१. विषय प्रवेश :
श्रम गर्न कहिले देखि सरु गरियो ? यस प्रश्नको उत्तर जो कहिले भन्न सक्छन् । मानवको उत्पति देखि नै श्रम गर्न थालियो । आदिकालमा मानिसले बाँच्नका लागि काम गर्नु प¥यो । यस समयमा कुनै पनि वर्गको निर्माण भएको थिएन् । सबै मानव जाति, खाना, बस्नका लागि भौतारिदै घुमन्ते जीवन यापन गरेको तथ्य पाइन्छ ।
कन्दमुल खोज्न आफ्नो श्रम खर्च गर्न थाले । गाँस, बासको बन्दो बस्त गर्न श्रम गरे । आगोको निर्माण पाषण युगमा गरे । त्यसबेला काँचो मासु खाने मान्छे मासु पोल्न थाले । मासु पोलेर खान थाल्दा मानसिक श्रम खर्च गरेको तथ्य भेटिन्छ । कसरी मासु पोलिन्छ, मासु पोल्दा आफ्ना अङ्ग कसरी बचाउन सकिन्छ । अनेक जुक्ति निकालेर श्रम गर्न थाल । ढङ्गे युगबाट ढुङ्गाका हात हतियार र बोक्राका बस्त्रको प्रयोग गर्न थाले । यिनको खोजीमा श्रमको अधिक खर्च भएको पाइन्छ ।
मानव जब पशुपालन युगमा आई पुग्दा बाँच्नकै लागि कडा परिश्रम गर्न थालेका थिए । पशु पालेर मासु र दुध खान सजिलो होस् भनेर नै पशु पालनको कार्य सुरु गरेका उदाहरण पाइएका छन् । पशु पालन सँगै मानिस केही निश्चित ठाउँमा बस्न थाले । साना साना कविला र समूह निर्माण भई सकेका थिए । यति बेलासम्म समान श्रम नै रहेको पाइन्छ ।
समयको परिवर्तन सँगै मानव समुदाय रुपान्तरित हुदै गयो । जब दास युगको सुरुवात भयो । श्रम शोषणको सुत्रपात र विजारोपण भयो । दास युगमा मालिक र दास दासी जस्ता प्रथा कायम रह्यो । बलियो पक्षले कमजोर पक्षलाई दासको रुपमा राखी दासहरुबाट चरम श्रम शोषण गर्न थाले दासले श्रम गर्न मालिकले बसी बसी खाने सामान्ती संस्कारको विकास भयो । निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्गको कुलिन साम्राज्य खडा हुन थाले ।
दास भन्ने बित्तिकै कमारो, सेवक, नोकर भन्ने बुझिन लाग्यो । यो प्रथाको सुरुवात हजारौं वर्ष अघिबाट भएको पाइन्छ । दासताले संसारलाई पिरोलेको थियो । पशुधन शरह किनबेच गरेर काममा लगाउनु नै दास प्रथाको घोर अपराध थियो । सामान्तीवादी युगमा दासको नाममा श्रम शोषण गरे अहिलेको पुँजिवादी युगमा नदेखिने गरी श्रमिकको श्रम शोषण भइरहेको छ । (विकिपिडिया )
सामान्तीवादी युगमा आएर दास युगका मालिक नै पुँजिपति वर्गका रुपमा देखा परे दासको नाम मात्र परिवर्तन भयो तर श्रम शोषण गरी रहे । अफ्रिकामा दास प्रथा जात, धर्म, र रङ्गको रुपमा रहेको थियो । गोरो छाला भएकाहरुले कालो छाला भएकालाइृ सताए । जब अब्राहम लिङ्कनले सन १८६१ मा अमेरिकाको राष्ट्रपति भएपछि दास प्रथाको अन्त्य भएको घोषणा गरे । अमेरिकाले गरेको कदमले नै विश्वकै लागि उदाहरणीय बनायो ।
नेपालमा पनि दास प्रथा व्याप्त थियो । राणा कालिन समयमा नेपालको मुलुकी ऐन वि.स. १९१० मा जङ्ग बहादुर राणाले दासलाई जातिको मान्यता दिए । हिन्दु समाज रहेको नेपालमा ठूलो जातले सानो जातलाई शोषण गरिरेको थियो । लैङ्गिक श्रम शोषण नेपालमा बढी नै थियो । वि.स. १९८१ मा चन्द्र शम्शेरले दास प्रथाको पूर्ण अन्त्यको घोषणा गरे । वि.स. २०२० मा मुलुकी ऐनले जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा ग¥यो । वि.स. २०५७ मा कमैया प्रथाको अन्त्य गरी , वि.स.२०६२ मा हलिया प्रथा र २०७० सालमा कुमारी प्रथाको अन्त्य गरे पनि पूर्ण कार्यन्वयन हुन नसक्नु बिडम्बनाको कुरा हो । यसको कार्यन्वयन हुनुपर्छ ।
माथि उल्लेखित सन्दर्भको आधारमा भन्न खोजेको के हो भने श्रम गर्ने र श्रमबाट श्रमिकले भोग्नुपरेका समस्यालाई दर्शाइएको छ । श्रमको आधार आदिकाल देखि अहिलेसम्म चली आएको नै छ । श्रम सबैले गर्छन् । श्रम गर्ने परिपाटी फरक छ । शारीरिक श्रम गर्ने भन्दा मानसिक श्रम गर्नेमा भिन्नता छ । शारीरिक श्रम गर्नेको मान सम्मान र कदर भएको देखिदैन् ।
२. नेपालमा श्रम सम्बन्धी व्यवस्था :
स्वदेशी तथा विदेशी बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेद रहित सुरक्षित, मर्यादित र स्वस्थ कार्य गर्ने साथै वातावरण प्रदान गरी राष्ट्रिय अर्थ व्यवस्थाको सुदृढीकरण र गरिबी निवारणम योगदान पु¥याउने आवाधिक योजना श्रम सम्बन्धी क्षेत्रको दुरगामी सोच रहेको हुन्छ । ( विकिपिडिया) विश्वले श्रम बजारको व्यवस्था गरेता पनि श्रम बैङ्कको स्थापना गरेको पाइदैन् ।
नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीप युक्त आवश्यक जनशक्तिको विकास, श्रम क्षेत्रमा सामाजिक सुरक्षा र व्यवस्थापन, स्वास्थ्य र सुरक्षाको प्रर्वद्धन, बाल श्रम निवारण लगायतका काम मन्त्रालयलबाट हुँदै आएको छ । वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप, प्रविधि र पुँजिको उपयोगबाट आन्तरिक रोजगारी प्रर्वद्धन गर्नु पनि मन्त्रालयको जिम्मेवारी हो ।
नेपाल सरकारले श्रमलाई व्यवस्थित गर्न वि.स. २०२८ सालमा श्रम सम्बन्धी मामिला हेर्ने उद्योग मन्त्रालय अन्र्तगत श्रम विभागको स्थापना गरेको थियो । एक दशक पछि वि.स. २०३८ मा श्रम तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो । नेपाल सरकारको कार्य विभाजन नियमावली परिवर्तन भई वि.स. २०५७ मा यातायात व्यवस्थापन क्षेत्रको समेत समायोजन भई श्रम तथा यातायत व्यवस्था मन्त्रालय कायम हुन गयो । वि.स. २०६९ मा यातायात व्यवस्था अन्य क्षेत्रमा लागि श्रम तथा रोजगार मन्त्रालय नामाकरण गरियो । फेरि वि.स. २०७४।१२।०३ मा कार्य क्षेत्र विस्तार भई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बनाइयो । अहिले यही नामले नेपाल सरकारले व्यवस्थापन गरी रहेको छ ।
श्रमलाई व्यवस्थित बनाउन, देशको जनशक्तिलाई नयाँ प्रविधि बजार सुहाउँदो बनाई वेरोजगारी घटाउने र औद्योगिक सुसम्बन्ध कायम गरी श्रमिकहरुका लागि सुरक्षित मर्यादित र स्वस्थ कार्य वातावरणको सिजैना समेतबाट श्रम सम्बन्धी ऐन नियम तथा नीति निर्देशनलाई प्रभावकारी कार्यन्वयन गर्न निम्न उद्देश्य राखेको पाइन्छ ।
१. स्वदेशी तथा अन्र्तराष्ट्रिय श्रम बजारको माग अनुरुप दक्ष एवं प्रतिष्पधी श्रम शक्ति तयार गरी बेरोजगारी घटाउने ,
२. औद्योगिक व्यवसाय र अनौपचारिक क्षेत्रमा श्रमरत कामदारहरुको सुरक्षा तथा काम गर्ने स्वस्थ वातावरण पर्वद्धन गर्ने,
३. रोजगारीमा महिला , युवा, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, द्वन्द्व प्रभावित तथा सीमान्तकृत क्षेत्र र समुहका व्यक्तिहरुको पहुँच सुनिश्चित गर्ने ।
श्रमलाई मानसिक र शारीरिक रुपमा प्रमाणित गरेको पाइन्छ । श्रम सबै वर्ग समुदायले गरेका हुन्छन् । सानो बालक देखि वृद्ध अवस्थाका मानिसले समेत श्रम गरेका हुन्छन् । १८ वर्ष भन्दा कम उमेर भएकाले काम गरेमा त्यो बाल श्रम हुन्छ । विश्व श्रम संगठनले यस्तो श्रमलाई बाल श्रम मानेको छ भने ६० वर्ष माथिका उमेरले गर्ने श्रमलाई विश्व श्रम संगठनले मान्यता दिइएको छैन् ।
३. श्रम रोजगार बैङ्कको स्थापना:
श्रम कहिले देखि सुरुवात भयो । मैले माथि उल्लेख गरी सकेको छु । श्रम गर्ने श्रमिक वर्गले के कति लाभ लिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार श्रमको उचित ज्याला पाए पाएनन् । श्रम व्यवस्थामा भए बमोजिम श्रमिकको श्रम गर्ने कार्य क्षेत्र सुरक्षित छ , छैन् , त्यसको जिम्मा नेपालको हकमा नेपाल सरकारको श्रम रोजगार तथा साजाजिक सुरक्षा मन्त्रालयको कार्यक्षेत्र हो । रेमिटान्सको लागि नेपाली युवालाई वैदेेिशक रोजगारमा प्रेरित गर्नु भन्दा स्वदेशमा रोजगारीको अवसर दिनाका लागि नै श्रम रोजगार बैङ्कको स्थापना गरिएको श्रम रोजगार बैङ्कका परिकल्पना कार तथा सस्थापक रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द बरालको भनाइ रहेको छ ।
विश्वमा १६ औ शताब्दी भन्दा अगाडि बैङ्कको अवधारणा आइसकेको थियो । बेलायत, अमेरिका, फ्रान्स, जर्मन, रसिया, जापान, चीन, भारत, अस्टेलिया, स्पेन लगायत आदि देशमा बैङ्किङ गतिविधि मार्फत आथिक कारोबारो हुँदै आएको कैयन वर्ष भई सकेको छ । श्रम बैङ्कको स्थापना गर्ने कुनै कुरा हिटलर देखि स्टालीन सम्मका शासकहरुमा देखिएन् । माक्र्सवादको सिद्धान्तबाट जन्मेका मुलुकको शासन पद्दतिमा विचार पुगेन । माओको देशमा श्रम रोजगार बैङ्क के छ ? उत्तरकोरियामा खै कस्तो छ ? ट्रप , मोदी, राज्यमा भन्न सकिन्न ।
१. विश्वमा के श्रमिक छैनन् ?
२.युरोप, अमेरिका, एशियाका विकसित देशमा काम गर्ने जनशक्ति श्रमिक होइनन् र ?
माथिका प्रश्नको उत्तर म तल लेख्दै गरुला । त्यस भन्दा पहिला त म के उल्लेख गर्छु भने बैङ्क भनेका आर्थिक कारोबारो मात्र गर्नाका लागि स्थापना गरिएका हुन त ? बैङ्कमा नगद तथा जिन्सी धातुको विनिमय गर्ने र पुँजिको सञ्चय तथा संकलन गरी धनिलाई धनि बनाउने र गरिबको रुपैया धन सम्पतिलाई सुरक्षित गरिदिने मुनाफा सहित संस्था नै बैङ्क हुन । मैले वित्तिय प्रणाली अनुसार के हुन्छ त्यो जान्न चाहिन सोझो अर्थमा मात्र व्यक्त गरेको हुँ । विश्वमा वित्तिय कारोबारे जस्तै श्रम बैङ्क स्थापना गर्नु पर्छ र खाता खोली श्रमिकलाई बन्धक बनाउनृ पर्छ भन्ने अवधारणाबाट होइन् । श्रम रोजगारको स्थापना गरेको श्रमिकलाई स्वदेशमा नै रोजगारको अवसर प्रदान गरी देश निर्माण गर्नाका लागि हो ।
श्रम रोजगार बैङ्क बनाउने अवधारण कतै नआएको होइन होला । विकसित, अविकसित, विकाशोन्मुख, तथा अल्पविसित देशमा बैङ्क, वित्तिय संस्था खोल्ने होडबाजी नै चलेकोछ । श्रमका लागि जनशक्तिको सञ्चय तथा व्यवस्थापन गर्न कोही अग्रसर नभएको यस प्रविधिको युगमा रास्कोट नगरपालिकाले स्थानीय शासन संचालनको कार्य विधिमा टेकेर श्रम रोजगार बैङ्कको स्थापना ग¥यो ।
४. श्रम रोजगार बैङ्कको अवधारणा :
नेपाल विश्वको सामु विकाशोन्मुख राष्ट्र हो । यहाँ दश वर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलनको बलले स्थापना गरिएको लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्था अबलम्बन गरी २०७२ को संविधानमा नेपाललाई सात प्रदेश र ७५३ ओटा स्थानीय तहको व्यवस्था ग¥यो । संघ प्रदेश र स्थानीय तहका अवधारणा लागु भयो । सविधानले प्रदान गरेका अधिकारलाई कार्यन्वयन गर्न एक वर्ष भित्र तीनै तहको चुनाव गर्नु पर्ने भएकाले देश चुनावी माहोलमा गयो । तीन तहको चुनाव गराउनु संघीय सरकारलाई चुनौति थियो । वि.स. २०७४ सालमा राज्यले तीन तहको चुनाव सम्पन्न गरी नागरिकको हक, अधिकार र कर्तव्यलाई स्थापित ग¥यो ।
चुनावमा राजनीतिक दल सक्रिय भएर चुनावमा भाग लिए । विभिन्न पाटीका उम्मेदार चुनावी मैदानमा आए । जनताले इच्छाएका जनप्रतिनिधिलाई जिताए । सबै भन्दा समस्या स्थानीय तहको चुनाव नै रहेको पाइयो । रास्कोट नगरपालिकामा ने.क.पा. एकीकृत माओवादीको तर्फबाट उम्मेदार रहेका काशिचन्द बराल नगर प्रमुख र उप प्रमुखमा मिमसरा बम ( शाही, उषा ) सोही पाटीबाट विजयी भए । वडा स्तरमा मिश्रित परिणाम आयो ।
नेपालमा वेरोजगारीको समस्या अधिक रहेको वस्तु स्थितिमा सबैलाई अवगत नै छ । रास्कोट नगरपालिकाको नगर सभा गठन भयो । विषम परिस्थिति र बलोयो प्रतिपक्षलाई विश्वासमा लिई नगर प्रमुख काशिचन्द बरालले एक नयाँ अवधारणा अगाडि बढाए । जो नितान्तै नौलो र कठिन थियो । त्यहाँको जनताहरुलाई पत्यार लागेको थिएन । हामीहरुले समेत विश्वास लागेको थिएन । प्रतिक्षाको फल वास्तवमा मीठो हुन्छ भन्थे हो रहेछ । श्रम रोजगार बैङ्क रास्कोटमा विधिवत रुपमा वि.स. २०७६ साल वैशाख २६ गतेका दिन व्यवस्थापन अध्यक्ष पदम बहादुर खड्का (सुवास) र मुख्य व्यवस्थापक अनिल बराल रहने गरी स्थापना गर्ने बाटो नगर सभाले दियो । रास्कोट नगरपालिकाको श्रम रोजगार बैङ्क (सञ्चालनतथा व्यवस्थापन गर्ने) सम्बन्धी कार्यविधि २०७५ लागु गरियो । कानुनी बाधा अवरोध केही नराखी श्रम रोजगारमा आवद्ध जनशक्तिलाई श्रम ऐन अनुसारको पारिश्रमी र रु. दश लाख विमाको व्यवस्था गर्ने, श्रम रोजगारको संचालन, व्यवस्थापन सबै कार्यविधिमा उल्लेख गरिएको छ ।
रास्कोटमा रहेको श्रम रोजगार बैङ्कले यस नगरमा रहेका वेरोजगार युवाहरुलाई रोजगारको पहुँचमा ल्याई उनीहरुको आय स्तर उकास्न र व्यक्तित्व विकासमा टेवा पुग्ने देखिन्छ ।
श्रम रोजगारमा लागेका युवा, युवातीले नगरले बनाएको रोजगार कार्यविधि बमोजिम पारिश्रमी पाएका छन ्। नगरको विकासलाई तिव्र गतिमा अगाडि बढाएका छन् । श्रम रोजगारलाई व्यवस्थित गर्न र कार्यभार विभाजन गर्न सजिलोका लागि सुवासका अध्यक्षतामा १२ जनाको रोजगार व्यवस्थापन समिति गठन गरिएकोछ । जसमा विभिन्न निर्माण व्यवस्थापन समितिको नामाकरण गरिएको छ । कालाशिल्ला निर्माण समुहको अध्यक्षमा नरध्वज खड्का (उमेश), लगायत नमराज टमट्टा, अम्मलशाही (निर्माण), जस फडेरा, कर्ण फर्साल, धर्म बि.क., नरेन्द्र उपाध्याय, कपुर फर्साल, विष्णु बराल, राज बहादुर शाही , खेमराज संज्याल र मन्दिर बि.क. को नेतृत्वमा अहिले श्रम रोजगार बैङ्कको काम भकाभक भइरहेको छ ।
५. श्रम रोजगार बैङ्कका आवश्यकता :
मानवीय स्रोतलाई पनि बैङ्किङ प्रणालीमा लैजानु पर्छ भन्ने धारणा राख्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द बरालनै विश्व श्रम बजारमा मानवीय स्रोत सञ्चय गरी विकास तथा रचनात्मक कार्यमा वेरोजगार जनशक्तिलाई स्वदेशमा रोक्न सके मात्र आर्थिक लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने विचारमा छन् । श्रम रोजगार बैङ्क विश्व श्रम संगठनको मापदण्डमा स्थापना गर्ने श्रेय उनमा रहेको देखिन्छ ।
मजदुर आन्दोलनले स्थापना गरेको श्रमिक हक, अधिकारलाई श्रमको उचितव्यवस्थापन गर्न श्रम रोजगार बैङ्कको स्थापनाको अवधारणा र आवश्यकताको समसामयिकतालाई दर्शाएको हो । श्रमको स्वतन्त्रता भएको राज्य अमेरिका, अनुसन्धानको भट्टी युरोप, प्रविधिको विश्व चीन र उत्पादनको मुलुक भारतले आफ्ना श्रमिक जनताको नाममा संस्थागत विकास गरे पनि श्रम रोजगार बैङ्कको परिकल्पना समेत गरेको पाइदैन् । सानो भए पनि नेपाल जस्तो विकाशोन्मुख देशको संघीय सरकारको नजरमा नपर्ने कर्णाली प्रदेशको कालीकोट जिल्लामा रहेको एउटा नगरपालिकाले श्रम रोजगार बैङ्कको आवश्यकता ठानी स्थापना गर्नु विश्व जगतका अगाडि गतिलो रामवाण हो ।
आफ्नो देशमा कति जना श्रमिक छन् । श्रमको व्यवस्थापन कसरी गर्न सकिन्छ । त्यसको अध्ययन केन्द्रको रुपमा रास्कोट श्रम रोजगार बैङ्कलाई लिन आवश्यक छ । हुन त सबैको सकरात्मक पक्ष मात्र हुन्छन् भन्ने होइन् त्यस भित्रका कैयन नकरात्मक पक्ष पनि हुन्छन् । गुण, दोष, फाइदा, बेफाइदा, सबल , दुर्बल पक्ष नरहेका हुदैनन् । यी सबैको विकासात्मक र असल नजरले अध्ययन गरे पछि समाज रुपान्तरण गर्न सकिन्छ ।
श्रम रोजगारको आवश्यकतालाई महशुस गरी नेपाल सरकारले आर्थिक वर्ष २०७७।०७८ को जेठ तीन गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा श्रम रोजगार सूचना बैङ्क स्थापनाको अवधारणा आउनुमा पक्कै पनि रास्कोट श्रम रोजगार बैङ्कको देन मान्न सकिन्छ ।
तसर्थ नेपाल सरकारकाले भने जस्तै गरी श्रम रोजगार सूचना बैङ्क स्थापना गर्ने हो भने नेपाल विश्वको एक मात्र देश हुनेछ जहाँ श्रमको उचित मूल्य पाइन्छ । पश्चिमाहरु अनुुसन्धानका लागि आउनेछन् । नेपालको अर्थतन्त्रमा सुधार हुनेछ । श्रमिक वर्गले न्याय पाउनेछन् । श्रम रोजगारबाट मजदुरको हित हुनेछ । विश्वका सर्वहारा, श्रमजीवि जन समुदायको अधिकार स्थायित्व हुने अपेक्षा राख्दछु ।समाप्त
लेखक : रास्कोट १ कालीकोट,शिक्षकका साथै साहित्य समाजमा आवद्ध हुनु हुन्छ ।
Discussion about this post