काठमाडौं । ०५२ साल फागुण १ मा तात्कालिन नेकपा माओवादीले जनयुद्ध शुरु गरे पछि राज्यको दमनमा पहिलो पटक मारिए गोरखाका दिल बहादुर रम्तेल । उनी ११ बर्षका थिए । गोरखामै बसेको बैठकले माओवादी जनयुद्धमा जाने निर्णय गरेको थियो ।
त्यही भएर होला जनयुद्धको रक्तपातपूर्ण दमन पनि रमतेलको हत्याबाट शुरु गर्यो राज्यले । स्कुलका एक जना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिराफ्तार गरे पछि ती शिक्षकलाई छुटाउन धर्नामा बसेका बेला प्रहरीले आजकै दिन रम्तेलको हत्या गरेको थियो ।
उनै दिल बहादुरको सम्झना र २९ सालमा झापाका नेत्र घिमिरे लगायत ४ जना बन्दीहरुलाई झापा चन्द्रगढीबाट ईलाम सार्ने भनेर लगेर सुखानीको जंगलमा फागुण २१ गते चार जना झापा विद्रोहका नेताहरुलाई हत्या गरिएको थियो ।
त्यसैलाई जोडेर माओवादीले जनयुद्ध कालदेखि नै फागुण १४ देखि २१ गतेलाई शहीद सप्ताहको रुपमा मनाउने गरेको थियो ।
तर जनयुद्धको मुख्य नेतृत्व पूर्व एमालेसगँ पार्टी एकता गरे पछि भने जनयुद्ध दिवस, शहीद दिवस जस्ता कार्यक्रम गर्न छाडेको छ । हाल कुनै पनि कार्यक्रम राखिएको देखिदैन ।
यो पनि पढ्नुहोस ।
Discussion about this post