कोभिड- १९ को महामारी र भारतिय साम्राज्यवादको हस्तक्षेप 

7
SHARES
15
VIEWS
चिनको मध्यभागमा पर्ने वुहान वाट फैलिएको नोवेल कोरोना भाईरस ( कोभिड – १९ ) विश्व महामरिको रुपमा २१० भन्दा वढी देशमा कोभिड – १९ ले जरा गाडी सकेको अवस्था छ विश्व स्वास्थ्य संगठनका अनुसार पुर्वी युरोप अफ्रिकी देशहरु र ल्याटिन अमेरिका तिर फैलिने चेतावनी दिइसकेको छ कोभिड – १९ को सन्त्रासले विश्व भरिका नागरिकमा मानसिक वेचैन निकै वढेको छ संवन्धित देशहरुका रास्ट्र प्रमुखहरुको कोभिड- १९ ले दात वाट पसिना झारिदिएको छ । विशेष त आफुलाई सुपर पावर ठान्ने देश संयुक्त राज्य अमेरिका भाइरसले थला परेको छ ट्रम्पले सायद कल्पना पनि गरेका थिएनन होला ? जस्तै इटाली , स्पेन , फ्रान्स र वेलायत लगायतका पुजिवादी देशहरुमा मृतकको संख्या उनहरुले सोचे भन्दा वाहिरको परिणाम आउन पुग्यो ।
कारण
१ ) पुजिवादी देशहरुको खुल्ला वजार र मुनाफाका लागि होडबाजी गर्नु
२ ) प्रकोप संग लड्ने क्षमता भन्दा कुनै देशलाई अधिनमा राख्न , पुजि आर्जन र क्रान्ती रोक्नका लागि युद्घ सामाग्री र सैन्य क्षेत्रमा ठूलो वजेट खर्च गर्नु
३ ) नागरिकको स्वास्थ्य र जीवन रक्षा भन्दा पुजिवादी देशहरुका शासकहरु मुठ्ठी भरका पुजिपतिहरुको सेवक हुनु
४ ) नागरिक भन्दा सवै थोक पैसा हो भन्ने वुझाई हुनु
५ ) विश्व स्वास्थ्य संगठनले कोभिड – १९ संग सुरक्षीत रहन अपनाउनु पर्ने जस्तै एकान्तवास , वन्दावन्दी सामाजिक दुरि लगायत अन्य सुरक्षित रहन दिएको विधिको वेवास्था गर्नु
६ ) चिनमा ४ हजार भन्दा वढिले ज्यान गुमाउदा सम्म सरुवा रोग हो भन्ने प्रमाणित भैरहदा अरु देशहरुले शिक्षा लिने र संक्रमित फैलिए पछि अपनाउनु पर्ने उपायका लागि समय प्रसस्त हुदा हुँदै पनि सचेत रहन नसक्नु ले पुजिवादी देशहरुको लापरबाही र पैसा,पावरको घमण्डले अहिले ठूलो जन धनको क्षति वेहोर्नु परि रहेको छ पुजीवादी देशहरु अहिले पछुताउनु परिरहेको छ । “वाघ गयो वुद्घी आयो ” भन्ने हाम्रो नेपाली उखान विकसित गर्नु पर्छ भने ” वाघ आयो वुद्घी हरायो ” पुजिवादी देशहरुमा यो उखान मिल्छ कि ? कोभिड – १९ को महामरीले वेरिजगारी , भोकमरी अर्थतन्त्रमा गिरावट ल्याउने जस्ता प्रक्षेपण विभिन्न निकायहरुले सार्वजनिक गरि रहेका छन , प्रकोप जीवाणुले मानव समाजलाई चुनौती दिइरहेको छ भने पुजीवादी देशका शासकहरुले नगरिकको जिवनमा खेलवाड गरिरहेका छ्न ।
पृथ्वी रहदा सम्म मानव समाजले विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने अनिवार्य छ पृथ्वीको उत्पती भएको ४.५ अर्व वर्ष भएको मानिन्छ त्यस्तै पृथ्वी वाट जिवहरुको उत्पती भएको एक अर्व वर्ष भएको मानिन्छ विचार गरौ एक अर्व वर्ष जिवले प्रकृति संग कति भीषण संघर्ष गर्नु पर्यो हुँदै जादा जीव वाट मानवको उत्पती भएको जम्मा ४० लाख बर्ष भयो मानवले प्रकृती र जिवहरु संग मानवले कति भीषण संघर्ष गर्नु पर्यो ।
 
मानव सामुदायिक चरित्रमा आएको दस लाख वर्ष भयो मानव सामुदयिक चरित्रमा आउन पनि ठूलो संघर्ष गर्नु पर्यो , आधुनिक मानवमा फड्को मारेको दश हजार वर्ष भयो जति वेला मानव जाती घुमन्ते जंगली युगमा थियो त्यो बेला सम्म समाजमा धनी, गरिव पनि थिएन राज्य र वर्ग संघर्ष पनि थिएन यी सवैको उत्पती भएको दस हजार वर्ष यता मात्र भयो । पृथ्वीमा अवस्थित मानवजाती, जीव र निर्जिव सवै प्रकृतिकै देन हो पृथ्वी, प्रकृति रहदा सम्म मानव जातिले ठुला विपत र क्षति वेहोर्नु त पर्ने नै छ मानवले केही क्षण रोकथामका लागि उपकरण, औजार र खोप पत्ता त लगाउलान तर नयाँ – नयाँ प्राकृतिक प्रकोपहरुले मानव जिवनमा हमला भने गरि नै रहने छ ।
मानव जातिको जन्म भए देखिनै प्रकृति र त्यसवाट उत्पन्न प्रकोप संगको लडाई त यो पृथ्वी रहुन्जेल सम्म मानवले लड्नुनै पर्ने अवश्य छ आउने प्रकोपले नत धनी , गरिव सानो देश, ठूलो देश सामान्य नागरिक र उच्च पदको रास्ट्रपति आदि केही देख्दैन भन्ने शताव्दिऔ पछि विश्व महामारिको रुप लिएको कोभिड – १९ ले चुनौती दिदै सावित गरिदिएको छ । भारतिय साम्राज्यको हस्तक्षेप : ६ महिना अघि भारतीय साम्राज्यवादले लिम्पियाधुराको नेपाली भुभाग आफ्नो राजनैतिक नक्सामा सामेल गर्यो र नेपालको दलाल केपि सरकार मुखदर्शक भयर जनताको आक्रोशको रमिता मात्रै हेरेर वसे विगतका दलाल र अहिलेका दलाल सरकारले कहिल्यै बलियो कुट्नैतिक कदम चालेको देखियन सिमित प्राविधिक टोलि वनाउन र जनताको आखामा छारो फाल्न अध्यन टोलि वनाउनमै सिमित रहे यसैको फाइदा उठाउदै २३ जिल्लाका ७१ स्थानमा साठि हजार छ सय सत्ताइस भन्दा वढी हेक्टर जमिन भारतले कव्जा गरेको छ ४ मार्च १८१६ को सुगौली सन्धी यता नेपालको एक तिहाई भुभाग हामीले गुमाउनु परेको छ ।
१८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा काली नदिको मुहान हो कालिनदी नै नेपाल भारत सिमाना हो त्यस यता ४४ वर्ष सम्म लिम्पियाधुरा नै कालीको मुहानका रुपमा निर्विवाद रहेको देखिन्छ । सन १८६० मा चिन भारत युद्धका वेला भारतिय साम्राज्यवाद काली नदि तरेर नेपाली भुमी कव्जा गर्दै लिपुलेक आइपुगेको भारतले त्यही वाट वगेको खोला लाई काली नदी भनेर एक तर्फी भारतियहरुले घोषणा गरे यसरी लिम्पियाधुरा देखि लिपुलेक सम्मको ३१० वर्ग किलोमिटर क्षेत्र भारतिय साम्राज्यवादले कव्जा मात्र गरेन नेपाली भुमी कालापनिमा भारतिय फौज वंकर सहित तैनाथ गरियो कालापानीमा भारतको इन्डो – टिबेरियन वोर्डर पुलिस ( आईटिबिपी ) तैनाथ गरे पनि भारत थामियन त्यसपछि थप ६२ वर्ग किलोमीटर पुर्व सम्म आई सकेको छ हाल भारतिय साम्राज्यवदले उक्त क्षेत्रको ३७२ वर्ग किलोमीटर जमिन कव्जा गरेको सिमा विद वुद्घिनारायण श्रेष्ठले ” सिमा संग्राम ” मा उल्लेख गर्नु भएको छ ।
भारतिय साम्राज्यवादको नाङ्गो हस्तक्षेप र हिजो देखि अहिले सम्मका नेपाली दलालहरुको गुलामीले जनतालाई राष्ट्रियताको सास फेर्न गाह्रो भएको छ त्यसैले पहिला सामजिक दलाल पुजीवादी व्यवस्थालाई हटाउने र वैज्ञानिक समाजवाद स्थापना गरे मात्र नेपाली जनताले राष्ट्रियताताको सास फेर्न पाउने छन त्यसको एउटै मात्र विकल्प क्रान्ती हो र कार्यदिशा एकीकृत जनक्रान्ति जस्को नेतृत्व नेपाल कम्युनिस्ट पार्टी हो ।
(लेखक : युवा संगठन नेपाल, केन्द्रिय समितिका कार्यावाहक अध्यक्ष )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित