प्रत्येक महिना आउँछ मेरी गर्लफ्रेण्डको दुस्मन
खतरनाक छ ।
जारी बुझ्न आएको लोग्ने,
दङ्गालो जान नपाएको बहड,
र, अधमरो सर्पभन्दा पनि खतरनाक छ
मेरी गर्लफ्रेण्डको दुस्मन
मेरी गर्लफ्रेण्डले डर हटाउन
खानुपर्छ गहुँत र गोबर
उसको दुस्मन हेर्दा रातो देखिन्छ
उसैको रगत जस्तो ।
@शिक्षा पत्र
Discussion about this post