विधवा नारी गर्भवति भएपछि गाउँमा हंगामा

7
SHARES
15
VIEWS

भारतको उत्तर प्रदेशमा एकजना बिधुवानारीले आफ्नो शाशुलाइ भनिन- “शाशु आमा म तीन महिना देखि गर्भवती छु” तब परिवारमा हङ्गामा मच्चियो, गाउभरि तरङ्ग उत्त्पन्न भयो गाउँमा सरपन्च राखेर भेला बोलाइयो  । उक्त बिधुवा महिलाको कोखमा भएको बच्चाको बाउको नाम के हो भनेर प्रश्न गरियो ।

अनि सबैको सामु ती बिधुवा महिलाले जवाफ दिइन- “तीन महिना अघि म त्रिबेणी सङ्गममा स्नान गर्न गएको थिए ।
स्नान गर्दा गर्दै मैले तिनचोटी गङ्गाजल पिएको थिए, सायद तेस गङ्गाजलमा कुनै ऋषि महात्मा , महापुरुस को बिर्य स्खलन भयोहोला मैले उक्त बिर्यमिश्रित जल ग्रहण गरे अनि म गर्भवती भएहुला ।
भेलामा उपस्थित सरपन्च लगायत सबैजना अचम्मित हुँदै एकैस्वरमा भने- “यो त हुनै नसकिने कुरा हो ,यो असम्भव छ भनेर उल्टै ती बिधुवालाई झपारे!!
फेरि ती बिधुवाले जवाफ दिदै भनिन । हाम्रो धर्मग्रन्थमा यहि कुरा उल्लेख गरिएको छ बिभडक ऋषिको बिर्य स्खलनले श्रिङ्गि ऋषि पैदा भए, हनुमानजि को पसिना माछाले पियो अनि माछा गर्भवती भएर मकरध्वज पैदा भए, सुर्यको आशिर्वादले कुन्ती गर्भवती भइ कर्ण पैदा भए ।  माछाको पेटबाट मत्स्येगन्धा पैदा भए, खिर खादा राजा दसरथका तीन रानी गर्भवती भइ चार पुत्र पैदा भए, जमिनमुनी राखिएको गाग्रीबाट सीता पैदा भइन … यी सबै कुरा सम्भव भए.. तर मेरो कुरा कसरी असम्भव भयो???? भनेर प्रतिप्रश्न गरिन एकछिन सबै चुपचाप लागे!!

अन्त्यमा बिधुवाले भनिन- खासमा म गर्भवती भएको छैन मैले यो समाजको बास्तबिकता देखाउन यो सब नाटक गरेकी हु!!यदि मेरो बिस्वास छैन भने मेडिकल परिक्षण गर्न सक्नुहुन्छ । यो पाखन्ड र अन्धबिस्वासमा टिकेको समाजले कहिले आँखा खोल्ने ?
यसरी ती बिधुवा नारी लाई सजाय दिन उपस्थित भेला एकैछिनमा लाजवाफ भएर तितरबितर भो ।

# Daniel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित