कालीकोट । २०४६ सालमा एसएलसि लगत्तै शिक्षण पेशामा जोडिएकी साविकको मान्म गाविस वडा न.६ निवासि देउराम आचार्यकी कान्छि छोरी लक्ष्मिकला आचार्यको शिक्षण पेशा गरेको ३२ वर्ष पुरा भएको छ । १३ वर्षको अस्थायि र १९ वर्ष स्थायि भए देखि खांडाचक्र नगरपालिकाको बालमन्दिर आधारभुत विद्यालयमा कार्यरत रहेकी छन ।
शिक्षण पेशा गरिरहेको अवस्थामा सदरमुकाम मान्ममा माइतिले दिएको सानो जमिनमा कटेरो बनाएर छोरा छोरी हुर्काउनुका साथै फरक क्षमता भएका वालवालिकाहरुको पालन पोषण सम्म घरमै गरेकी लक्ष्मिकलाको पिडा वेग्लै छ । उनले शसस्त्र द्धन्द्धको समयमा श्रीमान (काशिचन्द्र बराल)जनयुद्धमा होमिएपछि पिडा माथि पिडा थपिएको आचार्यको भनाई रहेको छ ।
गृहणिका रुपमा एक छोरी र दूइ छोराकी आमा भएर छोरा छोरीको पालन पोषण गर्ने समयमा जनयुद्धको समयमा काशिचन्द्र बराल जनयुद्धमा होमिएपछि स साना वालवालिकाहरुलाई पाल्न निकै कष्टकर जिवनयापन गर्नु परेको उनको भनाई रहेको छ ।
“ युद्धकालमा सदरमुकाम मान्ममा श्रीमान माओवादी जनयुद्धमा सहभागि भएकै कारण कयौ दिन जिल्ला प्रहरी कार्यालयमा हाजिरी त कहिले गालि वेइज्जत नगन्य रुपमा सहेको बताइन । उनले जव किलो सेरा टु चलेको थियो त्यति बेला आफलाई जिल्लामा ठुलो षढयन्त्र भयो जहाँ आफुलाई सरुवा गरेर जिल्ला कै विकट मानिने (साविकको खिनको छलाह) पलांता गाउँ पालिकामा सरुवा गरियो । ”
युद्ध आफैमा नराम्रो होइन तर प्रभाव भने राम्रो पारेको इतिहांस कमै छ । जहाँ सदियौं वर्ष देखिको पिडा सहन बाध्य समुदायले गरेको विद्रोहको उपज हो जनयुद्ध ।
तत्कालिन अवस्थामा सरकारले सर्वसाधारणलाई दिएको दुखले युद्धलाई फाइदा पुगाएकै हो । त्यतिखेर सदरमुकाम मान्ममा श्रीमान माओवादी जनयुद्धमा सहभागि भएकै कारण कयौ दिन जिल्ला प्रहरी कार्यालयमा हाजिरी त कहिले गालि वेइज्जत नगन्य रुपमा सहेको बताइन । उनले जव किलो सेरा टु चलेको थियो त्यति बेला आफलाई जिल्लामा ठुलो षढयन्त्र भयो जहाँ आफुलाई सरुवा गरेर जिल्ला कै विकट मानिने (साविकको खिनको छलाह) पलांता गाउँ पालिकामा सरुवा गरियो । आफुलाई कुनै मतलव नभएर छोराछोरी पालेर बस्छु जागिर खान्न भनेपछि विशेष पहलमा पुन बालमन्दिरमा कायम भयो ।
“आफुले राम्रो काम गरेको भन्ने धेरै हुन्छन तर अहिले सम्म मेरा बारेमा कसैलाई पनि नराम्रो भन्ने कोही छैनन तर हिजो राजाबाट मेडल पाउनेहरु नै गणतन्त्रमा सम्मानित भएको देख्दा हिजो र आज के फरक भन्ने भान हुने गरेको आचार्यको भनाई रहेको छ ।”
२०४९ सालमा अपांग कोटामा बालमन्दिरमा शिक्षण पेशामा शुरुवात गराउने प्रेम बहादुर सिंहको ठुलो हात रहेको आचार्यको भनाई छ ।आफुलाई शिक्षण पेशामा संलग्न भएदेखिन युद्धको समयमा जिल्ला सदरमुकाम मान्ममा एक्लो भएर पिडा सहे तर अहिले सम्म त्यो पिडाको विसाउने कसैबाट पहल नभएको उनको भनाई छ । २०६० सालमा स्थायि भएको र त्यसपछिका दिनहरु सहजतामा आएको र पिडा विर्साउने भनेकै विहान देखि बेलुका सम्मको विद्यालयको डिउटी रहेको आचार्यको भनाई छ ।
जति बेला मेरो दाजु डिल्लि प्रसाद आचार्यलाई तत्कालिन सेनामाले सुकाटियामा मारेको घटनाको स्मरण गर्दै घरमा साउन महिनाको मुसलधारे पानि परेको छोराछोरीलाई बाहिर नांगै राखेर राइफलका नालहरु सोज्याएको किलो सेरा टु २ चलेको थियो होला । त्यो रात सम्झिदा आज पनि आंग सिरिंग भएर आउछ ।
“शान्ति पछि जिल्लाबाट संघिय सांसद खड्ग विक(प्रकाण्ड),महेन्द्र शाही(मुख्यमन्त्रि) समेत हुंदै ,दुर्ग रावत सम्मका शिक्षण पेशा बफादार प्रतिको कुनै फरक पन नभएको महसुस भएको छ । किलो सेरा टुको त्यो रात बांचेर र पो आज भन्न पाएकी छ । त्यो दिन हालका रास्कोट नगरपालिकाका कार्यकारी प्रमुख जवानसिंह बमले मात्र एक शव्द भनेकै कारण सेना प्रहरी कायल भएर ज्यान बांचेको ………….आंशु झार्दै………… ”
त्यति मात्र नभई हप्ताको हप्ता घरमा खानतलासि र बालबच्चा देखे पछि आतंककारीका बच्चा भनेर बोलाइन घटनाले कान बुझेर हिड्नु पर्ने अवस्था थियो । एक दिन वाक्क भएर तिन छोरा छोरी बोकेर शाहि नेपालि सेनाको क्याम्प आरुपाटामा लिएर गए जहाँ मेजरको अगाडी तिन छोरा छोरी सहित मर्ने भनेर बसेपछि त्यो दिन देखि आफुलाई घरमा खानतलासि समेत नभएको आचार्यको भनाई रहेको छ ।
लामो समय देखिको शिक्षण पेशामा संलग्न भएपनि इमान्दारीता तरिकाले आफ्नो पेशा प्रति बफादार भएपनि कुनै क्षेत्रबाट आफुलाई सम्मान हुने वातावबरण नभएको लक्ष्मिकला आचार्यको दुखेसो छ ।
द्धन्द्धको समयमा त हरेक पिडाले बांचियो तर शान्ति पछि जिल्लाबाट संघिय सांसद खड्ग विक(प्रकाण्ड),महेन्द्र शाही(मुख्यमन्त्रि) समेत हुंदै ,दुर्ग रावत सम्मका शिक्षण पेशा बफादार प्रतिको कुनै फरक पन नभएको महसुस भएको छ । ”किलो सेरा टुको त्यो रात बांचेर र पो आज भन्न पाएकी छ । त्यो दिन हालका रास्कोट नगरपालिकाका कार्यकारी प्रमुख जवानसिंह बमले मात्र एक शव्द भनेकै कारण सेना प्रहरी कायल भएर ज्यान बांचेको ………….आंशु झार्दै पिडा पोखिन “
कर्नालि संचार संगको कुराकानिमा शिक्षिका लक्ष्मिकला आचार्यले जुन व्यक्ति सत्ता र शक्तिको पहुंचमा राजाको शासनमा अवसर पाउथे तिनि व्यक्ति नै गणतन्त्रमा हालि मुहालि गरेको देख्दा खिन्नता आउने गरेको छ । ३२ वर्ष सम्म जुन व्यक्ति निरन्रतर लागि परेको भएपनि एक पटक हिमचुलि कृषि सहकारी संस्था लि.ले इमान्दार शिक्षक भनेर सम्मानित बाहेक अरु कुनै निकायबाट सम्मान नपाएको बताइन । १० वर्ष भन्दा बढि समय फरक क्षमता भएकाहरुलाई अध्यापन,जिल्ला अपांग पुनरस्पाना केन्द्र कालीकोटको अध्यक्ष लगाएतका संगठनमा बसेर काम गरिएको उनको भनाई छ ।
आफु राजनितिमा नसक्ने भएर नलागेका नभई श्रीमानकै कारण आफुलाई शिक्षक संगठन देखि अन्य निकायमा अवसर समेत नदिएको होकी भन्ने सोच आफुमा रहेको उनको भनाई छ । माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनका कार्यक्रममा सहभागि भएपनि लेवि निरन्तर भुक्तानि गरेको भएपनि कता हरायो लेवि कहाँ गए संगठन आफु बेखबर भएको आचार्यको भित्रि दुख रहेको छ ।
”३२ वर्ष सम्म जुन व्यक्ति निरन्रतर लागि परेको भएपनि एक पटक हिमचुलि कृषि सहकारी संस्था लि.ले इमान्दार शिक्षक भनेर सम्मानित बाहेक अरु कुनै निकायबाट सम्मान नपाएको “
आफु जनयुद्ध काल देखि माओवादी समर्थक भएको जिकिर गर्दै आचार्यले कोही अहिले अस्थायि तथा करार शिक्षण पेशामा लागेकाहरु केन्द्रिय सदस्य भएको देख्दा झन विगतका घाउ बल्झिने गरेको बताइन ।
अब एक पटक महेन्द्र शाही,जिवन बुढा र दुर्ग रावत संग मलाई जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन काटेका पत्र देखि पलांताको जांफे सरुवा गरेका पत्रहरुको पिडाको पोको खोल्न धोको मात्र रहेको लक्ष्मिकला आचार्यको चाहाना रहेको बताइन ।
अरु कसैले पनि हेरेनन त्यो मलाई थाहा छ तर जनयुद्धबाट आएकाहरुले समेत वेवास्ता गर्दाको पिडा लुकाउन नसकिने रहेको आचार्यको भनाई रहेको छ ।
Discussion about this post