला बनेर
खुल्दैछ बिहानी अब कालो त्यो अ‘ध्यारो चिरेर।”
घडिको सुईले बेलुकिको ५ः००बजाइसकेको थियो । हामीले उकालो पुरै खाएका थिएनौं।तर लेक भएर होला घामले भने डुब्ने संकेत देखाएको थिएन । आधा दिन बॉकी जस्तो आभास भैरहेको थियो ।“औलको घाम डुबे आधा दिन हुन्छ,लेखको घाम डुबे आधा रात हुन्छ।”बुढा पाकाले भनेको सम्झें। मन छटपटिन थाल्यो, यात्रा अनिश्चत जस्तै बन्दैछ,भुगोलको जानकारी छैन ।सबै मुखामुख गर्न लाग्यौं। एउटा डॉडो काटेपछि अर्को खोलो देखा प–यो अब पुनःअर्को लेक काट्नुपर्ने भयो। समय ढल्किसकेकोछ । अलि तल पाटनमा बाटो बिराइसकेका रहेछौं पछि थाहा भयो ।फेदिमा गोठालास‘ग सोधेर नक्सा बनाएकाथियौं त्यो नक्सा नै फेल खायो । अब नआत्तिएर उचित निर्णय लिनुबाहेक हाम्रा अगाडि अरु विकल्प थियन ।
अब अलि छिटो हिड्ने र त्यो उकालो घाम छदै काट्ने निर्णय ग–यौं र सबैलाई छिटो हिड्न आग्रह गरें मैले ।बिस्कुट र चाउचाउ अघि नै खाइसकेका थियौं । खोलामा झरेर पानीस‘ग सातु खायौं।त्यसपछि लगातार एक घण्टा आराम नगरि उकालो चढ्यौं।डॉडामा पुगेपछि सुर्य धिपिक्कै निभ्यो ।चराहरु बास खोजेर कराईरहेका थिए ।पर कतै बाघको गर्जन सुनिदैथियो ।मृगहरु आफ्नो वास स्थानतिर फर्किरहेका होलान्। लेकको टुप्पोमा एकछिन विश्राम ग–र्यौं।पसिना ओभाएर लेकको सिसेटोले ज्युलाई छोइसकेको थियो। गर्मी मौसम बढिसकेकाले हुम्ला र मुगुमा बोकेका सिलिपिङ्ग र कम्मलहरु रामारोशनमा थन्काएर आएकाथियौं ।हामीलाई निरिह देखेर चिसोले पनि पौठेजोरी खोजिरहेको थियो ।परिवेश प्रतिकुल बन्दै गैरहेको थियो ।झ्याउ‘किरि र निन्नेराले आफ्नो गोधु‘लि संगीत बजाईरहेकाथिए। हामीभने लेकको टुप्पोबाट ओरालोतिर आफ्ना पाइला चालिरहेका थियौं। १५मिनेट ओरालो झरेपछि छोडेका गोठहरु भेटिए ।आज यतै बास बस्ने निर्णय ग–यौं ।अलि पछि दुईजना गॉउलेहरु देखा परे तिनिहरु शिकारी रहेछन् । बाठो प्रवतले तिनिहरुको हातमा रगत लागिको पहिल्यै देखिसकेको रहेछ। मलाई रिर्पोट गरिसकेकोथियो ।तिनिहरु हामीलाई देखेर डराई रहेका थिए ।हामीभने उनिहरुको साथ भेटेर खुशि भैरहेका थियौं। उनिहरुलाई बाटो बिराएका यात्रि हौं भन्दै सविस्तार सम्झाई बुझाई ग–यौं।हाम्रो यात्राको अर्थ,औचित्य र महत्वबारे सायद प्रश्ट भए उनिहरु ।
बल्ल नजिक आए र आफुहरु शिकारि भएको र एउटा मृगको शिकार आफुस‘ग भएको खुलाशा गरे । उनिहरुको मुल्य भन्दा५००ज्यादा तिरेर हामिले किन्यौं,उनिहरुस‘ग नै केहि भॉडाकु‘डा र नुन पनि रहेछ ।भॉडो सानो भएकोले अलि–अलि गर्दै पकाएर हाम्रो….जनाको टोलीले त्यसकै भोजन ग–यौं र त्यो रात जङ्गलमै बास बस्यौं ।भोलिपल्ट झिस्मिसेमै देखिने वेहुला वेहुली जस्तै जोडि बनायर ठिङ्ग उभिएका एक जोडि अजङ्गका चिउरीका बोट र माथी भवानिको थानको सिरानिमा हिउ‘को पछ्यौरीले ढपक्क ढाकिएकी चुलि पहाड,जहॉबाट हर बिहान घामका पखेटा फि‘जाउदै सुर्य उदाउछन् । दाइनेतिर बैंस भरिएकि युवति झैं लाग्ने पचाल झरना र धुल छहरा अनि फेदितिर कहिल्यै उभो नफर्किने गरि निरन्तर–निरन्तर हिउ‘का डल्ला बोकि उदोतिर बगिरहेको कर्णाली नदि,चुलीपहाडको छातीमा रक्ताम्य भएर फुल्ने लालीगु“रास र लेखीफूलले ढकमक्क सजिएर मनोरम दृश्यले भरिने,प्राकृतिक बगैचाको खोंचमा सामन्ती राज्यका ठुला–ठुला ऑखाले नजरअन्दाज गरेको एउटा पहाडी गाउ‘,जहॉका मानवलाई जंगली भेडा र थ्याङ्गचाको उपमाले परिभाषित गर्छ,सामन्ति राज्य ब्यवस्थाले । २१औं शताब्दीको मानव सभ्यतामा पनि अछुतको व्यावहार झेलिरहेको र खेपिरहेको,कालिकोट जिल्ला अन्तर्गत आन्तरिक उपनिवेशमा परेको पलाता क्षेत्रको वदालकोट गा.वि.स.को सिकु धमाली अर्थात एउटा दलित वस्ति ।
हो त्यहि गाउ‘ हो जहॉ मेरी आमाले नौ महिना कोखमा हुर्काएर अहिलेका आधुनिक हस्पिटलमा होइन उहिलेका जंगलको गोठमा सोत्तरको ओछ्यानमा मलाई जन्म दिएको ।बुवाले भन्नुभएको,मत गर्भमै प्यारो लागेको अरे । म भन्दा अगाडीका एक दाई र दुई दिदिहरु भन्न नमिल्ने रोग लागेर(सायद झाडा पखाला या कालाज्वरो यस्तै केहि हुनुपर्छ)अघिल्लो र पछिल्लो रात गरि आमा बाबाको न्यानो वात्सल्य माया छोडेर अल्पआयुमै सास फेर्न र चलमलाउन छोडेथे अरे ।मेरा बाबा आमाको गर्भकै प्यारो म जन्मने बित्तिकै मेरी फुपुले सियोले दॉया कान छेडिदिनु भएथ्यो दीर्घजीवि हुन्छन् भनेर ।उसोत मभन्दा मुनिको एउटा भाईपनि राती स‘गै सुतेको बिहान मृत अवस्थामा थियो उ मभन्दा पनि हट्ठा कट्ठा देखिन्थ्यो त्यस्तै ५÷७वर्षको हु‘दो हो ।४÷५दिन अगाडिबाट घरि शरिर तात्ने र सेलाउने भैरहेको थियो,सपनाझैं झल्याक झुलुक सम्झिन्छु ।सायद निमुनिया भयो क्यारे ।यसरी चार–चारवटा आफ्ना प्यारा सन्तान मुटुका टुक्रा चु‘डिदा कति आजित भए होलान् ती घायल मनहरु ।त्यसपछि एउटा बैनि र तीनवटा भाई जन्मे म लाएर पॉचवटा भयौं ।अब हुर्काउन बढाउन कठिन हुदै जान थाल्यो पहिला भएनन् र रहेनन् भनेर पीर पछि धेरै भनेर पीर ।
आफ्नो बारीको उब्जनिले पुरा खान पुग्दैन थियो हामीलाई,मुश्किलले तिन महिना हुन्थ्यो ।बुवा अत्यन्तै मिहिनेती र शिपालु हुनुहुन्थ्यो,आफ्नो भ्याएर अरुको खेतबारीमा हलिया गरेर हामी ५संतानलाई चरिले चुचाको चारो संगाले जसरी हुर्काउनुभयो,बढाउनुभयो र पढाउनु पनि भयो । समय थाहा छैन झल्याक झुलुक सम्झना छ एक पटक गाउ‘मा दादुरा नामको माहामारी फैलिएको थियो ।म सानै थिए‘ ।कति कलिला मुनाहरु टिपेर लियो पापी दादुराले । मलाईपनि छोयो उसले ।म निकै थला परेर मृत्यु र जीवनको दोसाध‘मा छटपटीरहेको थिए‘। रातभरि बुई लागेर कति सताएको थिए‘ बुवालाई ।अन्तिममा मृत्युले हा–यो र जीवनले जित्यो म बॉचे ।
हजुरवुवाले आफ्नो बालापनदेखी त्यत्रै र त्यसैगरि उभिएको देखेका चिउरिका बोटहरु अहिले पनि उत्रै र उसैगरि उभिएकाछन् । गोली लागेको घाइतेको शरिरबाट भलभल्ति रगत बगेझैं चुलि पहाडको फेदिमा नौवटा पानीका मुलहरु एकैसाथ प्रतिश्पर्धा गरेझैं गरि बगिरहेकाछन् ।जसलाई नौमुली भन्ने गरिन्छ । त्यहि नौमुलिको पानीलाई उहिल्यै हाम्रा पुर्खाले भिरालो जमिनमा काठका औजारले खनेर धमालीको जिउलासम्म पानी ल्याएथे ।अहिले विकाशि नामको सरकारको भष्ट्रचारी बजेटले झन आक्रान्त भएको छ,कुलो । हिउ‘दको समयमा खडेरिको कारणले उत्त पानीले नधानेर आकाश रोएपछि मात्र बाली लगाउन र भित्राउन मिल्थ्यो ।तैपनि मुस्किलले तिन महिना खान पुग्थ्यो ।
प्राय भारतका गल्लि नधाएर एकसरो लाउन र खान नमिल्ने पहाडी जनजिवन मध्ये त्यो पहाडि गाउ‘को पनि कथा उस्तै हो ।भारतको नैनितालमा कुल्लि र पल्लिदारी गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता अहिले पनि उस्तै छ जस्तो हिजो थियो यो गाउ‘को । प्राय गाउ‘मा केटाकेटी,बुढाबुढी र महिला मात्रै हुने गर्छन्। कहिलेकॉही त गाउ‘मा मुर्दा पर्दासमेत मलामि नपाइने अवस्था हुन्थ्यो । त्यहि दुर्गम गाउ‘मा २०४५सालमा स्थापित श्री कालिका प्रा.वि.छ।त्यहिं मेरो नाम लेखिदिनुभयो रहर मान्दै बुवाले ।उहिल्यै नैनितालमा कालीपारे हु‘दा बाह्खरि सिकेका मेरा बुवाले उल्टो तावामा खरानि छर्केर काठको कलमले कोरेर कखरा लेख्न सिकाउनु हुन्थ्यो ।त्यहि गाउ‘को विद्यालयमा कक्षा ५सम्मको अध्ययन पछि टाढाको विद्यालय गएर पढ्न सक्ने क्षमता थिएन ।मेरा बावा आमाको रहरपनि पुरा भएको थिएन,गरिबिले झन–झन थिचिरहेको थियो ।कैयौ दिन हामी आधा पेट खाएर छाक टार्ने गथ्र्यौं। राम्रो लाउन र मसिनो खान दशैं तिहार कुर्नुपथ्र्यो । पुनःअर्को वर्षपनि कक्षा ५ मा नै भर्ना गराएर पढ्न लगाउनुभयो बुवाले । मेरा गुरु कास्की जिल्लाका काशिराम पौड्याल र बदालकोटका रघुधन शाहीलाई सम्झन चाहन्छु वहॉहरुकै हौसला र प्रेरणाले मैले पढ्न लेख्न र नाच्न गाउन सिकें र बुवालाई पनि हौसला प्रदान भयो । वहॉहरुले भन्ने गर्नुहुन्थ्यो“छोरालाई पढाएको र घोडालाई खुवाएको कहिल्यै खेर जादैंन”भनेर ।
म सानोमा नाच्न गाउ‘न निकै सिपालु थिए‘ र गाउ‘ भरिको र गुरुको प्यारो थिए‘ । अन्तर विद्यालयमा हुने भब्य नाटक प्रतियोगितामा कैयौ प्रथम पुरुस्कारहरु प्राप्त गरेको छु । २वर्ष कक्षा ५मा पढिसकेपछि तिन वर्ष लगातार स्कुल छोड्नु प–यो । पुनःहालको श्री सरस्वति मा.वि.सिकुमा प्रस्तावित नि.मा.वि.संचालन भएपछि विद्यालय जानथालें ।
मेरा वाल्यकालहरु उसैगरी वित्दैथिए जसरी अरुहरुका वितिरहेकाथिए यो गाउ‘मा । त्यो समयमा देशमा महान जनयुद्घ सञ्चालन भैरहेको थियो ।रात छिप्पिसकेपछि गास,वास खोज्दै आउने मानिसहरु राता–राता पर्चा पम्पलेटहरु भब्य तथा भाव उत्तेजक सॉस्कृतिक कार्यक्रमहरुमा प्रश्तुत क्रन्तिकारी गीत संगितहरु र भाषणले मेरो मन उद्घेलित पारीरहेका थिए । जातिय,क्षेत्रिय,लिङ्गिय उत्पीडन विरुद्घको संघर्ष,छापामार लालसेना,जनकलाकार,क्रान्तिकारी नेता,कार्यक्रता जनताका पृय बन्दैथिए भने प्रतिक्रियावादी राज्यसत्ताका पहरेदारहरु आफ्नो बुढो तथा कुहिएको सामन्ति ब्यवस्था टिकाउन‘किलो सेरा टु’नामक हत्या अभियानमा उत्रेको थियो ।
अन्याय,अत्याचार,शोषण,दमन, हत्या,आतंक दिन दोगुणा रात चौगुणा बढिरहेको थियो । गाउ‘ परै आक्रान्त हुदैथियो । यस्तो थियो कि मानौं कालिकोटको बन,जङ्गल,ढुङ्गा,माटो,पशु,वस्तु सबै माओवादी हन् र यीनै आतंक मच्चाई रहेकाछन् ।जीवनभरी मुखको बोलि फुटाल्न नजानेका जिम्जेडिका लाटा हुण्डे तिरुवा देखि गाई वस्तु चराइरहेका गोठाला,घट्टाला र खेतालाहरु माओवादी छापामारस‘गको दोहारो भिडन्तको नाममा मारिदैथिए ।राज्यकोयस्तो प्रकारको दमन,झुट र बिभत्स आतंक सहन नसकि‘मरे शहिद र बॉचे मुक्ति’को कसम खॉदै महान जनयुद्वको ऑधिमय यात्रामा समाहित हुने निर्णय गरें । २०५७ मंसिर महिनाको ८ गतेको सुनसान रात थियो । माटोको गारोमा बुवाको पसिना मिसिएकोे ढुङ्गाको हाम्रो सानो घर थियो । आामा बाबा र प्यारा भाई बैनिहरु मस्त निन्द्रामा थिए ।सुस्तरि मध्यरातमा उठें र मनमनै आमा बाबास‘ग आशिर्वाद मागें । आकाशमा ताराहरु चम्किरहेका थिए । कर्णाली नदि आफ्नै गतिमा सुसाईरहेको थियो । पुर्व सल्लाह वमोजिम साथीहरु सम्पर्कका कुरिबसेका थिए ।
लेखक : जनसांस्कृतिक यौद्धा हुनु हुन्छ ।
Discussion about this post