पर्यटन प्रवद्धनका लागि पत्रकार महासंघको साधारण सभा सुनथरालिमा हुने

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पत्रकार महासंघ कर्नालि प्रदेशको साधारण सभा कालीकोटमा हुने भएको छ । उक्त साधारण सभाका लागि अहिले पत्रकार महासंघ प्रदेश समितिका पदाधिकारीका साथै जिल्ला शाखा कालीकोटको टिम व्यवस्थापनमा खटेको छ ।

पत्रकार महासंघ कालीकोटले जिल्लाका विभिन्न निकायहरु संग समन्वय सहकार्य गर्दै व्यवस्थापनका लागि विभिन्न नियकायसंग समन्वय गर्दै  विभागहरु गठन गरी जिम्मेवारी लिएको पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्टले बताए । उनका अनुसार अहिले सम्म साधारण सभाको तयारीका लागि सुनथरालि विमान स्थलमा खानेपानि,जलविद्युत र सडक व्यवस्थापनका लागि उचित जोड दिएका छाैँ ।

विष्टले थप्दै भने ४० वर्ष देखिको सुनथरालि विमान स्थलको सुचारु देखि मान्म कोटबाडा केवुलकारको निर्माणमा जोड दिनका लागि भएपनि पत्रकार महासंघ कर्नालि प्रदेशको तेस्रो साधारण सभा सुनथरालि रोजेको हो ।

नेपाल पत्रकार महासंघ कर्नालि प्रदेशका अध्यक्ष देविराम देवकोटाले कालीकोटले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि साधारण सभाले नयाँ आयाम थप्ने बताए । कर्नालि प्रदेश समितिमा अध्यक्ष देविराम देवकोटा र महासचिव खगेन्द्र भट्राई कालीकोट जिल्लाकै स्थानिय भएकाले पनि कालीकोटमा साधारण सभा आयेजनामा विशेष जोड दिएको बताइएको छ । साधराण सभाको तयारीका लागि प्रमुख जिल्ला अधिकारी जोरासिंह माझि,उर्जा,जलश्रोत तथा खानेपानि कार्यालयका देवानन्द धिताल,जलविद्युत कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा व्यवस्थापनका लागि पहल गरिएको बताइएको छ ।

यस अघि कालीकोट जिल्ला समन्वय समितिकाे जिल्ला सभाले समेत सुनथरालि विमान स्थलमा साधारण सभा आयोजना गर्ने निणर्य समेत गरेको थियो । नेपाल पत्रकार महासंघको तेस्रो वार्षिक साधारण सभा चैत्र १८ र १९ गते हुने भएको छ । यस अघि साधारण सभा  रुकुमपश्चिमको चौरजहारीमा भएको थियो भने केही वर्ष अघि पत्रकार महासंघ कर्नालि प्रदेशको बैठक पचालझरना गाउँ पालिकाको पचालझरनाको काख खार्दु गाउँमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित