‘हाच्छिउँ साच्छिउँ’ कथा घेराको सडक नाटक

7
SHARES
15
VIEWS

काठमाडौं,असार । कथा घेराले सडक नाटक ‘हाच्छिउँ साच्छिउँ’ प्रदर्शन गर्ने भएको छ । कोभिड–१९ को सबल व्यवस्थापनका लागि भइरहेको सत्याग्रह, इनफ इज इनफ, छुवाछूत विरोधी आन्दोलनलगायत विभिन्न विकृति विरुद्ध भइरहेका आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै कथा घेराले नाटक प्रस्तुत गर्न लागेको हो ।

कथा घेराले मंगलबार साँझ साढे चार बजे पाटन दरबार स्क्वायरको डबलीमा सडक नाटक प्रदर्शन गर्ने भएको हो । सडक नाटकमा १३ जना कलाकारले सहभागिता जनाउने छन् ।

कथा घेराकी संस्थापक तथा निर्देशक आकांक्षा कार्कीले यी विषयहरुमा ऐक्यबद्धता जनाउनुपर्छ भनेर सामाजिक दूरी कायम राखेर तत्काल नाटक तयार गरी प्रदर्शन गर्न लागिएको बताइन् । उनले भनिन् “विकृति विरुद्ध सडकमा आउनुभएका युवाहरूलाई कलाकारिताबाट ऐक्यबद्धता जनाउनुपर्छ भनेर नाटक तयार गरेका हौं ।”

पाटन दरबार स्क्वायर क्षेत्रमा विगत पाँच दिनदेखि कोभिड–१९ को सबल व्यवस्थापनकाे माग गर्दै पाँच युवाहरु सत्याग्रहमा बसिरहेका छन् । सत्याग्रहमा बसिरहेका युवाहरुको मागमा ऐक्यवद्धता जनाउन आज साँझ पाँच बजेदेखि ६ बजेसम्म भौतिक दूरी सहितको शान्तिपूर्ण मानव साङ्लोमा सहभागी हुन इनफ इज इनफले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित