कालीकोट । जनयुद्ध दिवसका अवसरमा पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र पचालझरना गाउँ पालिकाका खेलाडी विच भलिबल शुरु भएको छ । मुख्यमन्त्री टोलि नेता रहेको टिममा रास्टिय सभाका संसद जीवन बुढा, प्रदेश संसद कुर्मराज शाही गापा अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने, नेकपाका नेता अग्नि लगाएतको सहभागिता रहेको थियो ।
पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षाको केन्द्र स्थानान्तरणको आयोजित सभालाइ सम्बोधन र गाउँ पालिकाको भवन उद्घाटनका क्रममा भलिबल उद्घाटन गर्ने क्रममा खेलकुद प्रतियोगिता भएको हो । खेलकुदमा पचालझरना गाउँ पालिकाका २० वटा समुहको सहभागिता रहेको छ ।
फागुन २ गते देखि खेल शुरु हुने खेलकुद समितिका अध्यक्ष रत्न बि क ले बताएका छ्न । उनका अनुसार पचालझरना खेलकुदका लागि यस अघि वडा स्तरिय खेलाडी छ्नोट गरिएको थियो ।
Discussion about this post