News Portal

  • कालीकोटमा कानको सल्यक्रिया शिविर शुरु

    कर्नालीसंचार संवाददाता४ चैत्र
    १३९ पटक
    ४ चैत्र

    कालीकोट । कालीकोटमा निशुल्क कानको सल्यक्रिया शिविर शुरु भएको छ । जिल्लामा दोस्रो पटक निशुल्क रुपमा कानको सल्याक्रिया शुरु भएको हो ।स्वस्थ्य सेवा कार्यालय कालीकोटको आयोजना,विएन(विट्रेन नेपाल)सामुदायिक कान उपचार सेवा नेपालगंजको प्राविधिक सहयोग तथा नेपाल नेत्रज्योति संघ तथा एकिकृत आंखा तथा कान स्वस्थ्य कार्यक्रम कर्नालि प्रदेशको सहयोगमा निशुल्क कान सल्यक्रिया शिविर शुरु भएको हो ।

    गएको वर्ष चैत्र १२ गते देखि १५ गते सम्म शुरु भएको कानका विरामीहरुको चेकजांच पछि छनोटमा परेका ६० जना विरामीको सल्यक्रिया जिल्ला अस्पताल कालीकोटमा बैशाख ३ गते सोमबार देखि शुरु भएको छ । स्वस्थ्य सेवा कार्यालय कालीकोटका अनुसार बैशाख ३ देखि ८ गते सम्म कानका विरामीको मान्ममा सल्याक्रिया गरिने जनस्वास्थ्य अधिकृत कटक महतले  बताएका छन । सो शिविर अघि कालीकोटमा ५ सय १७ जनाको कानको चेकजांच गरिएको बताइएको छ ।

    जसमा १४ जना कानका विरामीको उपचारका लागि नेपालगंज पठाइएको थियो भने ३६ जनालाई श्रवण सामाग्रि वितरण गरिएको थियो ।

    गएको वर्ष पनि जिल्लामा कानको सल्यक्रिया गरिएको थियो ।यसरी वार्षिक रुपमा जिल्ला स्तरमा कानको स्वस्थ्य जांच हुनुले आफुहरुलाई सहज भएको स्थानियले बताएका छन ।

    प्रतिकृया दिनुहोस्