आफैले लेखेको गीतमा नेकपा उपाध्यक्ष वामदेव गौतमको ‘मोडलिङ’

7
SHARES
15
VIEWS

काठमाडौं  ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफैले लेखेको गीतमा ‘मोडलिङ’ गरेका छन्। आफ्नै गीत ‘यो मुक्त भूमि’ मा उपाध्यक्ष गौतमले ‘मोडलिङ’ गरेका हुन्।

छोरा हरिशदत्त गौतमको प्रस्तुतिमा बनेको गीतको म्युजिक भिडियो यूट्युबबाट सार्वजनिक गरिएको छ। गौतमको गीतलाई शम्भुजित बास्कोटाले संगीत दिएका छन् भने मनोहर सुनामले एरेञ्ज गरेका हुन्। गौतमले अभिनय गरेको गीत रोशनराज गुरुब, माण्डबी त्रिपाठी र अञ्जना गुरुबले गाएका छन्।

गौतमले ४३ गीतको गीति संग्रह नै प्रकाशन गरिसकेका छन्। मुलतः राष्ट्रियता सम्बन्धी गीतहरु उपाध्यक्ष गौतमले लेख्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित