रेडियो पलाँता र मेरो अनुभूति

7
SHARES
15
VIEWS

कुरो २०७५ सालको हो कालिकोट जिल्लाको पलाँता गाउँ पालिकामा स्थानीय सरकारले रेडियो स्थापना गर्दैछरे भन्ने कुरा सुनेपछि मलाई आफ्नै ठाउँमा काम गर्न रहर लाग्यो ।
हुनत म रेडियो उज्यालो संचार कोहलपुरमा कार्यरत थिय तर पनि मलाई आफू जन्मेको ठाउँमा कामगर्न सारै रहर लाग्यो र मैले कालिकोट जिल्ला अर्थात मेरो जन्मभूमि जाँने निर्णय गरे अनि २०७५ माघ मैनाको १६ गते बिहान कोहलपुर बाट हिडेपछि साँझ सदरमुकाम मान्म पुगे दुईचार दिनको मान्म बसाइ पछि २०७५ साल माघ महिनाको २१ गते पलाँता गाउँ पालिकामा पुगियो तेतिबेला रेडियो बनाउने काम चलिरहेको थियो ।

मैले आउँदा बित्तिकै गाउँ पालिका का अध्यक्ष लक्ष्मण बहादुर बम बम ज्युलाई भेटे उहाँले मलाई पैईलेदेखिनै चिन्नु हुन्थ्यो भेटने बित्तिकै उहाँले हात मिलाउदै र अंगालो मार्दै केछ तिलक जि भनेर मेरो लगायत मेरो घरपरिवारको बारेमा सोध्नुभयो मैले पनि अंगालो मार्दै ठिकैछ अध्यक्ष ज्यु भने तेसपछी हामी दुबैजना कुरागर्दै सरस्वती मा बि थिर्पुको फिल्ड सम्म गयौं  ।

त्यतैबसेर कुरा गरयौ र मैले भने अध्यक्ष ज्यु मत पलाँतामा रेडियो बन्दैछरे भन्ने सुनेर कामगर्ने भनेर आयकोछु भने उहाँले मेरो पिठ्युँमा हात राख्दै भन्नुभयो ओके छत तिलक जि तर जोले रेडियोमा काम गर्छ उस्ले रेडियो बनाउने बेला देखिनै काममा लाग्नुपर्छ तेइभयर सुमन जि ले काम गरि रहनु भयकोछ भन्नुभयो मैलेपनी सजै सुईकारे र उहाँ संगको करिब एक घन्टाको बसाई पछि मपनी उठेर रेडियो को स्टुडियो बनाउने ठाउँ तिर पुगेँ तेता पुगेपछि पलाँता गाउँ पालिका वडा न. २ बस्ने सुमन कुमार बम काम गरिरहनु भएको थियो । उहाँ संग पनि पुरानै चिनजान थियो उहाँले रेडियो को टावर ठड्याउने काम गराई राख्नु भएको थियोे मपनी गयर सहयोग गरे त्योदिन तीन वटा टुक्रा ठड्याईयो तेतिबेला बेलुकाको ५ बजिरहेको थियो ।

हिउँदको महिना भएकाले सुर्य अस्थायी सकेको थियो र डाँडा काँडा बाट अँध्यारो हुदैथियो तेत्तिकैमा काम स्थगित राखेर हामी दुबैजना र काठमाडौ बाट टावको लागि आयका दुईजना ईन्जिनियर लगायत चारजना नजिकै रहेको मौसमी जनरल स्टोर भन्ने पसलमा गयौं र उक्त पसल थिर्पुकै स्थानीय बासी प्रेमबहादुर बमको रैछ उहाँको होटेलको पनि ब्याबस्था रहेछ सुमन जि पैलेदेखिनै तेतै बस्नु हुदोरैछ मैलेपनी उतै बस्ने निर्णय गरेँ भोलिपल्ट बिहानै उठेर रेडियोको कामा लागियो फेरि बचेका टावरका टुक्रा जोडने कामतिर लागियो त्यो दिन टावर जोडेर सकियो ।

क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित