अस्ट्रेलियामा प्रभादेवी सम्मानित

7
SHARES
15
VIEWS

मेलबर्न । अस्ट्रेलिया दिवसका दिन प्रभा देवी श्रेष्ठ सम्मानित भएकी छिन् । प्रत्येक बर्षको २६ जनवरीका दिन अस्ट्रेलियाको राष्ट्रिय दिवस मनाइन्छ ।

सन १७८८ मा पहिलो पटक ब्रिटिश न्यू साउथ वेल्समा आइपुगेर सिड्नीमा ब्रिटिश झन्डा फहराएको सम्झनामा यस्लाई बार्षिकीको रुपमा अस्ट्रेलिया दिवस मनाउने प्रचलन छ ।

दिवस पछिल्लो समय अस्ट्रेलियाको ईतिहासलाई प्रतिबिम्बित, आधिकारिक सामुदायिक अवार्ड प्रदान, नयाँँ अस्ट्रेलियन नागरिकलाई स्वागत गर्ने जस्ता महत्वपूर्ण कार्यक्रम गरेर अस्ट्रेलियालाई बहुसांस्कृतिक देशको रुपमा चिनाउने उद्धेस्यका साथ मनाउने गरिन्छ ।

मेल्टन सिटी काउन्सिलले यही सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका ५ जनालाई अवार्ड प्रदान गरेकोमा नेपाली मूलकी प्रभादेवी श्रेष्ठलाई अवार्डद्धारा सम्मान गरिएको छ ।

ऐस्वर्य बिद्या पदक प्राप्त गरेकी र बिभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा सिनियर मैनेजमेण्ट टिममा लामो समय कृयाशील भएपछि अस्ट्रेलियन एड छात्रबृति मार्फत मेलबर्न यूनिभर्सिटीबाट एमपिएच गरेकी श्रेष्ठ हाल दिदीबहिनी समाज भिक्टोरियामा उपाध्यक्षको रुपमा बिभिन्न सामाजिक काममा कृयाशील छिन् ।

कार्यक्रममा मेल्टन सिटी काउन्सिलकी मेयर क्याथी माज्ड्लिक लगायतका पदाधिकारीहरु र भिक्टोरिया राज्यको संसदिय स्वास्थ्य सचिबको जिम्मेवारी बहन गरेका सांसद स्टेभ म्याकघिए उपस्थित थिए ।

लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एबं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिश्व सल्लाहकार रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत अवार्ड बिजेता सबैलाई बधाई ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित