कर्नालिको झोडा गीतको एक चर्चा

7
SHARES
15
VIEWS

लामा प्रकृतिका अनुप्रास खासै नमिलेका देउडाको शैलीमा सामुहिक रुपमा देउडा जस्तै खेल्ने र सो खेलमा गाइने चुड्किलालाई झोडा गीत भारी गीत भनिन्छ । प्रायः चुड्किला भनिदो रैछ । यी गीत दोहोरै सवाल जवाफमा भनी खेल्ने परम्परागत प्राचीन देउडा खेलका गीतलाई झोडागीत भनिन्छ । भन्न गाउन र हात खुट्टाको तालमेल गीतको शब्दसँग मिलाई मिलाई लगाइने देउडा खेलमा गाउँने गीत नै झोडा गीत हुन् ।

भारी अर्थात अप्ठेरा, कठिन खेल (देउडा) भएकाले यसलाई भारी चुट्किला पनि भनिन्छ । पुरानो खालको मानिने चुड्किला लोकगीतहरुले सामाजिक जनजीवनका विविध पक्षलाई समेटी सहज ढंगले प्रस्तुत गर्दछन् । यिनीहरुको प्रस्तुती, लय, भाका आफ्नै तालको हुन्छ । यसलाई चुड्कारखोल्न (देउडा) भनिन्छ । (सुवेदी र थापा, २०४१:९६०) ।
रास्कोट क्षेत्रमा मात्र नभई झोडा गीत कर्णाली अञ्चल, अछाम, दैलेखमा पनि गाइन्छ । यो गीतको लिखित प्रमाण अझैसम्म पनि भेटाउन सकिएको छैन ता पनि झोडा गीतलाई कही झुरा, झुडा भनिने गरेको पाइन्छ । दश देखि बाह्र जना सम्मका महिलाले दुई समूहमा विभाजित भई बिचमा आगो बालेर यस गीतलाई गाइन्छ । (शाही, २०६९ः २.२०)
रास्कोट क्षेत्रमा झोडा गीत गाउन महिला, पुरुषको समूहमा देउडा लगाइन्छ । महिला महिलाको र पूरुष पुरुषको पनि समूहमा खेल (देउडा) द्वारा झोडा चुड्किला भारी गीत गाइन्छ । बिचमा अगेठो (आगो) बालेर खेलको उद्घाटन गरिन्छ । शुभकार्यको अवसरमा झाडा गीत गाउने गरिन्छ । विशेष गरी बालो जन्म पछि (छोरो जन्मदा) चुड्किला खेल खेल्दछन् । विवाह, ब्रतबन्ध देवताका मन्दिरमा पुजाआजा गर्दा यिनैगीतमा खेल्ने गरिन्छ । लोक संस्कृतिको जीवित लोकगीतको रुपमा झोडा गीत लाई लिन सकिन्छ ।
रास्कोटको कला, संस्कृति भाषा, भेषभुषा, परम्पराले यो क्षेत्र भरिपूर्ण छ । यहाँ चुड्किला बिच बिचमा ढुस्का भन्ने परिपाटी छ । ढुस्कामा अनुप्रस मिलेको हुन्छ । जस्तैः,
                    निची निची विरिष निची निची विरिषका गनी पढ्या छायो
                   कल गैड्या आगो लैजाउ छाइला बसी खाया ।
यस ढुस्कामा साना साना रूखका पारी पर्ने छायाले त्यही छायामा सानो फिलङ्गो आगो लगी त्यस्तै छायामा तमाखु खानु भन्ने भावलाई जनाउँछ ।
                                      वरीपोरी टुडी खेल क्याम्फु जमायो
                                      यो बालो उदयो भनि मुलुक रमायो ।
खुला मैदान लहरै बसी रमाएका सैनिक क्याम्पलाई दर्शाइ त्यसैगरी नयाँ बच्चा जन्मदा सारा देश रमाइलो भएको भन्ने कुरा बुझाँउछ । यस्तै प्रकृतिका गीतहरुमा राम, लक्ष्मण, सीता, जनक लगायत बत्तिस कोटी देवताको गाथा, नौदुर्गा देवीको गाथा, समेटी रातभरी रमाइलो गरी झोडा गीतसँगै देउडा खेलिन्छ ।
झोडा गीतमा वीरता, उत्साह, श्रृगार, संयोग, वियोग, शान्तर अद्भूत रसको पनि प्रयोग गरी गीत गाइदो रहेछ । गीतका भाव गहिराइ नबुझ्दासम्म झन्झटिलो लागे पनि वास्तविक गीतको मर्म, भावको अनुभूति मनको हृदयको गहिराइमा गडेपछि झोडा गीत नै वास्तविक जीवनको यथार्त बोकेका लोक गीत हुन भन्ने कुरा रास्कोट क्षेत्रमा गाइने झोडा गीतले प्रत्याभूति दिन्छ ।
लोक–साहित्य र लोक संस्कृतिको कुम्लो बोकेको यस प्रकारका गीतहरु पनि गाइन्छन् ।
                            वर्ष दिनको फूल फूल्यो दान लाग्या बाह्र
                          ढुङ्गो विहाइ साल फाल्याको या क्या अनाचार ।
एक वर्षमा बाह्र महिना ऐसा फूल फूल्यो
तल बग्न्य कर्नालीको चट्टानको मुल्ओ ।
विना हात विना खुट्टा मेली चर्ने क्या हो,
उदा लेखी अछामेका नेवा मनी न्याओ ।
                                 मकन ल्याइदिनुहोला गोला हातको धागो
                                विना हात विना खुट्टा मेली चर्ने आगो ।
किर्मिलो कर्नाली थुन्दो माछो भिटा खान्दो
कुकुडा निगाला काट्टो बोक्च्या डोको बुन्दो ।
उपरोक्त गीतले भारी पा¥यो । त्यो भारीले गर्दा उत्तर दिन नसकेमा खेल्ने बेला भन्ने खेलाउडा ९गीत भन्ने मान्छे० को तर्फको टोलीको जित हुन्छ । जसलाई झिप्टा पनि भन्ने गरिन्छ । बिचमा कहिले न्याउले गीत पनि भनिन्छ ।
मदेशी कपडा बुन्दो छिटौली बटौली
एक चोटी गाली माम खाया दैही कति घटौली ।
बानिया कपडा देला लाइन दिउला र लाउँला
अर्काकी जारीवहाली खान दिउला र खाउँला ।
यहाँ खवाल जवाफका पनि गीत भन्ने परिपाटी छ र यस्तो देउडालाई न्याउले खेलको गीत भनिन्छ । यो गीतले पनि तिम्रो गालामा म्वाइँ खान्छु तर तिमी छोटो हुनिनौ । केटीले भन्छ गाली माम खाँदा हौ । म अर्काकी श्रीमती हुँ । जारी तिर्र्नु पर्छ । मेरो घरबार विहिन हुन्छ । त्यसैले म खान दिदैन ।
यसर्थ यस रास्कोट क्षेत्रमा गाइने झोडा गीतले नागराज देखि बलिराज सम्मको इतिहास बोकेको छ भने अर्को तर्फ बाइस राज्यको राजा रजौटाको इतिहासलाई समेत झल्काउन खोजेको छ । झोडा गीतको उठान आगो बालेर गरिन्छ भने विर्सजन उज्यालो भइसकेपछि डाँडा, पाखा घर, आँगन घाम लागको समयसम्म देउडा खेली खसी काटेर विधिगत रुपमा अन्त्य गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित