गजल बाचन
– मैल छाेएकाे पानिमा दाल नगल्नु पर्ने
मैले बनाएकाे चुलाेमा आगो नबल्नु पर्ने
-धान्छौ जीवन मैले बनाएकाे हतियार चलाएर
मैले बनाएकाे बन्चराेले रुख नै नढल्नु पर्ने
– भन्छौ पेट मैले उब्जाएकाे खेति पाति बाट पाल्छौ
मैले जाेतेकाे तिम्राे खेतमा धान नफल्नु पर्ने
-बढाउछु तिम्राे सान मैले सिलाएकाे कपडाले
मैले सिलेकाे कपडा लगाउदा तिम्राे शरीर नचल्नु पर्ने
-मलाई सानाे भन्ने तिमी ठुलाे जातकाे मान्छे भए
तिम्राे शरीर आगोले पनि मसान घाटमा कहिल्यै नपाेलिनु पर्ने
#गजलकार धन बहादुर शार्की
यस अघि रेडियो पलांता आवाजमा कार्यरत थिए ।
यस अघि रेडियो पलांता आवाजमा कार्यरत थिए ।
Discussion about this post